सुची दर्ता गराउन आउने सम्बन्धी सुचना

Nepal Youth Foundation - Nepal

Details / requirements:

सुची दर्ता गराउन आउने सम्बन्धी सुचना 

प्रकाशित मितिः २०८३/०३/१५

यस संस्थालाई आर्थिक वर्ष २०८३/०८४ मा आवश्यक पर्ने तपशील बमोजिमका विभिन्न वस्तु तथा सेवा उपलब्ध गराउन योग्य तथा अनुभवी फर्म, कम्पनी एवं संस्था वा सेवा प्रादायकहरूले यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र दर्ता प्रमाण पत्र, इजाजत प्रमाणपत्र, स्थायी लेखा नम्बर (PAN/VAT) को प्रमाण पत्रको प्रतिलिपी, पछिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाणपत्र, कालो सुचीमा नरहेको प्रमाण सहीत आफुले उपलब्ध गराउने वस्तु तथा सेवाको विवरण तथा मुल्य सुची (कोटेसन) सहीत कार्यालय समयभित्र सुची दर्ता गराउन हुन यो सुचना पक्राशित गरिएको छ ।

खरिद, आपुर्ति तथा मर्मत सम्बन्धी विवरणहरू: 

  • खाद्यान्न र सरसफाईका सामानहरू आपुर्ति गर्ने
  • स्टेशनरी सामाग्रीहरूको आपुर्ति र छपाइ सम्बन्धी कार्यहरू
  • औषधी तथा सर्जिकल सामानहरू आपुर्ति सम्बन्धी कार्य 
  • कम्प्युटर, सफ्टवेयर/हार्डवेयर, प्रिन्टर, फोटोकपी मेसिन तथा सो सम्बन्धी सामानहरू आपुर्ति तथा मर्मत गर्ने कार्य, 
  • इलेक्ट्रिकल, प्लम्बिङ, कार्पेन्ट्री, वेल्डिङ तथा औद्योगिक सिलाईका तालिमसँग सम्बन्धित सामाग्री आपुर्ती तथा मर्मत सम्बन्धि कार्यहरू 
  • इलेक्ट्रोनिक्स सामानको आपुर्ती तथा पाटपुर्जा मर्मत सम्बन्धी सेवा
  • EPABX, तेलिफोन तथा इन्टरनेट केवलहरू जडान तथा मर्मत सम्बन्धी
  • ट्राभल एजेन्सी तथा कुरिएर सेवा सम्बन्धी कार्यहरू
  • सवारी साधनको मर्मत, पाटपुर्जा आपुर्ति तथा भाडा सम्बन्धी सेवा  
  • सुरक्षा गार्ड तथा कार्यालय सफाई सम्बन्धी सेवा 
  • पिउन योग्य जारको पानी, ट्याङ्करको पानी, वाटर फिल्टर सिस्टम आपुर्ति सम्बन्धी कार्य 

अन्य जानकारीहरू:

  • तोकिएको म्याद नाघि प्राप्त हुन आएको, रित नपुगेको साथै प्रमाणपत्रको प्रतिलिपीहरू संलग्न नभएमा आवेदन स्वतः रद्घ हुनेछ । 
  • प्राप्त भएको आवेदन सुचिकृत गर्ने वा नगर्ने अधिकार संस्थामा निहित हुनेछ । 
  • सुचिकृत भए पश्चात संघ संस्था, फर्म र कम्पनीहरू मध्यबाट संस्थाको आवश्यकता अनुसार सामाग्री आपुर्ति गर्न वा सेवा लिन सकिनेछ । साथै सुचिकृत फर्म/कम्पनीले सन्तोषजनक रूपमा वस्तु वा सेवा उपलब्ध नगराएमा संस्थाले सुचिबाट नाम हटाउन सक्नेछ ।

सम्पर्क गर्ने ठेगानाः

संस्थाको कार्यालय, चुनिखेल, ललितपुर 

सम्पर्क नम्बरहरू: ०१–५१७३०७५, ०१–५१७३१७१

Email: tibbat@nepalyouthfoundation.org

Viber/WhatsApp No: 9841598963