सूची दर्ता सम्बन्धी सूचना
Details / requirements:
मिति २०८३।०४।०४
ग्रामीण आर्थिक विकास संघ रेडा पाल्पा
तानसेन ०४ विशालबजार पाल्पा
यस गैरसरकारी संस्थाको लागि आ.व. २०८३/०८४ मा आवश्यक पर्ने तपसिल बमोजिमको सामान/सेवाहरू पटक पटक वा एकै पटक खरिद गर्नु पर्ने भएकोले स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि करमा दर्ता भएका सम्बन्धित इच्छुक फर्म/कम्पनी वा व्यक्तिले आवश्यक कागजातको साथमा इमेलमार्फत वा संस्थाको कार्यालयमा १५ दिन भित्र सूची दर्ता गराउनु हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल (आवश्यक सामान तथा सेवाहरू):
- कार्यालय प्रयोजनको लागि स्टेसनरी तथा मसलन्द सम्बन्धी विभिन्न सामानहरू ।
- छपाई (ब्यानर, फ्लायर, होर्डिङबोर्ड) सम्बन्धी कार्यहरू ।
- मोबाइल, कम्प्युटर, ल्यापटप, फोटोकपी मेसिन, प्रिन्टर, फ्याक्स मेसिन सम्बन्धी आवश्यक पार्टपुर्जा खरिद तथा मर्मत कार्यहरू ।
- होटल, तालिम हल तथा रेस्टुरेन्ट सम्बन्धी सेवा ।
- फर्निचर सम्बन्धी सामग्री तथा सेवा ।
- कार्यालय प्रयोजनको लागि आवश्यक सामग्री ढुवानी तथा यात्रुवाहक सवारी साधन सेवा ।
- + संस्था चल अचल सम्पत्तिको बिमा सम्बन्धी सेवा ।
- निर्माण सम्बन्धी सामग्री उपलब्ध गराउन हार्डवेयर तथा सेनेटरी सेवा ।
- विपद् जोखिम न्यूनीकरण सम्बन्धी स्वास्थ्य औजार तथा सामग्रीहरू सप्लाई गर्ने कार्यहरू ।
- रेडियो कार्यक्रम, अडियो भिडियो डकुमेन्ट्री सम्बन्धी सेवा ।
- कृषि उपज, कृषि सामग्री र औजार, मल खाद, बोट विरुवा ,पशु चौपाया, जीविकोपार्जन सम्बन्धी सेवा तथा कार्यहरू ।
- वेबसाइट डिजाइन, मोबाइल एप्लिकेसन र सफ्टवेयर सम्बन्धी कार्यहरू ।
- वार्षिक लेखापरीक्षण सम्बन्धी कार्यहरू ।
- श्रोत व्यक्ति तथा विज्ञ सेवा
- भेटेनेयरी सेवा तथा औजार उपकरण
अन्य जानकारीहरू:
सूचीकृत भएका कम्पनी, फर्म वा व्यक्तिले सन्तोषजनक सेवा तथा सामान सप्लाई नगरेको खण्डमा सूचीबाट हटाउन सकिनेछ र यस उपर कुनै दाबी गर्न पाइने छैन ।
कम्पनी, फर्म तथा संस्था वा व्यक्तिलाई सूचीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यसै संस्थामा रहने छ ।
Link:
विस्तृत जानकारीको लागि:
ग्रामीण आर्थिक विकास संघ रेडा पाल्पा
तानसेन ०४ विशालबजार पाल्पा
इमेल: redapalpa@gmail.com
फोन नं: 075-521610
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 20 Jul, 2026 |
| Apply Before | 03 Aug, 2026 |
| City | Palpa |