सूची दर्ता गर्ने सूचना
Details / requirements:
सूची दर्ता गर्ने सूचना
(Ref: 2083/01)
प्रथम पटक प्रकाशित मिति: २०८३/०४/२५ गते
ग्लोवल कओपरेशन फर डेभलपमेन्ट, ललितपुर संस्थालाई २०८३/२०८४ को लागि तल उल्लेखित सेवा तथा सामग्रीहरु आवश्यक्ता अनुसार एकै पटक वा पटक-पटक गरी खरिद गर्नुपर्ने भएकोले योग्य संभावित आपूर्तिकर्ताहरुलाई पूर्व योग्यता (Supplier pre-qualification process) प्रक्रियामा सम्वन्धित इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवा प्रदायक एवं संस्थाहरूबाट यस कार्यालयमा सूची दर्ताको लागि आवेदन सहित उल्लेखित कागजात मिति २०८३/०५/२९ गते भित्र कार्यालय समयमा पेश गर्न आह्वान गर्दछौं साथै संस्थाको gcdnepal017@gmail.com इमेल मार्फत पनि उल्लेखित कागजातहरू पेश गर्न सकिने छ ।
सेवा तथा सामग्री खरिद सम्बन्धि कार्यहरू
- स्टेशनरी: सामुदायिक विद्यालयका विद्यार्थीहरूको लागि झोला, स्टेश्नरी सामान, स्वास्थ्य सामग्री (हाईजेन किट)
- कार्यालय मसलन्द, स्टेशनरी सामानहरू
- फर्निचर: ( काष्ठ दराज, टेवल, कुर्सी, स्टिल दराज) तथा फर्निसिङ कार्पेट, कुसन, पर्दा कपडा, आदी
- छपाइ – कपी, पोष्टर, पम्पलेट, टिसर्ट, किताब फ्लक्स व्यानर) मायाको चिनो
- विपद् व्यवस्थापन सम्वन्धि तालिम तथा परामर्शदाताहरू
- परामर्श सेवा: विभिन्न विषयका लागि प्रशिक्षक, अनुबादकर्ता तथा अनुसन्धानकर्ताहरू
- सवारी साधन ढुवानी, भाडाः (बस, स्कोरपियो, बोलेरो, मिनिट्रक, पिकअप भ्यान, ट्रक,कन्टेनर आदी )
- आपत्तकालीन सहायताका सामग्रीहरू: (त्रिपाल, डोरी, बाल्टी, ब्ल्याङ्केट, आपत्तकालिन प्राथमिक उपचार बाकस, आदी)
- फोटो, भिडियो छायांकन तथा सम्पादन
- पत्रपत्रिकामा बिज्ञापन सूचना तथा सन्देश प्रसारण गर्ने कार्य
- विद्यालयको भान्छाकोठा मर्मत, संभार
- कम्प्युटर, ल्यापटप, डिजिटल क्यामेरा, मेमोरीकार्ड, पेनड्राइभ
- कृषि उत्पादन सामग्री तथा उपकरण
- मेसिनरी औजारहरू: संस्थाको आवश्यक्ता अनुसार
दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू
१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपी र आधिकारिक बिक्रेता प्रमाणपत्र ।
२. स्थायी लेखा नम्बर र मु. अ. करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी ।
३. उद्धेश्य खुलेको प्रमाण सहितको कागजातको प्रतिलिपी
४. मु. अ. करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपी ।
५. आ.ब. २०८२/०८३ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी
६. पछिल्लो २ बर्ष सम्म विभिन्न सार्वजनिक निकायहरूमा कारोबार गरेको प्रमाणको प्रतिलिपी (उपलव्ध भएमा) ।
७. सूचिदर्ता फारम
सूचिदर्ता फारमको लागि कृपया तलको लिङ्क मार्फत जानुहोस्।
यो सूचनामा उल्लेख भए बाहेक थप अरु केहि सम्वन्धित प्रमाणपत्र भएमा सोको प्रतिलिपी पनि संलग्न गर्न सकिने छ ।
आवश्यक सूचिदर्ताको फारम कार्यालयमा सम्पर्क राखी इमेल मार्फत पनि उपलब्ध हुने छ ।
पेश भएका कागजातहरू स्विकार गर्ने वा नगर्ने निर्णय यस संस्थामा नीहीत रहनेछ ।
Links:
GCD_Company_Supplier_Registration
Mailing Address:
Global Cooperation for Development, Lalitpur
Email: gcdnepal017@gmail.com
Contact: 9745615078/79
OR,
Submit hard copy at GCD Office, Lalitpur
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 10 Aug, 2026 |
| Apply Before | 14 Aug, 2026 |
| City | Lalitpur |