पोषण सहजकर्ता
Details / requirements:
BASE Organization (Backward Society Education)
कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।
प्रकाशित मिति: फेब्रुअरी ६, २०२६
Helen Keller International र iDE संस्था संगको साझेदारीमा बेस संस्था (ब्याकवार्ड सोसाइटी एजुकेशन) द्वारा सञ्चालन हुने "पोषण मार्फत जीवन रुपान्तरण” परियोजना (Transforming Lives Through Nutrition-TLTN)" को लागि कर्मचारीहरूको आवश्यकता परेको हुँदा यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले फेब्रुअरी ११, २०२६ भित्र इच्छुक नेपाली नागरिकले आवेदनका लागि आह्वान गरिन्छ ।
| पद | आवश्यक संख्या | शैक्षिक योग्यता | अनुभव तथा क्षमता |
| पोषण सहजकर्ता —तुलसीपुर उपनगरपालिकाको लागि | 1 | HA/स्टाफ नर्स पृष्ठभूमि भएको अथवा ANM/AHW गरी प्रविणता प्रमाणपत्र तह उतीर्ण भएको । | पोषण, स्वास्थ्य, सरसफाइका तथा सामुदायिक परिचालनको क्षेत्रमा कम्तिमा २ वर्षको अनुभव भएको |
थप जानकारी तथा पेश गर्नपर्ने कागजातहरू:
- पेश गर्नु पर्ने आवश्यक कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, निवेदन तथा बैयक्तिक विवरण र वायोडाटा ।
- यस अघि यस संस्थामा पोषण सम्बन्धी कार्यक्रममा २ वर्षभन्दा बढी अनुभव भएका स्थानीय उम्मेदवारलाई विशेष प्राथमिकता दिईने छ ।
- परीक्षाको किसिमस: लिखित, र अन्तवार्ता (यसका लागि छोटो सूचीमा परेका उम्मेदवारलाई मात्र परीक्षामा सहभागी गराइनेछ) ।
नोट: दलित, जनजाती, महिला र स्थानीयलाई विशेष प्राथमिकता दिइनेछ ।
आवेदन दिने अन्तिम मिति २०८२/१०/२८ गते (फेब्रुअरी ११, २०२६) अपराह्न ५:०० बजे भित्र ।
आवेदनका लागिः
बेस संस्था, केन्द्रीय परियोजना कार्यालय
तुलसीपुर उपमहानगरपालिका वार्ड नं ६, रजौरा दाङ
Overview
| Category | Development Project, Nursing, Nutrition |
| Openings | 1 |
| Position Type | Contract |
| Experience | 2 Years |
| Education | I.N. (Intermediate in Nursing) / Staff Nursing, ANM/AHW/HA |
| Posted Date | 06 Feb, 2026 |
| Apply Before | 11 Feb, 2026 |
| City | Tulsipur Dang |