सामुदायिक सहजकर्ता
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मितिः २०८३/०४/०७ गते
| पद | सामुदायिक सहजकर्ता |
| संख्या | १ जना |
| दरखास्त दिने अन्तिम मिति | २०८२/०४/१३ गते कार्यालय समयभित्र |
| तलब भत्ता तथा अन्य सुविधा | संस्थाको नियमानुसार |
| कार्य क्षेत्र | चुरे गाउपलिका वार्ड नम्बर ३ बसर र वार्ड नम्बर ६ गजार, कैलाली |
| आबेदन पेश गर्ने स्थानः | संस्थाको मुख्य कार्यालय धनागडी-५ हसनपुर, कैलाली वा eoi.seewac@gmail.com मा Email गर्नुपर्नेछ । |
| आबेदन साथ पेश गर्नुपर्ने कागजात: | निवेदन र बायोडाटा |
| प्रतक्ष्य सुपरिवेक्षक | प्राविधिक अधिकृत |
| जवाफदेहिता | कार्यक्रम संयोजक, अनुगमन मुल्यांकन तथा सिकाइ अधिकृत, प्रशासन तथा वित्तीय अधिकृत, सम्बन्धित संस्था, मर्सिकोर/एमरेड टिम |
कार्यक्रम विवरण
दीगो उधम तथा वातावरण विकास कार्यका लागि सचेतना केन्द्र (SEEWAC) नेपालद्वारा मर्सिकोर नेपालको सहकार्यमा कैलाली जिल्लाका गोदावरी, चुरे, भजनी, मोहन्याल र घोडाघोडी नगरपालिका अन्तर्गतका संकटासन्न समुदायमा करिव २.५ वर्ष सञ्चालन गर्ने उद्देश्यले 'आर्थिक विकासमार्फत जोखिम व्यवस्थापन (M-RED)' कार्यक्रम कार्यान्वयन भैरहेको छ।
सामुदायि सहजकर्ताको भुमिका र जिम्मेवारी
- सामुदायिक विपद् व्यवस्थापन समिति गठन पुर्नगठन, मासिक बैठकमा सहजीकरण गर्ने, कार्यक्रमबाट सञ्चालन हुने क्रियाकलापहरू CDMC को बैठकमा छलफल गरी समुदायका प्रत्येक घरधुरीसम्म सूचना पुग्ने वातावरण श्रृजना गर्ने ।
- कार्य क्षेत्रमा संचालन हुने तालिम, बैठक, सेमिनार, छलफल कार्यक्रमका लागि स्थानीय निकाय लगायत सरोकारवाला निकायहरूसंग समन्वय गरी आवश्यक पर्ने सहभागी छनौट र आमन्त्रण गर्ने ।
- कार्यक्षेत्रमा संचालन गरिने विपद् जोखिम न्यूनीकरण, आयआर्जन र बजारसंग सम्बन्धित क्रियाकलापहरूको अनुगमन गरी समावेशी र गुणस्तरीय नतिजाको सुनिश्चितता गर्ने ।
- पालिका तथा वडा स्तरीय विपद व्यवस्थापन समिति, स्थानिय निकाय लगायत कार्यक्रमसंग सम्बन्धित विभिन्न शाखा र सरोकारवालाहरूसंग समन्वय र सहकार्य गर्ने ।
- समुदाय स्तरमा संचालन हुने क्रियाकलापहरूको तथ्यांक संकलन गरी सुपरभाइजरलाई प्रतिवेदन बुझाउने र सम्पूर्ण क्रियाकलापहरूको प्रतिवेदन कमकेयर (Commcare) वा अन्य विद्युतीय प्रणाली मार्फत पठाउने ।
- संस्था तथा सुपरभाइजरको निर्देशन अनुसार आवश्यक अन्य क्रियाकलापहरू गर्ने ।
शैक्षिक योग्यता तथा कार्य अनुभव
- कम्तिमा पनि प्रविणता तह (सामाजिक विकास, कृषिलाई विशेष ग्रहायता) उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तिमा ३ वर्षको कार्य अनुभव भएको।
- समुदाय परिचालन तथा कार्यक्रम सहजीकरणमा अनुभव भएको ।
- तथ्याकं संकलनका लागि मोबाईल सफ्टवयर चलाउने अनुभव भएको ।
- लैंगिक समानता तथा सामाजिक समावेशिता सम्बन्धी बुझाई भएको ।
- विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन, पूर्व सूचना प्रणाली, मानवीय सहायता एवं जोखिम मैत्री जीवीकोपार्जन सम्बन्धी आधारभूत ज्ञान भएको ।
- कार्यक्रम संचालन भैरहेको चुरे गाउपलिका वार्ड नम्बर ३ / ६ स्थायी बसोबास भएको र दुई पांग्रे सवारी चालक अनुमतीपत्र भएकोलाई ग्राहृयता दिइनेछ ।
नोट: कर्मचारी भर्ना सम्बन्धी सम्पूर्ण अधिकार यस संस्थामा सुरक्षित रहनेछ। आवश्यक मापदण्ड पूरा नगर्ने वा उपयुक्त उम्मेदवार नपाइएमा संस्था कुनै पनि आवेदन अस्वीकृत गर्न स्वतन्त्र हुनेछ।
सम्पर्क न. ९८४८५५४८०५
पदपूर्ति समिति
सेवक नेपाल, कैलाली
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 23 Jul, 2026 |
| Apply Before | 29 Jul, 2026 |
| City | Kailali |