सूचि दर्ता गर्ने सम्बन्धी सूचना
LIFE Nepal is a non-profit making organization registered at District Administrative Office ,Dhanusha in 2012. It is working for women ,children and youth in Dhanusha .
Details / requirements:
लाइफ नेपाल
जनकपुरधाम, धनुषा, नेपाल
सूचि दर्ता गर्ने सम्बन्धी सूचना
लाइफ नेपाल स्वास्थ्य, पोषण, शिक्षा, खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH), बाल संरक्षण, सामाजिक संरक्षण तथा जीविकोपार्जनका अवसरहरू जस्ता आधारभूत सेवाहरूमा पहुँच सुनिश्चित गर्नका लागि बिगत १४ वर्ष देखि बिभिन्न साझेदार संस्था, अन्तराष्ट्रिय गैरसरकारी संस्था, सरकारी निकाय, स्थानीय तहसंग समन्वय र सहकार्य गरि समुदायका बिभिन्न लक्षित समुदाय (महिला, बालबालिका, किशोरी–किशोर, युवा, दलित, धार्मिक अल्पसंख्यक, सीमान्तकृत समुदाय तथा अपाङ्गता भएका व्यक्तिहरू) का सवालमा निरन्तर रुपमा कार्य गर्दै आइरहेको छ ।
यस संस्थाका लागि आ.व. २०८३/८४ का लागि आवश्यक पर्ने तपशिल बमोजिमको सेवाहरू प्रदान गर्न इच्छुक व्यक्ति, संस्था/फर्म/कम्पनीहरु आपुर्तिकर्ता सूचीमा सुचिकृत हुन आह्वान गरिन्छ । इच्छुक व्यक्ति, संस्था/फर्मबाट तपशिल बमोजिमको आवश्यक कागजात सहित आफूले गर्न चाहेको कार्यका लागि छुट्टाछुट्टै खामबन्दी आवेदन भरी संस्थाको उल्लेखित ठेगानामा बुझाइ सुचीकृत हुन आह्वान गरिन्छ ।
आपूर्ति गर्नुपर्ने वस्तु तथा सेवाहरू:
१) फर्निचर आपूर्ति, फर्निसिङ तथा मर्मत
२) स्टेशनरी तथा खेल सिकाई सामाग्री आपूर्ति
३) छापाखाना/छपाई सम्बन्धी काम डिजाईनिङ (प्रिन्टिङ्ग, ब्यानर, फल्याक्स आदि)
४) इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स उपकरणहरू, डेक्सटप, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, यु.पी.यस. ब्याट्री, प्रीन्टर टोनर तथा सोसँग सम्बन्धित पार्टपुर्जाहरूको आपूर्ति तथा मर्मत संभार सेवा ।
५) वीमा सम्बन्धि सेवा
६) मोटरसाइकल विक्री तथा मर्मत संभार
७) सवारी साधन भाडामा उपलब्ध गराउने
८) कुरियर तथा ढुवानी सम्बन्धी कार्यहरू
९) बीउबिजनको आपूर्ति
१०) कृषि उपकरण तथा सामाग्रीहरूको आपूर्ति
११) सूचना प्रकाशन तथा प्रसारण
१२) निर्माण, रङ्गरोगन र प्लम्बिङ (पाईप) आपूर्ति तथा मर्मत कार्यहरू
१३) होटल तथा रेष्टुरेण्ट सेवा
१४) लेखा परिक्षण सेवा
१५) अन्य परामर्श सेवाहरू (विशेषज्ञ, प्रशिक्षण सेवा आदि) ।
१६) खाधान्न तथा किराना सामानहरू ।
१७) होर्डिङ्ग बोर्ड, फ्लेक्स बोर्ड, भित्ते लेखन सम्बन्धी कार्य
१८) ड्रेस, ब्याग तथा छाता लगायतको आपूर्ति ।
१९) टुर्स र ट्राभल्स (Tour & Travel), घरेलु तथा अन्तराष्ट्रिय हवाइ टिकट
२०) औषधि जन्य तथा साहायक सामग्री
२१) पशु तथा माछा पालन सम्बन्धी कार्य ।
सुचीकृत हुन प्रत्येक तपशिलका कागजातहरूको प्रतिलिपीमा सहिछाप सहित पेश गर्नुपर्नेछ ।
१. फर्म/कम्पनीको हकमा:
- फर्म/कम्पनी दर्ताको प्रतिलिपी (नवीकरण सहित)
- PAN/VAT दर्ता प्रमाणपत्रको प्रतिलिपी
- पछिल्लो आ.व. २०८१।०८२ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपी
- अन्य संघ/संस्था तथा निकायहरुमा सोही किसिमको सेवा प्रवाह गरेको खण्डमा अनुभवको प्रमाणपत्रको प्रतिलिपी
- विगतमा कालोसूचीमा नपरेको स्व-घोषणा पत्र
व्यक्ति तथा परामर्शकर्ताको हकमा:
- नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
- व्यक्तिगत विवरण (बायोडाटा)
- PAN/VAT दर्ता प्रमाणपत्रको प्रतिलिपी
- शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी
- अन्य संघ/संस्था तथा निकायहरुमा सोहि किसिमको सेवा प्रवाह गरेको अनुभवको प्रमाणपत्रको प्रतिलिपी
- वस्तु तथा सेवा आपूर्ति गर्न आधिकारिक एजेन्सी, वितरक भए सोको प्रमाण पत्रको प्रतिलिपि
सवारी साधन भाडामा उपलब्ध गराउनेको हकमा:
- नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- सवारी चालक प्रमाणपत्रको प्रतिलिपी
- सवारी साधनको ब्लुबुकको प्रतिलिपी
- PAN दर्ता प्रमाणपत्रको प्रतिलिपी
- कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपी (कम्पनी मार्फत भएमा)
अन्य शर्त तथा जानकारीहरू:
सूचिकृत हुने निवेदकहरू मध्येबाट योग्य ठहरिएका आपूर्तिकर्ता, फर्म वा कम्पनीलाई मात्र सुचिकृत गरिने छ । सूचिकृत भएका फर्म वा कम्पनीहरूले सन्तोषजनक सेवा तथा समयमा वस्तु तथा सेवा आपूर्ति नगरेका खण्डमा सूचिबाट बिना सूचना नाम हटाउन सकिनेछ । यस उपर कुनै दावी बिरोध गर्न पाईने छैन । सूचिकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस संस्थामा निहीत रहनेछ । म्याद नाघि आएको आवेदन उपर कुनै कारवाही गरिने छैन ।
सूचि दर्ताको लागि कागजात बुझाउने अन्तिम मिति, ठेगाना:
स्थान: लाइफ नेपाल, जनकपुरधाम, धनुषा, नेपाल
इमेल: hr.lifenepal@gmail.com
सम्पर्क नम्बर: 041-590142 / 041-590942
निवेदन पेश गर्ने अन्तिम मिति: 10th July 2026 (२०८३ अषाढ २६ गते)
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 01 Jul, 2026 |
| Apply Before | 10 Jul, 2026 |
| City | Dhanusha |