पदपूर्ति सम्बन्धि सूचना

Abhiyan Nepal

Abhiyan Nepal is a non-political, secular and non-profit making organisation established in 2008 with its head office in the Rautahat district of Nepal. The organisation engaged in community development and humanitarian assistance sectors with the thematic area of WASH, Health, and Education promotion in the Terai region of Nepal. It works for the poor, vulnerable, marginalised, socially excluded communities, and institutions (Including children, women, youth, schools and health centres also) with the support of different funding agencies for meet encourage social and economic development and uphold the well-being and human rights of them.

Details / requirements:

पदपूर्ति सम्बन्धि सूचना

प्रथम पटक सुचना प्रकाशन मितिः २२ मार्च २०२४

अनुसन्धान र विकासका निम्ति अभियान नेपाल सन् २००८ मा स्थापना भएको एक गैरराजनीतिक, धर्मनिरपेक्ष र गैर नाफामुखी संस्था हो, जसको मुख्य कार्यालय रौतहट जिल्लामा रहेकोछ । यस संस्थाले नेपालको तराई क्षेत्रमा स्वास्थ्य, खानेपानी तथा सरसफाइ, शिक्षा र जीविकोपार्जन प्रवर्द्धन लगायतको विषयगत क्षेत्रका साथ सामुदायिक विकास र मानवीय सहायता क्षेत्रमा संलग्न रही कार्यक्रमहरू सञ्चालन गरिरहेका छन । यसले गरिब, जोखिममा परेका, सीमान्तकृत, सामाजिक रूपमा बहिष्कृत समुदाय र संस्थाहरू (बालबालिका, महिला, युवा, विद्यालय र स्वास्थ्य केन्द्रहरू समेत) का लागि विभिन्न दातृ निकायहरूको सहयोगमा सामाजिक र आर्थिक विकासलाई प्रोत्साहित गर्न र उनीहरूको अधिकार, मानव कल्याण र हितलाई कायम राख्न काम गर्दछ । 

USAID Adolescent Reproductive Health परियोजना CARE NEPAL को नेतृत्वमा Association of Youth Organizations Nepal (AYON), Howard Delafield International (HDI), Jhpiego, and Nepal CRS Company सँगको सयुक्त साझेदारीमा अभियान नेपालद्वारा १० देखि १९ बर्षका सिमान्तकृत समुदाय लगायतका किशोर किशारीहरूलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार हासिल  गर्न सक्षम बनाउन सशक्तीकरण गराउने एक पहल हो । यस परियोजनाको मुख्य उद्देश्य भनेको किशोर किशारीहरूलाई प्रजनन् स्वास्थ्यको बारेमा सहि र उमेर तथा लिंग अनुसार उपयुक्त जानकारी दिएको यकिन गर्ने, प्रजनन् स्वास्थ्यको बारेमा उपयुक्त निर्णय लिने सिपको लागि मार्गदर्शन गर्ने, प्रजनन् स्वाथ्यको बारेमा स्वस्थ्य निर्णय लिनको लागि समाजमा उपयुक्त वातावरण तयार गर्ने र ती निर्णयहरूलाई स्वस्थकर व्यवहारमा रुपान्तरण गर्दै उनीहरूको पुर्ण क्षमताको बिकास गर्नु रहेको छ ।

यसै अनुरुप अभियान नेपालले केयर नेपालसँगको साझेदारीमा रौतहट जिल्लाका आठ वाटा पालिकाहरू कटहरिया, गुजरा, गरुडा, देवाही गोनाही, बृन्दावन, माधव नरायण, गढिमाई र फतुवा विजयपुर पालिकामा USAID Adolescent Reproductive Health परियोजना सञ्चालन गरिरहेको छ । यस कार्यक्रमका लागि तपसिलमा उल्लेखित कर्मचारीको पदपुर्ति तथा सूचीकृत समेत गर्नुपर्ने भएकोले तोकिएको मापदण्ड र १८ बर्ष पुगेका नेपाली नागरिकहरूले आवेदन पेश गर्नुहुन आह्वान गरिन्छ ।

सन्दर्भ सुचना नंः RT-002/2024

पदः ARH Facilitator (महिला मात्र)

आवश्यक संख्याः ०१ (कटहरिया नगरपालिकामा काम गर्ने गरि)

योग्यता, अनुभव र सिपः  मान्यता प्राप्त शैक्षिक संस्थाबाट अनमी वा अहेव तह उत्तीर्ण गरी ३ वर्ष कार्य अनुभव वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्टाफ नर्स वा हेल्थ असिष्टेण्ट तह उत्तीण गरी १ वर्षको कार्य अनुभव भएको तथा सामुदायिक स्वास्थ्य, सामाजिक परिचालन, लैंगिक समानता तथा सामाजिक समावेशिकरण तथा स्वास्थ्य सम्बन्धी कार्य अनुभव भएको हुनुपर्ने । 

