सामाजिक परिचालक (Social Mobilizer)
Details / requirements:
सामाजिक परिचालक (Social Mobilizer)
आवश्यकता सम्बन्धी सूचना
विज्ञापन प्रकाशित मितिः ३ जेष्ठ, २०८१
आवेदन दिने अन्तिम मितिः ९ जेष्ठ, २०८१
दिब्य बिकास स्रोत केन्द्र (DDRC), पर्सा बि.स २०५० सालमा पर्सा जिल्लामा स्थापना भएको एक मुनाफा रहित गैरसरकारी संस्था हो । संस्थाले महिला पुरुष, किशोर किशोरी तथा बालबालिकालाई संगठित गरी उनिहरुलाइ सम्मान र्पूवक बाँच्न पाउन वातावरणको सृजना गर्ने, सिमान्तकृत विपन्न र सामाजिकरुपमा पिछडिएका महिला, किशोरी र युवालाइ आर्थिक रुपमा सवल वनाउने, समाजमा रहेका सवै वर्ग र जातजातिलाइ शान्तिर्पूवक जिउनको लागी समाजमा रहेका विभेदलाई न्यूनिकरण गर्नको लागी वकालत गर्ने, संस्थागत तथा व्यतिगत विकास गरी सुशासन कार्यन्वयनका लागी पहल गर्दै सुशासनको क्षेत्रमा नेतृत्व प्रदान गर्ने र विद्यालय बाहिर रहेका सिमान्तकृत तथा अपाङ्गता भएका किशोरिहरुको सशक्तिकरण गर्ने आदि जस्ता कार्यहरु आफ्नो स्थापना काल देखि नै विभिन्न सरकारी निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँगको समन्वय र सहकार्यमा काम गर्दै आईरहेको छ । हाल दिव्य विकास स्रोत केन्द्र र एक्सनएड नेपालको साझेदारीमा पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिकामा स्थानिय अधिकार कार्यक्रम संचालन भईरहेको छ । सोहि अन्तर्गत तपसिल अनुसारको स्थानका लागि सामाजिक परिचालक पदमा योग्य र अनुभवी महिला उम्मेदवार आवश्यक भएकोले इच्छुक स्थानीय महिला उम्मेदवारले आवेदन, बायोडाटा, नागरिकता र शैक्षिक प्रमाणपत्रको प्रतिलिपी सहित दिव्य विकास स्रोत केन्द्रको कार्यालय, वीरगंज–११, फुलवारी टोलमा समयभित्र आवेदन दिनहुन आह्वान गरिन्छ । आवेदन इमेलमार्फत vacancydycparsa@gmail.com पठाउन सकिने छ, वा कार्यालयमा उपस्थित भई दिन सकिने छ ।
कर्मचारी ( सामाजिक परिचालक ) कार्य विवरण
पदः | सामाजिक परिचालक (Social Mobilizer) |
आवश्यक संख्या | १ |
योग्यताः | १०+२ उत्तीर्ण गरी कम्तिमा सामाजिक क्षेत्रमा तीन वर्षको अनुभव भएको । |
उमेर हदः | १८ देखि ३५ वर्ष ननाघेको |
सेवा सुविधाः | संस्थाको नियमानुसार। |
आवेदन दिने अन्तिम मिति | ९ जेष्ठ २०८१, साँझ ५ः०० बजेसम्म |
परीक्षाको किसिमः | लिखित र अन्तरर्वार्ता । (छोटो सूचि (Short List) मा छनौट भएका उम्मेदबारहरुलाई मात्र लिखित र अन्तरर्वार्तामा सामेल गराईने छ ।) |
परियोजनाः | स्थानिय अधिकार कार्यक्रम |
प्राथमिकता | स्थानीय महिला, दलित, सिमान्तकृत समुदाय , कामको अनुभव र सम्बन्धित गाउँपालिकाको आवेदक लाई बिशेष ग्राहयता दिईनेछ । |
मुख्य भूमिका तथा जिम्मेवारी(Main Duties/Responsibilities):
कार्यक्रम क्षेत्र | कार्य जोम्मेवारी |
परिचालन |
|
प्रतिबेदन तथा दस्तावेजीकरण |
|
समन्वय तथा सहकार्य |
|
अन्य |
|
दिव्य विकास स्रोत केन्द्र, पर्सा सँग बाल संरक्षण र सुरक्षा नीति छ । हामी हाम्रा सबै कर्मचारी/स्वयंसेवकहरूले बालबालिका, युवाहरू र जोखिममा परेका व्यस्कहरूलाई विभिन्न हानिबाट जोगाउन र हाम्रो सुरक्षा नीतिको पालना गर्ने कुरा सुनिश्चित गर्ने अपेक्षा गर्दछौं । सबै उम्मेदवारहरूले परियोजना सम्झौतामा समेटिएका प्रावधानहरूको साथै बाल सुरक्षा नीतिको पालना गर्नु पर्दछ । सबै कर्मचारी र साझेदारहरूबाट दिव्य विकास स्रोत केन्द्रको नीतिहरू र आन्तरिक प्रक्रियाहरू, प्रोटोकलहरू, आचार संहिता, सुरक्षा मापदण्ड प्रक्रिया, केस ह्यान्डलिंग फ्रेमवर्क, बाल संरक्षण र नोहार्म नीतिहरूमा विशेष ध्यान दिएर पालना भएको सुनिश्चित गर्दछौं । साथै, कुनै पनि गुनासो र समस्याहरूको गम्भीरतामा आधारित तुरुन्त रिपोर्टिङ र समाधान भएको चाहन्छौं ।
नोटः महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्तिहरु, सिमान्तकृत समुदायवर्ग, बञ्चितिकरणमा परेको समुदायवर्ग तथा स्थानिय व्यक्तिहरुलाई आवेदन दिनको लागि विशेष प्रोत्साहित गरिन्छ । प्रारिम्भक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक छनौट प्रक्रियामा समावेश गरिनेछ । रित नपुगेका, म्याद नाघी आएका दरखास्त उपर कुनै कारबाही गरिने छैन । दिव्य विकास स्रोत केन्द्रले कुनै पनि कारण बिना कुनै पनि आवेदनलाई योग्य/अयोग्य ठहराउने अधिकार सुरक्षित राख्दछ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्धन्द्ध (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख गरि स्वघोषणा गर्नुहून समेत जानकारी गराईन्छ ।
दरखास्त पेश गर्ने स्थान
दिब्य विकास स्रोत केन्द्र, पर्सा
वीरगंज–११, फुलवारी टोल, वीरगंज, पर्सा, नेपाल
सम्पर्क टेलिफोन: +९७७-०५१-५३४०५०/९८४१५१९२३२
Email: vacancydycparsa@gmail.com
Overview
Category | Development Project, Development / NGO |
Openings | 1 |
Position Type | Full Time |
Experience | Please check vacancy details. |
Education | Intermediate (10+2) |
Posted Date | 16 May, 2024 |
Apply Before | 22 May, 2024 |
City | Parsa |