दर रेट (Quotation) पेशगर्ने सम्बन्धि सूचना

Opportunity Village Nepal

Details / requirements:

दर रेट (Quotation) पेशगर्ने सम्बन्धि सूचना

प्रथम पटक प्रकाशित मिति: २०७८।०६।०४ गते

शुभअवसर ग्रामनेपाल (Opportunity Village Nepal - OVN) वि.सं. २०५५ सालमा स्थापना भई नेपालमा गरिबी तथा अन्य विविध कारणहरुबाट बेचबिखन, शोषण तथा दुर्व्यवहारमा परेका र सोको जोखिममा रहेका बालबालिका, युवा तथा महिलाहरुलाई लक्षित गरी उद्धार, रोकथाम, संरक्षण, मनोविमर्श, कानुनीउपचार, पुर्नस्थापना एवम् पुर्न एकीकरणका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । OVN ले Good Shepherd International Foundation, Nepal  सँगको साझेदारीमा रुपन्देही, काठमाडौ र पोखरामा मानव बेचबिखन विरुद्धको परियोजना संचालन गरिरहेको छ । उपरोक्त परियोजना अन्तर्गत ५० ओटा सिलाई मेशिन र १ थान फोटोकपी मेशिन (प्रिन्टर र स्क्यानर सहितको) आवश्यक परेको हुदाँ ईच्छुक विक्रेता, आपुर्तीकर्ता, कम्पनी वा व्यवसायीलाई दर रेट (Quotation)  पेश गर्नुहुन अनुरोध छ । दर रेट पेशगर्दा निम्न ढाँचामा पेश गर्नुपर्नेछ । 

क्र. सविवरणकम्पनीपरिमाणदर (भ्याट सहित)जम्मा कैफियत
सिलाइ मेसिनउषा (सानो)५० थान


फोटोकपी मेसिन ( प्रिन्टर र स्क्यानर सहितको)Xerox WorkCentre 7025 Color MultifunctionCopy/Print/Scan ( Console Type - Cabinet Stand), 25 prints per minute (B/W) 20 ppm (clor), Memory- 4 GB, Processor- 1.05GHz Dual Core,  A5-A3 Copy size copying/Printing, 
१ थान


पेशगर्नुपर्ने कागजातहरुः

  • दर रेट पेशगर्न चाहने ईच्छुक विक्रेता, आपुर्तीकर्ता, कम्पनी वा व्यावसायीले अनिवार्य रुपमा निवेदन, व्यवसाय दर्ताको प्रमाणपत्र, नविकरण पत्र, कर चुक्ता प्रमाण पत्र, मूल्य अभिवृद्धि कर (VAT)  मा अनिवार्य दर्ता भएको प्रमाणपत्र सहित दरभाउ पेश गर्नुपर्नेछ । 
  • सबै ईच्छुक विक्रेता, आपुर्तीकर्ता, कम्पनी वा व्यवसायीले दर रेट पेश गर्दा सामान उपलब्ध गराउने समय अनिवार्य उल्लेख गर्नुपर्नेछ । 
  • सामग्रीहरुको दररेट पेश गर्दा ढुवानी सहितको दररेट पेश गर्नुपर्ने छ (ढुवानी गर्नुपर्ने स्थान – सिलाई मेशिनको लागि सिद्धार्थनगर नगरपालिका, भैरहवा, शिवपथ, रुपेन्देही र फोटोकपी मेशिन–सिनामंगल, काठमाडौँ) । 

दर रेट पेशगर्ने ठेगनाः

इच्छुक र योग्यता पुगेका फर्म/कम्पनी/संस्था वा आवेदकहरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिन (मिति २०७८।०६।१० गते) भित्र ईमेल मार्फत opportunityvillagenepal@gmail.com मा माथि उल्लेखितआवश्यक कागजात सहित दर रेट पठाउनुहुन अनुरोध छ । उपयुक्त विक्रेता, आपुर्तीकर्ता, कम्पनी, व्यवसायी वा आवेदक छनौटको प्रक्रिया निर्धारण तथा छनौट गर्ने वा रद्ध गर्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहने छ । 

Overview

Category Development and Project
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 20 Sep, 2021
Apply Before 26 Sep, 2021
City Kathmandu