सुचि दर्ता गर्ने बारे सुचना (EOI for Annual Vendor Listing)

Disable Empowerment and Communication Center( DEC) Nepal Banke

Details / requirements:

Disable Empowerment and Communication Center DEC) Nepal

अपांग सशक्तिकरण एवं संचार केन्द्र (डेक) नेपाल, बाँके

मितिः २०७७-८-१२

सुचि दर्ता गर्ने बारे सुचना (EOI for Annual Vendor Listing)

यस अपांग सशक्तिकरण एवं संचार केन्द्र नेपाललाई आ.ब. २०७७/०७८ का लागि तपशिलमा उल्लेख गरिए बमोजिमका सेवा तथा सामाग्रीहरुको आपूर्ति /प्रवाह गर्ने प्रयोजनको लागि सम्बन्धित विषयको कारोवार गर्न स्वीकृत प्राप्त गरेका इच्छुक रजिष्टर्ड फर्म तथा कम्पनीहरुको सूचि दर्ता गराउनु पर्ने भएकोले आफूले आपूर्ति/प्रवाह गर्ने समान एवं सेवाहरुको विवरण, फर्म/कम्पनी दर्ता प्रमाणपत्र, फर्म/कम्पनीको स्थाई लेखा नम्बर(PAN) दर्ता प्रमाणपत्र, मुल्य आभिवृद्धि कर दर्ता प्रमाणपत्र (नविकरण समेत) को प्रमाणित प्रतिलिपी तथा सूचि दर्ताको लागि निवेदन समेत संलग्न गरि यो सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र (२०७७ मङ्सिर १८गते सम्म) कार्यालय समयमा डेक नेपाल को कार्यालय कोहलपुर-११ बाँकेमा दर्ता गराउन हुन सम्बन्धित सवैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ । 

आपूर्ति गर्नु पर्ने समान तथा सेवाहरुः

  • मसलन्द संग सम्बन्धित सामाग्री (स्टेशनरी)
  • होटेल सेवा 
  • छपाई तथा फोटोकपी 
  • गाडी भाडा सेवा 
  • अन्य बिबिध (कार्यालय लाई आवश्यक पर्ने किराना सम्बन्धि सामगी्रहरु)
  • कम्प्यूटरका पार्टपूर्जा आपूर्ति तथा मर्मत
  • कुरियर सेवा 
  • फर्निचर सम्बधि सामगी्रहरु
  • ईन्धन (डिजेल, पेट्रोल तथा एलपिजि ग्यास) आपूर्ति 
  • भाडाबर्तन तथा इलेक्ट्रिक सामग्रीहरु
  • सवारी साधनका पार्टपूर्जा आपूर्ति तथा मर्मत 

अन्य थप जानकारीः

  • सूचिकृत हुन निवेदन दिनेहरु मध्येबाट योग्य ठहरिएका फर्म तथा कम्पनिहरुलाई मात्र सूचिकृत गरिने छ । 
  • त्यसरी सूचिकृत हुन आएको विवरण, क्षमता, दक्षतालाई आधारमानी गरिने छ । 
  • सूचिकृत भएको विक्रेता, फर्म, तथा कम्पनीहरुबाट मात्र यस संस्थाको आवश्यक्ता अनुसारको सामान खरीद गर्न तथा सेवा प्राप्त गर्न शिलबन्द कोटेशन माग गरिने छ । 
  • सूचिकृत भएको फर्म तथा कम्पनीहरुले सन्तोषजनक सेवा तथा समयमा सामान उपलब्ध नगराएमा विना सूचना हटाउन सकिनेछ र यस उपर कुनै दावी विरोध गर्न पाईने छैन ।
  • यस सम्बन्धि थप जानकारी आवश्यक परेमा यस संस्थाको कार्यालय, वित्त शाखा तथा फोन नम्बर ९८४४८७७३७१ मार्फत जानकारी प्राप्त गर्न सकिने छ 
  • सूचिकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस संस्थामा नै निहित रहनेछ ।

ठेगानाः

अपांग सशक्तिकरण एवं संचार केन्द्र (डेक) नेपाल

परियोजना कार्यालय कोहलपुर -११, एन. टि. भी. रोड, होटेल म्याक्स कोअपोजिट

सम्पर्क नं. ९८५८०२४६६९/९८५८०२११०५

Overview

Category Development and Project
Openings 1
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 26 Nov, 2020
Apply Before 03 Dec, 2020
City Far-Western Region