उमेरः १८ वर्ष पुरा भई ३० वर्ष ननाघेको

यस पदको लागि आवश्यक योग्यता र कार्य विवरण तलको लिंकमा उपलब्ध छ ।

Detail Job Description of ARH Facilitator

सन्दर्भ सुचना नंः RT-003/2024

पदः Near Peer (वैतनिक स्वयंसेवक) (भविश्यमा काम गर्ने गरि हाललाई सूचीकृत गर्नुपर्ने मात्र)

आवश्यक संख्याः ०८ (परियोजना क्षेत्रका सबै नगरपालिकाहरूका लागि)

योग्यता, अनुभव र सिपः मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्वास्थ्य विषयमा कम्तिमा १२ कक्षा उर्तिण भएको हुनुपर्ने । परियोजनाको कार्यक्षेत्रभित्रका वडाहरूका स्थानिय वासिन्दा हुनुपर्ने । समुदाय र विद्यालयभित्र प्रजनन स्वास्थ्य र सामाजिक मानदण्डहरू परिवर्तनका लागि किशोरकिशोरीहरूसँग वैतनिक स्वयंसेवकको रुपमा काम गर्न प्रतिवद्ध र उत्साही भएको हुनुपर्ने । समुदाय स्तरमा किशोर र किशोरीसँग स्वतन्त्र रुपमा सत्रहरू सञ्चालन गर्न सक्षम हुनुपर्ने ।

उमेरः १८ वर्ष पुरा भई २५ वर्ष ननाघेको

यस पदको लागि आवश्यक योग्यता र कार्य विवरण तलको लिंकमा उपलब्ध छ ।

Detail Job Description of Near Peer

आवश्यक कागजातहरू:

  • तलको लिंकमा उपलब्ध रोजगारी आवेदन फारम
  • न्युनतम दुई जना सन्दर्भ व्यक्तिहरूको नाम र सम्पर्क ठेगाना सहितको व्यैक्तिक विवरण
  • शैक्षिक योग्यताको प्रमाण पत्रहरूको प्रतिलिपी
  • नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी
  • विषयगत क्षेत्रको अनुभवका प्रमाण पत्रहरूको प्रतिलिपी

Job Application Form

आवेदन गर्ने प्रकृयाः

माथि उल्लेखित कागजात सहित संस्थाको कार्यालयमा स्वयम् वा प्रतिनिधि उपस्थित भई वा हुलाक वा विद्युतिय माध्यम मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरू स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले कुनै पनि आवेदन पूर्ण वा आशिंक रुपमा विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । कृपया आवेदनमा ..............पदको लागि आवेदन भनेर खुलाउनुहोला ।

प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ । यस संस्थाको यौन उत्पीडन, शोषण र दुर्व्यवहार र बाल दुर्व्यवहार रोक्नका लागि संस्थाको संरक्षण नीति तथा अन्य सम्बन्धित नीतिहरु सहित प्रतिबद्ध रहेको छ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख तथा स्व—घोषणा गर्नुहुन समेत जानकारी गराइन्छ । स्थानिय  आवेदकहरूलाई प्राथमिकता दिईनेछ ।

दरखास्त दिने अन्तिम मितिः 

इच्छुक उम्मेदवारहरूलाई तोकिएको आवश्यक कागजात सहित सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र (०५ अप्रिल २०२४ बेलुका ०५ बजेसम्म) आवेदन पेश गर्न अनुरोध गरिन्छ । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ०५ बजे सम्म आवेदन दिन सकिनेछ । यस सम्बन्धि थप केही बुझ्नु परेमा संस्थाको इमेल वा फोन नं. मा सम्पर्क गर्न सक्नुहुनेछ ।

आवेदन दिने ठेगानाः

मानव संसाधन शाखा

अभियान नेपाल

गौर ०५ रौतहट

फोन नः ०५५ ५२१५७६

वा

ईमेल ठेगानाः vacancy.abhiyan@gmail.com

कार्यशक्तिको विविधताको कदर गर्दै, अभियान नेपालले महिला र जातीय अल्पसंख्यकहरूलाई यस पदका लागि आवेदन दिन दृढतापूर्वक प्रोत्साहित गर्दछ ।

Overview

Category Public Health, Development and Project
Openings 9
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 22 Mar, 2024
Apply Before 05 Apr, 2024
City Rautahat