सूची दर्ताका लागि आह्वान सम्बन्धमा

Mahila Atma Nirbharata Kendra

Details / requirements:

सूची दर्ताका लागि आह्वान सम्बन्धमा ।

महिला आत्मनिर्भरता केन्द्र (MANK) :

महिला आत्मनिर्भरता केन्द्र सन् १९९२ मा स्थापित महिलाहरुको नेतृत्वमा संचालित एक गैर-सरकारी संस्था हो । जसले सिन्धुपाल्चोक जिल्लामा स्वास्थ्य, पोषण, शिक्षा, महिला तथा बाल संरक्षण, सामाजिक न्याय, जीविकोपार्जन, मानव अधिकार,  सुरक्षित बसाइँसराई, लैङ्गिक सशक्तिकरण र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा सक्रिय रूपमा कार्य गरिरहेको छ ।

यस संस्थाका लागि आ.व. २०८३/८४ का लागि आवश्यक पर्ने तपशिल बमोजिमको सेवाहरु प्रदान गर्न इच्छुक व्यक्ति, संस्था/फर्म/कम्पनीहरु आपुर्तिकर्ता सूचीमा सुचिकृत हुन आव्हान गरिन्छ । इच्छुक व्यक्ति, संस्था/फर्मबाट तपशिल बमोजिमको आवश्यक कागजात सहित तोकिएको ढाँचामा फारम भरी संस्थाको उल्लेखित ठेगानामा बुझाइ  सुचीकृत हुन आह्वान गरिन्छ ।

तपशिल:

क्र. स.
आवश्यक सेवाहरु

स्टेशनरी तथा मसलन्द सामाग्री

डिजाइन तथा छपाई सम्बन्धी सेवा

होटल सेवा (आवासीय तथा गैरआवासीय) कार्याशाला संचालनका लागी

यातायात (सवारी साधन भाडा तथा रिजर्भ) सेवा

IT Equipment (Computer, Printer, Internet, Cartridge) आपुर्ति तथा मर्मत सम्भार सेवा

ग्रोसरी सम्बन्धी सामाग्री

फर्निचर तथा फर्निसिङ सम्बन्धी कार्य

फोटो तथा डकुमेन्ट्री सम्बन्धी कार्य

Bio-Medical Equipment मर्मत सम्भार सेवा
१०
Medical/Lab Equipment आपुर्ति सम्बन्धि सेवा
११
भाँडाकुँडा आपुर्ति सम्बन्धि सेवा
१२
कुरियर तथा ढुवानी सेवा
१३
निर्माण तथा मर्मत सम्भार सम्बन्धि कार्य
१४
सफ्टवेर निर्माण तथा मर्मत सम्भार
१५
श्रोत व्यक्ती (प्रशिक्षक, फिजियो थेरापिष्ट, मनोसामाजिक परामर्शदाता, डाक्टर, अनुसन्धानकर्ता)

सुचीकृत हुन प्रत्येक तपशिलका कागजातहरुको प्रतिलिपीमा सहिछाप सहित पेश गर्नुपर्नेछ ।

१. फर्म/कम्पनीको हकमा:

  • यस सूचनाको साथमा तोकिएको ढाँचामा निवेदन
  • फर्म/कम्पनी दर्ताको प्रतिलिपी (नवीकरण सहित) 
  • PAN/VAT दर्ता प्रमाणपत्रको प्रतिलिपी
  • करचुक्ता प्रमाणपत्रको प्रतिलिपी 
  • अन्य संघ/संस्था तथा निकायहरुमा सोही किसिमको सेवा प्रवाह गरेको खण्डमा अनुभवको प्रमाणपत्रको प्रतिलिपी
  • विगतमा कालोसूचीमा नपरेको स्व-घोषणा पत्र 

व्यक्ति तथा परामर्शकर्ताको हकमा:

  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
  • व्यक्तिगत विवरण (बायोडाटा)
  • PAN/VAT दर्ता प्रमाणपत्रको प्रतिलिपी
  • शैक्षिक योग्यता को प्रमाणपत्रको प्रतिलिपी
  • अन्य संघ/संस्था तथा निकायहरुमा सोहि किसिमको सेवा प्रवाह गरेको अनुभवको प्रमाणपत्रको प्रतिलिपी 
  • वस्तु तथा सेवा आपूर्ति गर्न आधिकारिक एजेन्सी, वितरक भए सोको प्रमाण पत्रको प्रतिलिपि

सवारी साधन भाडामा उपलब्ध गराउनेको हकमा:

  • नागरिकता प्रमाणपत्रको प्रतिलिपी 
  • सवारी चालक प्रमाणपत्रको प्रतिलिपी
  • सवारी साधनको ब्लुबुकको प्रतिलिपी
  • PAN दर्ता प्रमाणपत्रको प्रतिलिपी 
  • कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपी (कम्पनी मार्फत भएमा)

सुची दर्ताको लागि कागजात बुझाउने अन्तिम मिति, ठेगाना:

स्थान : महिला आत्मनिर्भरता केन्द्र, मेलम्ची ११/ चौचारा, सिन्धुपाल्चोक

इमेल: mank.procurementcommittee@gmail.com

Phone No: 011-401048/401049 Mobile: 9851348802

निवेदन पेश गर्ने अन्तिम मिति : 21st June 2026 (२०८३ अषाढ ७ गते)

'सूचीदर्ता फाराम' यहाँबाट डाउनलोड गर्न सकिनेछ । (सो फारामका सबै पानामा सहि छाप गरि पेश गर्नुपर्नेछ): https://drive.google.com/file/d/1ED0jt_WwUMhVJw03mU3rJ7iAAndViYdK/view?usp=drive_link

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 22 May, 2026
Apply Before 21 Jun, 2026
City Sindhupalchowk