परियोजना संयोजक (Project Cooridnator )

DDS Salyan

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशन मितिः २२०८२/०६/०६ गते तदनुसार २२ सेप्टेम्बर २०२५ र 

आवेदन दिने अन्तिम मितिः २०८२/०६/१२ गते तदनुसार २८ सेप्टेम्बर २०२५ 

दलित विकास समाज (DDS) सल्यान सन २००१ मा सल्यान जिल्लामा स्थापना भएको एक मुनाफा रहित गैर सरकारी संस्था हो । संस्थाले दलित, गरिब, विपन्न वर्ग, महिला र बालबालिकाहरूको सामाजिक, आर्थिक, स्वास्थ्य, र शिक्षाको स्थितिमा सुधार गर्दै समृद्ध, समावेसी र न्यायपुर्ण समाज निर्माण गर्ने लक्ष राखेको छ । आफ्नो स्थापना काल देखि नै संस्थाले सरकारी, राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँगको सहयोग र सहकार्यमा समाजमा रहेका दलित, अति विपन्न, महिला, बालबालिका र सिमान्तकृत समुदायको क्षमता विकास र मानव अधिकार अभियान मार्फत शिक्षा, स्वास्थ्य, जीविकोपार्जनको अवस्थामा सुधार गर्दै आइरहेको छ । यसै अनुरुप संस्थाले सन २०२२ देखि वन हार्ट वल्र्डवाइड (One Heart Worldwide) संगको सहकार्यमा “स्थानिय सरकारसंगको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजना” संचालन गरिरहेको छ । 

“स्थानिय सरकारको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजना” वन हार्ट वल्र्डवाइड (One Heart Worldwide) संगको साझेदारीमा दलित विकास समाज सल्यानद्वारा विपन्न तथा सिमान्तकृत वर्ग वा क्षेत्रका गर्भवती तथा सुत्केरी महिला र तिनीहरूको नवजात शिशुको गुणस्तरीय स्वास्थ्य सेवामा सहयोग पुर्याउने उद्देश्यका साथ स्थानिय सरकारहरूसँग सहकार्य गर्दै जिल्लाका विभिन्न प्रसुती सेवा केन्द्रहरूमा संचालन गरीएको छ । उक्त परियोजनाका लागि निम्न पदमा आवश्यक कर्मचारी भर्ना गर्नुपर्ने भएकाले यो सूचना प्रकाशन गरिएको छ ।

विज्ञापन नंबरः १/२०८२/८३

पद र आवश्यक संख्याः परियोजना संयोजक (Project Cooridnator ), १ जना

योग्यता अनुभवः

  • जनस्वास्थ्य बिषयमा स्नातकोत्तर (Master in Public Health) डिग्री र सम्बन्धित क्षेत्रमा कम्तिमा १ वर्षको अनुभव वा
  • जनस्वास्थ्य बिषयमा स्नातक (Bachelor in Public Health) तह र सम्बन्धित क्षेत्रमा कम्तिमा ३ वर्षको अनुभव 

आवश्यक सिपः 

  • संघीय संरचनामा स्वास्थ्य सेवा प्रदान प्रणालीको बुझाइ, विशेष गरी जिल्लास्तर र सो भन्दा तल्लोतहका गतिविधिहरूको अनुभव भएको
  • न्यूनतम सुपरिवेक्षणमा कार्य गर्ने क्षमता भएको
  • MS-Office प्याकेजहरू, तथ्याङ्क सम्बन्धी सफ्टवेयर, इमेल र इन्टरनेट प्रयोग गर्ने ज्ञान र अनुभव भएको 
  • उत्कृष्ट मौखिक तथा लिखित सञ्चार क्षमता, विशेष गरी अंग्रेजी भाषामा बोल्ने र लेख्ने दक्षता भएको
  • जनशक्ति व्यवस्थापन गर्ने क्षमता, राम्रो अन्तर–व्यक्तिगत सम्बन्ध, र टोलीमा परिचालनको अनुभव भएको
  • विश्लेषणात्मक क्षमता तथा कार्यक्रम अनुगमन र अवलोकन गर्ने अनुभव भएको
  • कार्यक्रम व्यवस्थापन तथा तथ्याङ्क व्यवस्थापन सम्बन्धी ज्ञान र अनुभव भएको
  • विभिन्न तहका सरकारी निकाय र साझेदारहरूसँग छलफल र सहजीकरण गर्ने व्यावहारिक अनुभव भएको
  • परियोजनाको बहिर्गमन (Transition) चरणलाई बुझेर सो अनुरुप का गर्न सक्ने

आवश्यक कागजातः आवेदकको विस्तृत विवरण खुल्ने अद्यावधिक गरीएको बायोडाटा, नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताको ट्रान्सकृप्ट प्रमाण पत्रको प्रतिलिपी र निवेदन ।

परीक्षाको किसिमः लिखित (कम्प्युटर बाट) र मौखिक दुबै

आवेदन दिने ठाउँः तल दिइएको लिङ्कमा गइ आवश्यक विवरणहरू लेख्नुहोस । 

https://docs.google.com/forms/d/e/1FAIpQLSfdk_XrKCk8_2HB_T5MwshqbrGTpGbn0L03uD8uoD20QWQ2ew/viewform

आवेदन दिने अन्तिम मिति र समयः २०८२/०६/१२ गते तदनुसार २८ सेप्टेम्बर २०२५ कार्यालय समय (बेलुका ५ बजे) भित्र । आवश्यक जानकारीको लागि ०८८–५२००५१

नोटः म्याद नाघि (कार्यालय समय बेलुका ५ बजे पछि) आएका, योग्यता र तोकिएको मापदण्ड पुरा नभएका आवेदन उपर कुनै कारवाही गरिनेछैन साथै कुनै पनि कारण विना आवेदन स्वीकार गर्ने वा नगर्ने सम्पुर्ण अधिकार दलित विकास समाज सल्यानमा निहित रहेको छ । प्रारम्भिक छनौटमा परेकालाई मात्र लिखित र मौखिक परिक्षामा सामेल गराइने छ । यस संस्था यौन उत्पीडन, शोषण, दुव्र्यवहार र बाल दुव्र्यवहार रोक्नका लागि संस्थाको बाल संरक्षण नीति तथा अन्य सम्बन्धित नीतिहरू सहित प्रतिवद्ध रहँदै सकारात्मक विभेदिकरण नीति अवलम्बन गर्ने भएकाले स्थानिय सिमान्तकृत समुदायका महिला, दलित, अपांगता भएका र लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूलाई आवेदन दिनका लागि अभिप्रेरित गर्दछ । कृपया आवेदनमा आफूले आवेदन दिन चाहेको पद स्पष्ट सँग लेख्नुहोला ।

विस्तृत कार्य विवरण (Detailed Job Description) दिइएको लिङ्कबाट डाउनलोड गर्नुहोस : 

https://drive.google.com/uc?export=download&id=1gwuXkgDazmE7niTi3j1TRwvBLzkaDi_v

Overview

Category Public Health, Development Project, NGO/INGO/Social work
Openings 1
Position Type Full Time
Experience 1+ years, 3+ years
Education M.P.H. (Masters in Public Health), B.P.H. (Bachelors in Public Health)
Posted Date 22 Sep, 2025
Apply Before 28 Sep, 2025
City Salyan