सामाजिक परीक्षण लागि स्वतन्त्र सहजकर्ता आवश्यकता सम्बन्धी सुचना

Centre for Mental Health & Counselling Nepal

Details / requirements:

प्रकाशित मितिः २०८२ कार्तिक ११ गते 

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (सी.एम.सी.-नेपाल) सन् २००३ मा स्थापना भएको मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्यको क्षेत्रमा काम गर्ने राष्ट्रियस्तरको गैरसरकारी संस्था हो। सी.एम.सी.-नेपाल काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता नं. ८३८/०५९र०६० मा दर्ता भई सामाजिक कल्याण परिषद्‌को सम्बन्धन (सम्बन्धन नं. १४८२२०) प्राप्त गरेको छ ।

यस संस्था अन्तर्गत संचालित कर्णाली मानसिक स्वास्थ्य कार्यक्रम (KMHP) कर्णाली प्रदेशको सुर्खेत, दैलेख र रुकुम पश्चिम जिल्लाहरुमा मार्च २०२३ देखि फेब्रुअरी २०२६ सम्म स्थानीय तहहरूसंगको सहकार्य तथा CBM Global को प्राविधिक र आर्थिक सहयोगमा संचालन भईरहेको छ । यसको मुख्य लक्ष्य मानसिक स्वास्थ्य समस्या तथा मनोसामाजिक अपाङ्गता भएका वा त्यसको जोखिममा रहेका व्यक्तिहरूले स्वतन्त्र जीवनको आनन्द लिनसक्ने र समान आधारमा समुदायमा समावेश हुनसक्ने समावेशी समुदाय निर्माण गर्न योगदान पुर्याउनु हो । 

यसै परियोजना अन्तर्गत दैलेख जिल्ला (नौमुले गाउँपालिका, गुराँस गाउँपालिका, भैरवी गाउँपालिका, आठबिस नगरपालिका र चामुण्डा बिन्द्रसैनी नगरपालिका ) र रुकुम पश्चिम जिल्ला (सानीभेरी गाउँपालिका, बाँफिकोट गाउँपालिका र मुसिकोट नगरपालिका) मा सामाजिक परीक्षण गर्नका लागि स्वतन्त्र सहजकर्ता आवश्यक परेकाले तपसिल बमोजिमका योग्यता पुगेका व्यक्तिले २०८२ कार्तिक १८ गते भित्र cmcnepal@mos.com.np  मा तल उल्लेखित विवरणसहितको निवेदन तथा व्यक्तिगत विवरण सहित दरखास्तका लागि आव्हान गरिएको छ । 

योग्यताः 

  • स्नाकोत्तर तह उतीर्ण गरी सामाजिक क्षेत्रमा कार्य अनुभव भएको ।
  • सामाजिक परीक्षणको तालिम लिई गैरसरकारी र सरकारी संघसंस्थाको कम्तीमा ३ वटा सामाजिक परीक्षण गरेको अनुभव भएको ।
  • कर्णाली प्रदेशमा सामाजिक परीक्षण गरेका तथा स्थानीयला विशेष प्राथमिकता दिइने छ ।

आवश्यक कागजातहरुः

  • नगरिकताको प्रतिलिपि
  • PAN दर्ताकोे प्रतिलिपि
  • Updated CV/Resume
  • पूर्व अनुभवका प्रमाणपत्रहरू

सी.एम.सी.-नेपाल


Overview

Category Abroad Employment
Experience Please check details
Education Please check details
Posted Date 28 Oct, 2025
Apply Before 04 Nov, 2025
City