सामाजिक परिचालक (Social Mobilizer)
Details / requirements:
कर्मचारी आवश्यकता
फेज नेपाल एक गैह्र सरकारी सामाजिक संस्था हो । विगत पन्ध्र्र वर्षदेखि फेज नेपालले पहाडी जिल्लाका ग्रामिण समुदायको विकासको निम्ति स्वास्थ्य, शिक्षा तथा जिविकोपार्जन एवं विपद जोखिम न्युनिकरण र अनुसन्धान सम्बन्धी कार्यक्रमहरु संचालन गरिरहेको छ । हाल फेज नेपाल हुम्ला, बाजुरा, मुगु, गोरखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ्ग तथा चितवन जिल्लाहरुमा कार्यरत छ ।
फेज नेपालले तपशिल बमोजिम कर्मचारी पदपूर्ति गर्न आवश्यक भएकोले योग्यता पुगेका इच्छुक व्यक्तिहरुबाट दरखास्त आहवान गरिएको छ ।
पद: सामाजिक परिचालक
कार्य क्षेत्र:
- मैला, ताँजाकोट( हुम्ला
- भिई,सोरुकोट( मुगु
- जैर, सर्केगाड( हुम्ला
संख्या: ३ (तीन)
मासिक तलब: संस्थाको नियम बमोजिम
प्रकाशित मिति : ०३/०१/२०७८
आवेदन दिने अन्तिम मिति: २३/०१/२०७८
योग्यता तथा अनुभवः
- मान्यता प्राप्त शिक्षण संस्थाबाट न्युनतम +2 वा सो भन्दा माथी उत्तीर्ण गरेको, JTA पास गरेकोलाई प्राथमिकता दिइनेछ ।
- सामाजिक परिचालनको क्षेत्रमा कम्तिमा ३ (तीन) वर्षको अनुभव भएको ।
- इच्छुक आवेदकले तल उल्लेखित ठेगानामा आफ्नो व्यक्तिगत विवरण (वायोडाटा, सम्पर्क फोन नं. र नागरिकताको प्रतिलिपि) सहित आवेदन दर्ता गराउनु हुन अनुरोध गरिन्छ ।
- सोहीं स्थानीय तहमा काम गरेको उम्मेदवारलाई प्राथमिकथा दिईनेछ ।
छनौट प्रकृया: मौखिक र लिखित परीक्षा
सम्पर्क: मानव संसाधन विभाग सम्पर्क नः ९८६९४२१३१८
आवेदन तथा आवश्यक कगजातहरु पठाउने इमेल ठेगानाः
vacancy@phasenepal.org/samikshya.p@phasenepal.org
Overview
Category | Development and Project |
Openings | 3 |
Position Type | Full Time |
Experience | 3+ years |
Education | Intermediate (10+2) |
Posted Date | 16 Apr, 2021 |
Apply Before | 06 May, 2021 |
City | Bhaktapur |