सुची दर्ता सम्बन्धी सुचना
Details / requirements:
सुची दर्ता सम्बन्धी सुचना
प्रकाशित मिति: २०८३/०१/०७
यस बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाललाई आर्थिक बर्ष २०८३/०८४ मा आवश्यक पर्ने तपशील बमोजिमका विभिन्न बस्तु तथा सेवा उपलब्ध गराउन योग्य तथा अनुभवी फर्म, कम्पनी एवं संस्था वा सेवा प्रादायकहरूले यो सुचना प्रकाशित भएको मितिले ३० दिन भित्र दर्ता प्रमाण पत्र, इजाजत प्रमाणपत्र, स्थायी लेखा नम्बर (PAN/VAT) को प्रमाण पत्रको प्रतिलिपी, पछिल्लो आर्थिक बर्षको कर चुक्ताको प्रमाणपत्र, कालो सुचीमा नरहेको प्रमाण सहित आफुले उपलब्ध गराउने बस्तु तथा सेवाको विवरण तथा मुल्य सुची (कोटेसन) सहित कार्यालय समयभित्र सुची दर्ता गराउन हुन यो सुचना प्रकाशित गरिएको छ ।
खरिद, आपुर्ति तथा मर्मत सम्बन्धी विवरणहरू:
१. कार्यालय प्रयोजनका लागि मसलन्द तथा स्टेशनरी सामग्री
२. डिजाइन, छपाई, प्रिन्टिङ सम्बन्धि कार्य
३. अफिस इकुइप्मेन्ट (कम्प्युटर, फोटोकपी मेसिन, प्रिन्टिङ मेसिन, टेलिफोन, इलेक्ट्रोनिक सामग्री)
४. अफिस इकुइप्मेन्ट तथा ईलेक्ट्रोनिक सामग्री मर्मत सेवा
५. आवासिय तथा गैर आवासिय तालिम/ कार्यक्रम सञ्चालनका लागि तालिम हल सहितको सेवा प्रदायक होटल तथा रेष्टुरेण्ट व्यवसाय
६. सफ्टवेयर निर्माण, जडान तथा मर्मत सम्भार
७. कुरियर तथा ट्रान्सपोर्ट/ढुवानी सेवा
८. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ टिकट
९. सवारी साधन भाडामा तथा रिजर्भका लागि
१०. कार्यालयका लागि आवश्यक पर्ने अन्य सामग्रीहरू (Office Supplies), सरसफाई सम्बन्धि सामग्री, ग्रोसरी सम्बन्धि सामग्रीहरू,
११. अफिस सेटअपको लागि आवश्यक फर्निचर फर्निसिङको सामग्री
१२. फोटो सुट तथा भिडियो डकुमेन्ट्री तथा पोडकास्ट सेवा
१३. प्रमोसनल सामग्री (क्याप, टि-शर्ट, ब्याग, आदि)
१४. कन्सल्टेन्सी सर्भिस (तालिम ट्रान्सलेशन म्यानवल/ गाईड लाईन बनाउने प्रपोजल बनाउने)
१५. लेखा परिक्षण सम्बन्धी कार्य
सेवा सम्बन्धि विवरण :
१. अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकार, नेतृत्व विकास, संस्थागत विकास, सुशासन लगायतका बिषयमा क्षमता विकास तालिम ।
२. भावनाहरू बुझ्ने, स्व-हेरचाह, हेरचाह, र तनाव व्यवस्थापन तालिम ।
३. सदस्य संस्था (MOs) का लागि प्रस्ताव लेखन तालिम, अध्ययन अनुसन्धान, ।
४. सदस्य संस्था (MOs) का लागि वित्तीय व्यवस्थापन र कोष सङ्कलन सम्बन्धी तालिम ।
५. नीति लेखन, संशोधन र अनुपालन सम्बन्धी कार्य ।
६. स्थानीय स्रोत पहिचान र परिचालन सम्बन्धी तालिम ।
७. अपाङ्गता समावेशी नीति निर्माण, पहुँचयुक्ता र राष्ट्रिय अन्तर्राष्ट्रिय कानून सम्बन्धी तालिम ।
८. मानव अधिकार रक्षकहरू (अपाङ्गता भएका युवाहरू) का लागि प्रशिक्षक प्रशिक्षण तालिम।
९. मानव अधिकार उल्लङ्घनका घटनाहरूको सङ्कलन, सिफारिस र स्थानीय तहका अधिकारीहरू, प्रहरी वा राष्ट्रिय मानव अधिकार आयोगमा प्रतिवेदन
