परियोजना अधिकृत/सामाजिक परिचालक
Detailed Job description / requirements:
कर्मचारी आवश्यक्ता
प्रथम पटक प्रकाशित मितिः २०७९/०६/१३
मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यको अभियानमा लामो समय देखि क्रियाशील आफन्त नेपाल (KIN NEPAL) लार्ई एटविन/युनिसेफको साझेदारीमा Prevention of child labour exploitation: strengthening capacity and surveillance on migration and trafficking परियोजनाको लागि देहाय बमोजिमको कर्मचारीकोे पदपूर्ति गर्नुपर्ने भएकोले तपसिल बमोजिमका योग्यता पुगेको ईच्छुक नेपाली नागरिकबाट आवेदनका लागि आव्हान गरिएको छ ।
१. परियोजना अधिकृत – १ जना, (अक्टोबर २०२२ देखि १५ मे २०२३ सम्म)
न्यूनतम योग्यता
स्नातक वा सो सरह, | मनव बेचबिखन, श्रमशोषण, लैंगिक हिंसा विरुद्ध सामाजिक परिचालन तथा परियोजना कार्यान्वयनमा कम्तिमा ४ वर्षको कार्य अनुभव भएको, कम्प्युटर प्रयोग गर्न सिपालु |
२. सामाजिक परिचालक – ३ जना, ६ महिनाको लागि (धनगढी, भीमदत्त तथा कञ्चनपुर पालिकामा १/१ जना)
न्यूनतम योग्यता
प्रवीणता प्रमाण पत्र वा सो सरह | मनव बेचबिखन विरुद्ध सामाजिक परिचालनमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको |
एस.एल.सी वा सो सरह | मनव बेचबिखन, श्रमशोषण, लैंगिक हिंसा विरुद्ध सामाजिक परिचालन, कार्यक्रम सञ्चालन तथा समन्वयमा कम्तिमा ४ वर्षको कार्य अनुभव भएको |
अन्य सीप तथा क्षमताहरु
कुशल सञ्चार र समन्वय गर्न सक्ने, बेचबिखन/हिंसामा परेका/पर्न सक्ने सम्भावनामा रहेका व्यक्ति तथा समुदायको उत्थानमा विशेष चासो राख्ने, आत्मविश्वासी; सृजनशील; सकारात्मक सिकाइ प्रवृति; आफन्त नेपालको मुल्य–मान्यता, दर्शन तथा लक्ष्यप्रति प्रतिवद्ध भई सामाजिक अभियन्ताको रुपमा सेवा गर्न ईच्छुक, दुइपांग्रे सवारी चालक अनुमति पत्र भएको भए राम्रो, योग्यता पुगेका बेचबिखन तथा हिंसाबाट प्रभावितलाई प्राथमिकता दिइनेछ ।
आवेदनमा संलग्न गर्नुपर्ने आवश्यक कागजपत्रहरुः नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी, व्यक्तिगत विवरण (CV), काम गरेको अनुभव पत्र, नियुक्ति पत्र तथा तालिमको प्रमाण पत्र (व्यक्तिगत विवरण (CV) मा उल्लेख गरे अनुसार) ।
छनौट प्रक्रियाः लिखित तथा अन्तरवार्ता (दुवै)
रितपुर्वक आएका आवेदनहरुबाट सुयोग्य उम्मेदवारहरु लाई मात्र छनौट प्रक्रियाको लागि सम्पर्क गरिनेछ । उल्लेखित योग्यता पुगेका ईच्छुक व्यक्तिले यही २०७९ अषोज २४ गते, ४ः०० बजे भित्र हस्तलिखित इच्छापत्र (Interest Letter) सहित आफन्त नेपालको महेन्द्रनगर शाखा कार्यालयमा अथवा jobs.kinnepal@gmail.com मा आवेदन दिनुहुन सम्बन्धित सबैमा जानकारी गराइएको छ ।
छनौट प्रक्रियाको सम्पूर्ण अधिकार आफन्त नेपालमा निहित रहनेछ ।
Job Overview
Category | Development and Project, Development / NGO |
Openings | 3 |
Position Type | Full Time |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 29 Sep, 2022 |
Apply Before | 10 Oct, 2022 |
City | Lalitpur |