Project Manager/Business Development Officer

Sahakarya Nepal,Sindhuli

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति:– २०७८/०१/०३ गते)

सहकार्य नेपाल, सिन्धुली सामाजिक सेवा, विकास, परिवर्तन, न्याय र समानतामा आधारित समतामूलक समाज निर्माण गर्ने उद्देश्य राखी २०६१ सालमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा विधिवत रुपमा स्थापना भएको गैरनाफामुलक गैर सरकारी संस्था हो । यस संस्थाले स्थापनाकाल देखि सिन्धुली जिल्लामा शिक्षा, स्वास्थ्य, सुरक्षित मातृत्व, जीविकोपार्जनका साथै सामाजिक जवाफदेहीताका क्षेत्रमा नेपाल सरकार र विभिन्न साझेदार निकायहरुसँगको साझेदारीमा कार्य गर्दै आइरहेको छ ।

यसै सन्दर्भमा, वमन बैंक/फिन चर्च एडको आर्थिक सहयोगमा यस संस्थाद्वारा सिन्धुली जिल्लाका दुधौली नगरपालिका, कमलामाइ नगरपालिका र तिनपाटन गाउँपालिकाका विभिन्न वडाहरुमा आर्थिक रुपमा विपन्न र सामाजिक रुपमा पिछडिएका  समुदायहरुलाई लक्षित गरी उनीहरुको उद्यमशिलता विकास तथा सहकारीताको माध्यमबाट जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले सञ्चालन भईरहेको महिला रोजगारीका लागी दिगो वित्तिय पहुँच परियोजना को लागि तपशिलमा उल्लेखित दक्ष कर्मचारीहरुको आवश्यकता परेको हुदाँ निम्नानुसार योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र दरखास्त आव्हान गरिन्छ । म्याद नाघी आएका र रीत नपुगेका दरखास्तहरु माथि कुनै कारवाही गरिने छैन । 

तपशिलः

१.

पद:

परियोजना व्यवस्थापक (Project Manager): १ (एक) जना ।


न्यूनतम योग्यता:

  • मान्यता प्राप्त शैक्षिक संस्थावाट स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरेको
  • स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय, सहजीकरण, सञ्चार तथा कार्यक्रम व्यवस्थापन सम्वन्धी अनुभव भएको । 
  • स्थानीय तह वा अन्य सरकारी, गैर सरकारी संस्था तथा समुदायमा आधारित संस्थासँग जिवीकोपार्जन तथा उद्यमशिलताका क्षेत्रमा कम्तिमा ३ वर्षको कार्य अनुुभव भएको ।
  • मोटरसाइकल चलाउन जान्ने र  चालक अनुमति पत्र भएको । 

जिम्मेवारी:

  • परियोजनको बार्षिक योजना तर्जुमा, कार्यान्वयन र अनुगमन मुल्यांकन कार्यको मुख्य नेतृत्व लिने ।
  • आफ्नो मातहतका कर्मचारीहरुको जिम्मेवारी बहन गर्न आवश्यक सुझाव तथा सहयोग पुर्‍याउने ।
  • कार्यक्रमको उद्देश्य अनुसार समुदायमा सञ्चालन भएको कार्यक्रमहरुको नियमित अनुगमन गर्ने र कार्यक्रमहरु परियोजनाको उद्देश्यहरु अनुसार भइरहेको एकिन गर्ने ।
  • जिल्लामा जीवीकोपार्जन तथा सहकारी सञ्चालनका क्षेत्रमा आवश्यक सूचनाहरु सङ्कलन गरि आवश्यकताको पहिचान गर्नुका साथै कार्यक्रमको योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्ने ।
  • कार्यक्रमको कार्यान्वयन चरणमा जवफदेहीता, पारदर्शिता तथा गुणस्तरको सुनिष्चित गर्ने 
  • समय तालिकामा आधारित भई दातृ निकाय तथा जिल्लाका सरोकारवाला निकायलाई नियमित रुपमा परियोजनाको प्रगती प्रतिवेदन पेश गर्ने ।
  • परियोजनाको बजेट तथा यसको खर्चको नियमित रुपमा अनुगमन गर्ने र कार्यक्रमको मासिक प्रतिवेदन तयार गरि सम्बन्धित संस्था र साझेदार संस्थामा पेश गर्ने ।
  • संस्थासँग समन्वय गरी परियोजनासँग सम्वन्धित सबै कार्य गर्ने/गराउने ।

२.

