सूचीदर्ता गर्ने सम्बन्धी सूचना

Action Nepal

Action Nepal was established on 2000 A.D. with a view to develop the socioeconomic status of Nepalese people especially residing in rural area. It has paid its especial consideration/ attention to work with deprived and marginalized people of the country adopting the methods of optimum utilization of local resources and technology through its five thematic areas of intervention: Livelihood & Nutrition, Water Sanitation and Hygiene (WASH), Good Governance, Construction and DRR.

Details / requirements:

एक्सन नेपाल

नीलकण्ठ नगरपालिका वडा नं. ३ सुगमटोल, धादिङ

सूचीदर्ता गर्ने सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति: २०८३/०३/१७)

यस गैरसरकारी संस्थाको लागि आ.व. २०८३/२०८४ मा आवश्यक पर्ने तपसिल बमोजिमको सामान/सेवाहरू पटक पटक वा एकै पटक खरिद गर्नु पर्ने भएकोले स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि करमा दर्ता भएका सम्बन्धित इच्छुक फर्म/कम्पनी वा व्यक्तिले आवश्यक कागजातको साथमा इमेलमार्फत वा संस्थाको कार्यालयमा सूची दर्ता गराउनु हुन यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल (आवश्यक सामान तथा सेवाहरू):

  • कार्यालय प्रयोजनको लागि स्टेसनरी तथा मसलन्द सम्बन्धी विभिन्न सामानहरू ।
  • छपाई (ब्यानर, फ्लायर, होर्डिङबोर्ड) सम्बन्धी कार्यहरू ।
  • मोबाइल, कम्प्युटर, ल्यापटप, फोटोकपी मेसिन, प्रिन्टर, फ्याक्स मेसिन सम्बन्धी आवश्यक पार्टपुर्जा खरिद तथा मर्मत कार्यहरू ।
  • होटल, तालिमहल तथा रेस्टुरेन्ट सम्बन्धी सेवा ।
  • फर्निचर सम्बन्धी सामग्री तथा सेवा ।
  • कार्यालय प्रयोजनको लागि आवश्यक सामग्री ढुवानी तथा यात्रुवाहक सवारी साधन सेवा ।
  • संस्थाको चल अचल सम्पत्तिको बिमा सम्बन्धी सेवा ।
  • निर्माण सम्बन्धी सामग्री उपलब्ध गराउन हार्डवेयर तथा सेनेटरी सेवा ।
  • विपद् जोखिम न्यूनीकरण सम्बन्धी स्वास्थ्य औजार तथा सामग्रीहरू सप्लाई गर्ने कार्यहरू ।
  • विपद् जोखिम न्यूनीकरणको नीति तथा योजना तर्जुमा र तालिम सम्बन्धी कार्यहरू ।
  • रेडियो कार्यक्रम, अडियो भिडियो डकुमेन्ट्री सम्बन्धी सेवा ।
  • कृषि उपज, कृषि सामग्री र औजार, पशु चौपाया, जीविकोपार्जन सम्बन्धी सेवा तथा कार्यहरू ।
  • वेबसाइट डिजाइन, मोबाइल एप्लिकेसन र सफ्टवेयर सम्बन्धी कार्यहरू ।
  • वार्षिक लेखापरीक्षण सम्बन्धी कार्यहरू ।

आवश्यक कागजातहरू:

इच्छुक फर्म/कम्पनी वा व्यक्तिले सूचीदर्ता फाराम (Vendor Registration Form) सहित तपशिल बमोजिमका कागजातहरू पेश गर्नुपर्नेछ।

सूचीदर्ता फाराम (Vendor Registration Form) को लिङ्क: Vendor Registration form_Action Nepal_2083.084.pdf

फर्म वा कम्पनीको हकमा:

  • सूचीदर्ता आवेदनको साथमा कम्पनी प्रोफाइल र सम्बन्धित व्यक्तिको सम्पर्क विवरण ।
  • स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाणपत्र, कम्पनी तथा घरेलु कार्यालयमा दर्ता भएको प्रमाणपत्र ।
  • आ.व. २०८१/२०८२ को कर चुक्ता समेतको प्रतिलिपि सहित इमेल info@actionnepal.org वा कार्यालय समयभित्र पेश गर्नुपर्नेछ। । 

व्यक्तिको हकमा:

  • सूचीदर्ता आवेदनको साथमा नागरिकताको प्रतिलिपि 
  • व्यक्तिगत विवरण CV अथवा Bio-Data सहित इमेल info@actionnepal.org वा कार्यालय समयभित्र पेश गर्नुपर्नेछ। ।

अन्य जानकारीहरू:

  • सूचीकृत भएका कम्पनी, फर्म वा व्यक्तिले सन्तोषजनक सेवा तथा सामान सप्लाई नगरेको खण्डमा सूचीबाट हटाउन सकिनेछ र यस उपर कुनै दाबी गर्न पाइने छैन ।
  • कम्पनी, फर्म तथा संस्था वा व्यक्तिलाई सूचीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यसै संस्थामा रहने छ ।

विस्तृत जानकारीको लागि:

एक्सन नेपाल

नीलकण्ठ नगरपालिका वडा नं. ३ सुगमटोल, धादिङ

इमेल: info@actionnepal.org

फोन नं: ०१०-५२१०१२

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 01 Jul, 2026
Apply Before 30 Jul, 2026
City Kathmandu