सामुदायिक परिचालक (Community Mobilizer)
Details / requirements:
सूचना ! सूचना ! ! सूचना ! ! !
प्रकाशित मिति: २०८३/०४/२० गते
बेस संस्था (ब्याकवार्ड सोसाइटी एजुकेशन) ले दाङ जिल्लाका सबै पालिकाहरूमा “मातृ नबजात शिशु तथा बाल स्वास्थ्य (MNCH) कार्यक्रम” संचालन गरिरहेको छ । दाङ जिल्लाको राप्ती, बंगलाचुली र राजपुर गाउँपालिकाहरूको लागि सामुदायिक परिचालकहरू (Community Mobilizers) को आबश्यकता रहेकाले सूचना प्रकाशन भएको मितिले ५ (पाँच) दिन भित्र योग्यता पुगेका नेपाली नागरिकहरूबाट आबेदन आह्वान गरिएको छ । सम्बन्धित पालिकामा बसोबास गर्ने उम्मेद्वारलाई प्राथमिकता दिईनेछ । न्यूनतम शैक्षिक योग्यता पुगेका नेपाली नागरिकहरूबाट मिति २०८३/०४/२५ गते साँझको ५:०० बजे भित्र आबेदन पेश गर्न आह्वान गरिन्छ ।
पदः सामुदायिक परिचालक (Community Mobilizer)
संख्याः ३ (तीन)
कार्यक्षेत्र: राप्ती, बंगलाचुली र राजपुर गाउँपालिकाहरू (एक गाउँपालिकामा एक जना)
न्यूनतम शैक्षिक योग्यताः
- मान्यता प्राप्त शिक्षण संस्थाहरूबाट कम्तिमा ANM, AHW वा PCL Nursing वा Health Assistant उत्तिर्ण भई मातृ, नबजात शिशु, बालस्वास्थ्य (MNCH) कार्यक्रम सम्बन्धी कम्तिमा १ बर्षको अनुभब प्राप्त गरेको ।
मुख्य जिम्मेवारीः
- परियोजनाका कृयाकलापहरूको गुणस्तरीय कार्यान्वयनका लागि कार्ययोजना तर्जुमा गर्ने ।
- कार्यक्रमको अग्रपंक्तिका कर्मचारीको रुपमा आधारभूतस्तरका मातृ, नबजात शिशु, बालस्वास्थ्यका गतिबिधिहरु संचालन गर्न स्वास्थ्य संस्था (Health Facilities) र समुदायसंग प्रत्यक्षरुपमा संलग्न हुने ।
- स्वास्थ्यकर्मी (Health Workers) र महिला सामुदायिक स्वास्थ्य स्वयंसेबिकाहरू (Female Community Health Volunteers) लाई प्राबिधिक सहयोग प्रदान गर्ने र उनीहरूको क्षमत्ता अभिबृद्धि गर्ने ।
- समुह परिचालनको ब्यबस्थापन गर्ने र समयमै प्रतिबेदन बुझाउने र स्थानिय तथ्याङ्क ब्यबस्थापन गर्ने कार्य सुनिश्चित गर्ने ।
आबेदनमा पेश गर्नुपर्ने कागजातहरू:
- निबेदनसाथ अद्याबधिक गरिएको बैयक्तिक बिबरण (बायोडाटा) र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी पेश गर्नु पर्नेछ ।
भौतिकरुपमा आबेदन पेश गर्ने ठेगानाः बेस संस्था (ब्याकवार्ड सोसाइटी एजुकेशन), केन्द्रीय परियोजना कार्यालय, तुलसीपुर–६, रजौरा, दाङ ।
आबेदन ईमेलबाट पनि पठाउन सकिनेछ । त्यसको लागि ईमेल ठेगाना यसप्रकार रहेको छः
पदपूर्ति समिति
Overview
| Category | Development Project, Medical / Nursing |
| Openings | 3 |
| Position Type | Full Time, Contract |
| Experience | 1+ years |
| Education | Please check vacancy details |
| Posted Date | 05 Aug, 2026 |
| Apply Before | 10 Aug, 2026 |
| City | Dang |