पद:

व्यवसाय विकास अधिकृत (Business Development Officer): १ (एक) जना ।


न्यूनतम योग्यता:

  • मान्यता प्राप्त शैक्षिक संस्थावाट कम्तिमा स्नातक वा सो सरह उत्तीर्ण गरेको
  • स्थानीय निकाय वा अन्य सरकारी, गैर सरकारी संस्था तथा समुदायमा आधारित संस्थासँग व्यवसाय विकास, जिवीकोपार्जन, बजारिकरण वा लघुवित्त क्षेत्रमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको ।
  • समन्वय, सहजीकरण, सञ्चार तथा कार्यक्रम व्यवस्थापन सम्वन्धी व्यवहारिक ज्ञान र सीप भएको ।

जिम्मेवारी:

  • जीवीकोपार्जन तथा सहकारी सञ्चालनका क्षेत्रमा आवश्यक सूचनाहरु सङ्कलन गरि आवश्यकताको पहिचान गर्नुका साथै उत्पादन तथा बजारीकरण सम्बन्धी क्रियाकलापहरु गर्ने निकायहरुसँग समन्वय गर्न सक्ने ।
  • उद्यमी र व्यवसायी बिच समन्वय गराउने ।
  • व्यवसाय विकास सम्बन्धी योजना निर्माण गरि कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गर्ने र नियमित अनुगमन गरि योजना कार्यान्वयन गर्ने ।
  • समुदायमा कार्यरत सामाजिक परिचालकहरुको नियमित अनुगमन तथा आवश्यक पृष्ठपोषण गर्ने । 
  • परम्परागत रुपमा संचालित व्यवसायको आधुनिकीकरण गर्न प्रोत्साहन गर्ने ।
  • बजार माग अनुसारको वस्तुहरु उत्पादन गर्न उद्यमीहरुलाइ प्रेरित गर्ने ।
  • उत्पादित वस्तुहरुको लक्षित बजार क्षेत्र पहिचान गर्ने ।

३.

पारिश्रमिक:

परियोजनाको नियमानुसार उपलब्ध हुने । 

४.

पेश गर्नु पर्ने आवश्यक कागजात:

निवेदनका साथ व्यक्तिगत विवरण (वायो–डाटा), शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपी, नागरिकता प्रमाण–पत्रको प्रतिलिपी, कार्य अनुभव प्रमाण–पत्रको प्रतिलिपी र स्थायी लेखा नम्बरको प्रतिलिपी पेश गर्नुपर्नेछ । निवेदन संस्थाको इमेल ठेगानाबाट पनि पठाउन सकिने छ ।

.

परिक्षाको किसिम:

लिखित, समुह छलफल/प्रस्तुतीकरण र अन्तवार्ता (आवश्यकता अनुसार)

६.

आवेदन दिने अन्तिम मिति:

२०७८ वैशाख ०९ गते बिहिबार बेलुका ५:०० बजे भित्र ।

७.

प्राथमिकता:

महिला, दलित, जनजाती तथा सिमान्तकृत समुदाय ।

तोकिएको मिति भित्र पर्न आएका आवेदकहरुको लघुसूची (Short List) तयार पारिनेछ, साथै लघुसूची (Short List) मा परेका आवेदकहरुलाई मात्र लिखित, समुह छलफल/प्रस्तुतीकरण र अन्तवार्तामा सहभागिताको लागि सम्पर्क गरिनेछ । 

आवेदन दिने ठेगाना:

सहकार्य नेपाल, सिन्धुली

कमलामाई नगरपालिका वडा नं.– ६, राममाडी

फोन: ०४७–५२०८६३/५२११८८

इमेलः sahakarya2061@gmail.com

website: sahakaryasindhuli.org.np

Overview

Category Development and Project
Openings 2
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 16 Apr, 2021
Apply Before 22 Apr, 2021
City Sindhuli