सामुदायिक परिचालक (स्पोन्सरशिप तथा बाल संरक्षण)

Bagmati Welfare Society Nepal(BWSN)

Bagmati Welfare Society Nepal (BWSN), a non-governmental Organization, is implementing Disaster Risk Management and Humanitarian Preparedness and Water Sanitation and Hygiene Promotion HIV and TB related projects funded by numerous donors . We have been working in numerous districts of Terai region

Details / requirements:

बागमती सेवा समाज नेपाल, हरिवन–११, सर्लाही

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक प्रकाशित मिति : २०८३ साल असार ३२ गते, बिहिबार

बागमती सेवा समाज नेपाल (Bagmati Welfare Society Nepal) सर्लाही जिल्लामा विगत ३२ वर्ष देखि सञ्चालनमा रहेको एक गैर सरकारी संस्था हो । यस संस्थाले हाल मधेश प्रदेश र कोशी प्रदेशका विभिन्न १३ वटा जिल्लाका विभिन्न निकायहरूसँगको सहकार्यमा जीविकोपार्जन, स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई, बाल संरक्षण तथा महिलाको हकहित न्यायमा पहुँच जस्ता कार्यहरू सञ्चालन गर्दै आइरहेको छ । 

वल्र्ड भिजन इन्टरनेशलनसँगको साझेदारीमा यस सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजना विगत वर्ष देखि सञ्चालन गरिरहेको छ । उक्त परियोजनाको लागि तपशीलमा उल्लेखित पदका लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्तको लागि आह्वान गरिन्छ ।

पद
शैक्षिक योग्यता
आवश्यक योग्यता तथा सीपहरू

सामुदायिक परिचालक (स्पोन्सरशिप तथा बाल संरक्षण)

संख्या – केही

कक्षा १२ उत्तिर्ण वा स्नातक तह उत्तिर्ण गरेकालाई प्राथमिकता दिइने छ

  • सम्बन्धीत क्षेत्रमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको 
  • बाल अधिकार, बाल संरक्षण, लैगिक समविकास र सामाजिक परिचालन सम्बन्धी राम्रो ज्ञान भएको
  • समुदायमा बाल संरक्षणका लागि बहस, पैरवी र विभिन्न प्रकारका अभियानहरू संचालन एवं नेतृत्व गर्न सक्ने
  • बाल अधिकार समिति, बाल क्लवसँग बैठक, समन्वय एवं तालिम, गोष्ठी सहजीकरण गर्ने ।
  • समुदाय परिचालन (समुदाय तहमा बैठक, भेला संचालन) गर्ने ।
  • RCs बालबालिकाको तथ्यांक व्यवस्थापन, नियमित फलोअप, भेटघाट, शिक्षा, स्वास्थ्य, सहभागिताको अवस्थाको बारेमा एन्ड्रोइड मोवाइलमा सफ्टवेयर प्रयोग गरी अनुगमन तथा रिपोर्टिङ गर्ने ।
  • वडा तथा समुदाय स्तरमा बाल स्पोन्सरशिप अनुगमन समिति गठन, परिचालन गर्ने ।
  • नियमितरूपमा GN, TL, IL, CEW, APR लगायत स्पोन्सरशिपका संचारको सम्पूर्ण काम गर्ने ।
  • RCs बालबालिका र स्पोन्सर बीच पुलको रूपमा काम गर्ने । 
  • सकारात्मक अभिभावकत्वका लागि अभिभावकहरूलाई उत्प्रेरित गर्ने र आफ्ना बालबालिकाको उचित माया, स्याहारको लागि प्रोत्साहित गर्ने । 
  • बालबालिकालाई नियमित विद्यालय जानका लागि प्रोत्साहित गर्ने ।
  • स्थानीय स्तरका सरोकारवालाहरू, राजनैतिक नेतृत्वकर्ता, अगुवा व्यक्तित्व, धर्मगुरू आदिसँग कार्यक्रम संचालनका लागि निरन्तर समन्वय र सहकार्य गर्ने ।
  • तथ्यांक संकलन, प्रतिवेदन लेखन गर्न सक्ने
  • कम्प्युटरको ज्ञान भएको तथा अंग्रेजी नेपाली टाइप गर्न सक्ने 
  • दुई चक्के सवारीको लाइसेन्स भएको

आवेदनसाथ पेश गर्नु पर्ने कागजातहरू: माथि उल्लेखित योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूले व्यक्तिगत विवरण (Bio-Data), हस्तलिखित निवेदन, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि,  तालिम तथा कार्य अनुभव पत्रहरूको प्रतिलिपि सहित आफुले आवेदन गर्न चाहेको पद प्रष्ट रूपमा खुलाई २ जना सन्दर्भ व्यक्ति (Reference Persons) हरुको नाम सम्पर्क नम्वर र इमेल सहित आवेदन पेश गर्नु पर्नेछ ।

आवेदन दिने अन्तिम मिति: सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा र अन्तिम दिन बिदा परे सोको भोलिपल्ट ।

आवेदन पेश गर्ने स्थान: बागमती सेवा समाज नेपाल, हरिवन–११, सर्लाही वा

संस्थाको ईमेल ठेगाना: hr@bwsn.org.np मा सबै आवेदन इमेल गर्न सकिनेछ ।

तोकिएको मिति भित्र पर्न आएको आवेदकहरूको संक्षिप्त सूची (Short List) तयार गरिनेछ साथै संक्षिप्त सूचीमा परेका आवेदकहरूलाई मात्र छनौट प्रक्रियामा समावेश गरिनेछ । 

कुनै पनि आवेदन वा सम्पुर्ण आवेदनहरू स्वीकार/अस्वीकार गर्ने अधिकार संस्थाको पदपूर्ति समितिमा सुरक्षित रहनेछ ।

बागमती सेवा समाज नेपाल संस्था तथा कार्यक्रमले कर्मचारीमा विविधताको प्रर्वद्धन गर्दछ र कर्मचारीको छनौटमा महिला तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरूको समावेशीकरणको लागि सकारात्मक विभेदको आधारमा विशेष गाह्रयता प्रदान गर्दछ । साथै, स्थानीय र परियोजना क्षेत्र वा छिमेकी पालिकाका आवेदकलाई प्राथमिकता दिइनेछ ।

बेटी पढाउ बेटी बचाऔं ।

Overview

Category Development Project, Human & Women Rights
Openings 1
Position Type Contract
Posted Date 17 Jul, 2026
Apply Before 23 Jul, 2026
City Sarlahi