१०. अपाङ्गता भएका व्यक्तिहरूलाई यौन प्रजनन स्वास्थ्य र अधिकार, तथा लैङ्गिक हिंसाविरुद्ध सम्बोधन गर्ने सशक्तीकरण तालिम।
११. अपाङ्गता भएका व्यक्तिहरूको संस्था (OPDs), कर्मचारी, सदस्य र स्वयंसेवकहरूलाई रणनीति निर्माण, साझेदारी र गठबन्धन निर्माणमा तालिम।
१२. अपाङ्गता भएका व्यक्तिहरूलाई स्व-वकालत, वकालत, र पैरवी, संस्थागत विकास, नेतृत्व विकास, सुशासन लगायतका तालिम।
१३. अपाङ्गता भएका व्यक्तिहरूको संस्था (OPDs) परिवार र हेरचाहकर्ताहरूका लागि प्रशिक्षक प्रशिक्षण (ToT)।
१४. समावेशी शिक्षा सम्बन्धी तालिम।
१५. अपाङ्गता भएका व्यक्तिहरू र अभिभावकहरूलाई रोजगारी सम्बन्धी तालिम, (SDG र CRPD 27) मा आधारित।
१६. अपाङ्गता भएका व्यक्तिहरूलाई उद्यमशीलता, व्यवसायीक विकास र बजार व्यवस्थापन तालिम।
१७. समावेशी कार्यस्थल, पहुँच र वातावरणमा सम्बन्धि तालिम
१८. कानूनी सचेतना, नीति पुनवरावलोकन, नीति लेखन, पुनर्लेखन
१९. अभिभावक स्वयं–सहायता समूह (PSHGs) सम्बन्धी डकुमेन्ट्री भिडियो निर्माण
२०. बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूका लागि अधिकार र सशक्तीकरण तालिम
२१. संगठनात्मक विकास सम्बन्धी क्षमता विकास तालिम– कार्यसमिति (Board) र कर्मचारी तालिम
फर्म/कम्पनीको हकमा:
१. यस सूचनाको साथमा तोकिएको ढाँचाको निवेदन
२. संस्था/फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपी (नवीकरण सहित)
३. PAN/VAT दर्ता प्रमाणपत्रको प्रतिलिपी
४. पछिल्लो आ.व. को करचुक्ता प्रमाणपत्र
५. अन्य संघ/संस्था तथा निकायहरुमा सोही किसिमको सेवा प्रवाह गरेको खण्डमा कार्यअनुभवको पुष्टयाइ हुने कागजात वा पत्र ।
६. विगतमा कालोसूचीमा नपरेको स्व-घोषणा पत्र
व्यक्ति तथा प्रशिक्षकको हकमा:
१. नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
२. व्यक्तिगत विवरण (बायोडाटा)
३. PAN/VAT दर्ता प्रमाणपत्रको प्रतिलिपी
४. शैक्षिक योग्यता को प्रमाणपत्रको प्रतिलिपी
५. अन्य संघ/संस्था तथा निकायहरुमा सोहि किसिमको सेवा प्रवाह गरेको कार्य अनुभवको पुष्टयाइ हुने कागजात।
६. वस्तु तथा सेवा आपूर्ति गर्न आधिकारिक एजेन्सी, वितरक भए सोको प्रमाण पत्रको प्रतिलिपि
यस संस्थाको 'सूचीदर्ता फाराम' सुचीदर्ताको लागि अनलाइन फाराम भर्न यहाँ क्लिक गर्नुहोला:
https://docs.google.com/forms/d/1qunvtsHkSHz0fD_iaaunBaCNsoDI04aZUiY0LigDNVsdit
फाराम बुझाउने अन्तिम मिति: २०८३ साल जेष्ठ ०६ गते ।
सुची दर्ताको लागि कागजात बुझाउने स्थान:
बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल (कार्यालय)
देबी मार्ग,सानोगौचरण काठमाडौँ , बागमती प्रदेश, नेपाल
फोन नं: ०१-४५१६४७३
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 20 Apr, 2026 |
| Apply Before | 20 May, 2026 |
| City | Kathmandu |