सूचीकृत हुन आह्वान गरिएको सम्बन्धमा

Centre for Development and Disaster Management (CDM Nepal)

Details / requirements:

विकास तथा प्रकोप व्यवस्थापन केन्द्र

बुटवल –११ , रुपन्देही

मिति २०८३ साल भाद्र ९ गते

सूचीकृत हुन आह्वान  गरिएको सम्बन्धमा ।

यस विकास तथा प्रकोप व्यवस्थापन केन्द्रका लागि आवश्यक पर्ने तपशिल बमोजिमको सेवा प्रदान गर्न इच्छुक व्यक्ति, संस्था/फर्मबाट आ.व.२०८३/८४ का लागि सुचिकृत हुन आव्हान गरिन्छ । इच्छुक व्यक्ति, संस्था/फर्मबाट तपशिल बमोजिमको आवश्यक कागजात सहित संस्थाको निम्न ठेगाना तथा तल उल्लेखित लिंकमा अनलाइन फाराम भरि तथा पेश गरि  सुचीकृत हुन अनुरोध गरिन्छ ।

तपशिल:

१ स्टेशनरी, तालिम सामग्री ,मसलन्द लगायत का सामग्रीहरु ।

२ आवासिय तथा गैर आवासिय तालिम/ कार्यशाला गोस्ठी, जस्ता कार्यक्रम सञ्चालनका लागि तालिम हल सहितको सेवा प्रदायक होटल तथा रेष्टुरेण्ट व्यवसयि ।

३ अफिस इकुइप्मेन्ट (कम्प्युटर, ल्यापटप, फोटोकपी, प्रिन्टिङ मेसिन, टेलिफोन, इलेक्ट्रोनिक सामग्री खरिद  र सोको मर्मत सम्बन्धि कार्य) ।

४ लाइफ इन्स्योरेन्स तथा नन लाइफ इन्स्योरेन्स सेवा ।

५ ब्यानर, डिजाइन, छपाई, प्रिन्टिङ सम्बन्धि कार्य ।

६ अफिस इकुइप्मेन्ट तथा ईलेक्ट्रोनिक सामग्री मर्मत सेवा ।

७ सफ्टवेयर निर्माण, जडान तथा मर्मत सम्भार ।

८ कुरियर तथा ट्रान्सपोर्ट/ढुवानी सेवा ।

९ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ टिकट ।

१० सवारी साधन भाडामा तथा रिजर्भका लागि ।

११ यातायात तथा ढुवानी सेवा (Transportation and Logistics) ।

१२ कार्यालयका लागि आवश्यक पर्ने अन्य सामग्रीहरु (Office Supplies), सरसफाई सम्बन्धि सामग्री, ग्रोसरी सम्बन्धि सामग्रीहरु ।

१४ प्राथमिक उचार किट बक्स ।

१५ अफिस सेटअपको लागि आवश्यक फर्निचर फर्निसिङको सामग्री ।

१६ वातावरणमैत्री निर्माण तथा मर्मत सम्भार सेवा (Construction and Maintenance Services) तथा सामग्रीहरु ।

१७ बातावरण मैत्री किताबहरु प्रकाशन तथा सप्लाई सम्बन्धि कार्य ।

१८ विभिन्न प्रकोप जोखिम न्यूनीकरण, जलबायु परिबर्तन, खानेपानी तथा स्वास्थ्य प्रबर्धन, विपद तथा जलबायु उत्थान्शील योजना तयारि लगायत का कार्यहरु र तत्सम्बन्धी तालिमका लागि श्रोतव्यक्ति ।

१९ मानवीय सहायता तथा आपतकालीन प्रतिक्रिया सेवा (Humanitarian Assistance & Emergency Response) सम्बन्धि तालिमका लागि श्रोतव्यक्ति ।

२० कृषि प्रवर्धन तथा प्राविधिक सहायता (Agriculture Support & Extension Services) सम्बन्धि तालिमका लागि श्रोतव्यक्ति ।

२१ जिविकोपार्जन सुधार (Livelihood Promotion) कार्यक्रम व्यवस्थापन सम्बन्धि तालिमका लागि श्रोतव्यक्ति

२२ प्राविधिक परामर्श सेवा (Technical Consultancy) वा तालिमका लागि श्रोतव्यक्ति ।

२३ प्रारम्भिक विपद् सम्बन्धि अध्ययन अनुसन्धान गर्ने संस्था/कम्पनी ।

२४ आर्थिक व्यवस्था, कोष सङ्कलन तालिम (Fundraising Training), कार्यविधि, रणनीतिक योजना (Strategic planning), लेखा तथा खरिद व्यवस्थापन तथा कर्मचारीको क्षमता अभिबृद्घि सम्बन्धि तालिमका लागि श्रोत व्यक्ति ।

२५ भिजिविलिटी सामग्री (क्याप, टि-शर्ट, ब्याग, छाता,रेनकोट आदि) ।

२६ फोटो सुट तथा भिडियो डकुमेन्ट्री सेवा ।

२७ व्यवसायिक तरकारी खेती सम्बन्धी तालिमका लागि प्रशिक्षक ।

२८ मानवीय सहायता तथा आपतकालीन प्रतिक्रिया (Humanitarian Assistance & Emergency Response) उद्धारका सामग्री ।

२९ आवश्यक खाद्ध बस्तु सप्लायर्स/कम्पनि/संस्था ।

३० कृषि बिउ बिजन सम्बन्धि एग्रोभेट ।

३१ कृषि औजार, मेशिनरी उपकरण सम्बन्धि सम्पूर्ण सामग्री हरु  ।

३२ निर्माण सामग्री , हार्डवेयर सम्बन्धि  ।

३३ प्लास्टिक जन्य सामग्री हरु ।

३४ कार्यक्रम प्रोडक्सन , प्रशारण , सडक नाटक, सूचना प्रशारण सम्बन्धि मिडिया हाउस हरु ।

फर्म/कम्पनीको हकमा:

  • यस सूचनाको साथमा तोकिएको ढाँचाको निवेदन
  • संस्था/फर्म दर्ताको प्रतिलिपी (नवीकरण सहित)
  • PAN/VAT दर्ता प्रमाणपत्रको प्रतिलिपी
  • पछिल्लो आ.व. को करचुक्ता प्रमाणपत्र
  • अन्य संघ/संस्था तथा निकायहरुमा सोही किसिमको सेवा प्रवाह गरेको खण्डमा अनुभवको प्रमाणपत्र ।
  • विगतमा कालोसूचीमा नपरेको स्व-घोषणा पत्र

व्यक्ति तथा प्रशिक्षकको हकमा:

  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
  • व्यक्तिगत विवरण (बायोडाटा)
  • PAN/VAT दर्ता प्रमाणपत्रको प्रतिलिपी
  • शैक्षिक योग्यता को प्रमाणपत्रको प्रतिलिपी
  • अन्य संघ/संस्था तथा निकायहरुमा सोहि किसिमको सेवा प्रवाह गरेको अनुभवको प्रमाणपत्र ।
  • वस्तु तथा सेवा आपूर्ति गर्न आधिकारिक एजेन्सी, वितरक भए सोको प्रमाण पत्रको प्रतिलिपि
  • सुचीकृत हुन प्रत्येक प्रतिलिपीमा संस्थागत सहिछाप सहित तपशिलको कागजातहरु पेश गर्नुपर्नेछ ।

यस संस्थाको 'सूचीदर्ता फाराम' यहाँबाट डाउनलोड गर्न सकिनेछ (सो फारामका सबै पानामा सहि छाप गरि अनलाईन फाराम भर्दा अनिवार्य अपलोड गर्नुपर्नेछ):

सुचीदर्ताको लागि अनलाइन फाराम भर्न यहाँ क्लिक गर्नुहोला: Application Form.docx

नोट :

१. माथि उन्लेखित बिसय संग सम्बन्धित बाहेक का सप्लायर्सहरु ले पनि यो सुचना को आधार मा सम्पूर्ण रित पुराएर सुचिकृत को लागि निबेदन पेश गर्न मिल्नेछ, 

२. संस्था ले आबस्यकता को आधार मा सम्बन्धित सुचिकृत भएका संस्था, सप्लायर्स, कन्सल्टेन्सी वा फर्म हरु संग मात्र कोटेशन लिएर मात्र कारोबार गर्नेछ ।

३. सुचिकृत भएका सबै सप्लायर्सहरु संग सस्था कारोबार गर्न बाध्य हुने छैन ।

फाराम बुझाउने अन्तिम मिति: २०८३ साल भाद्र १७ गते ।

सुची दर्ताको लागि कागजात बुझाउने स्थान:

विकास तथा प्रकोप व्यवस्थापन केन्द्र (कार्यालय)

बुटवल –११ , रुपन्देही,  लुम्बिनी प्रदेश, नेपाल

फोन नं:- ०७१-४२०२२४, ९८५१४२७००२

इमेल: CDM Nepal

cdmnepal2057.hr.procurment@gmail.com

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 25 Aug, 2026
Apply Before 02 Sep, 2026
City Butwal