परियोजना संयोजक & कृषि प्राविधिक
Details / requirements:
प्रथम पटक प्रकाशित मिति २०८३/०५/०४
कर्मचारी सम्बन्धी आवश्यकता सूचना ।।।
महाशिला गाउँपालिका, पर्वत र हेफर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा विकासका लागि वातावरणीय संरक्षण सेवा नेपाल (इन्प्रेड)को साझेदारीमा सञ्चालन हुने “तरकारी मुल्य श्रृखलामा नविनताका माध्यमबाट ग्रामिण महिला उद्यमीहरूको प्रतिष्पर्धात्मक क्षमता अभिबृद्धि परियोजना (“Enhancing Competitiveness of Rural Women Entrepreneur Through Innovation in Vegetable Value Chains“) अन्तर्गत असल कृषि अभ्यास (GAP) कार्यक्रम संचालनका लागि तपशिलमा उल्लेखित पदका कर्मचारीहरूको आवश्यकता भएकाले यो सुचना प्रकाशन भएको मितिले १५ दिनभित्र दरखास्त आह्वान गरिन्छ ।
१. पदः परियोजना संयोजक
पद संख्याः १ जना
न्युनतम शैक्षिक योग्यता र अनुभव:
- कृषि बिषयमा स्नातक तह उर्तिण गरि कम्तिमा २ बर्षको अनुभव भएको तथा संस्थागत रूपमा संस्थामा कार्यरत सामाजिक शास्त्रमा स्नातक तह उर्तिण गरि कम्तीमा ३ बर्ष र १०+२ कक्षाको उतिर्ण गरी ६ वर्षको कार्य अनुभव भएको । कम्प्युटर सम्बन्धी दक्षता भएको पावर प्वाईन्ट, एक्सल तथा माईक्रोसफ्ट सम्बन्धी ज्ञान तथा सञ्चालन अनुभव भएको ।
- स्थानीय सरकार र प्रदेश सरकार, जिल्ला कृषि विकास कार्यालय तथा बिभिन्न सरोकारवालाहरू संग सम्पर्क समन्वय गर्न सक्ने ।
- परियोजनाको बजेट कार्यान्वयन गरि समयमा कार्य सम्पन्न गर्ने क्षमता भएको अनुगमन गर्न सक्ने र पृष्ठपोषण दिन सक्ने सिप भएको बार्षिक त्रैमासिक र मासिक योजना निर्माण, तालिम सहजिकरण र प्रतिबेदन लेखन तथा परियोजनाको अभिलेख चुस्त दुरूस्त राख्न सक्ने दक्षता भएको र स्थानिय सरकार तथा अन्य सरोकारवालाहरूसँग समन्वय र सहकार्य गरि कार्य गर्न सक्ने
- असल कृषि अभ्यास (GAP) मा काम गरेको साथै कृषक व्यवसाय पाठशाला, जैविक खेती संवन्धि तालिम संचालन गर्न सक्नेलाई प्राथमिकता दिईने ।
- मोटर साईकल चलाउन सक्ने र सवारिचालक अनुमति पत्र प्राप्त भएको ।
- उमेरः ६० वर्ष ननाघेको हुनुपर्ने
मुख्य जिम्मेवारी:
- कार्यालय व्यवास्थापन तथा दैनिक प्रशासनिक कार्यहरू गर्ने ।
- फिल्ड स्तरिय कृषक र समुहहरूले राखेका तथ्या‚ र अभिलेख रुजु गर्ने र अध्यावधिक भए नभएको सुनिश्चित गर्ने
- कृषक र समुहहरूलाई असल कृषि अभ्यास संम्वन्धि सचेतना र असल कृषि अभ्यास अनुसार उत्पादनका लागि दर्ताका लागि सहजिकरण गर्ने
- उत्पादित कृषि उपजहरूको असल कृषि अभ्यासको तथ्याङ्क व्यवस्थापन र प्रमाणिकरणका लागि सहजिकरण गर्ने ।
- समुह स्तरमा संचालन हुने तालिम तथा गोष्ठी सहजीकरण गर्ने र गुणस्तरीयता सुनिश्चित गर्ने ।
- परियोजना कार्यक्षेत्रका किसानहरूलाई प्राबिधिक सेवा प्रदान गर्ने ।
- समय सिमा भित्र परियोजनाको प्रतिवेदन र Software reporting गर्ने, आवश्यक तथ्याङ्क व्यवस्थापन गर्ने।
- कृषकहरूलाई गुणस्तरीय कृषि सामाग्री, आधुनिक प्रबिधी बित्तिय सेवामा पहुँच बृद्धीका लागि सहकारी र निजिक्षेत्रको व्यवासायिक सम्बन्ध स्थापित गर्न सहजिकरण गर्ने ।
- परियोजना कार्यक्षेत्रको तरकारी उत्पादन तथा बजारिकरण सम्बन्धि तथ्याङ्क संकलन तथा अध्यावधिक गर्ने
- मासिक तथा आवधिक प्रतिबेदन तयार गरि सस्था तथा सरोकारवाला निकायमा पेश गर्ने
- सहकारीको व्यवासाय बिस्तारकालागि मुल्य श्रृखला पात्रहरूसँग सम्पर्क तथा समन्वय गरि बैठकहरू सञ्चालन गर्ने
- परियोजना सञ्चालन तथा कार्यान्वयन लागि स्थानीय सरकार र प्रदेश सरकार, जिल्ला कृषि विकास कार्यालय तथा बिभिन्न सरोकारवालाहरू संग सम्पर्क समन्वय गर्न गर्ने ।
- कृषक समुह र सहकारीको परिचालन तथा क्षमता अभिबृद्धि गर्ने ।
- समुदाय स्तरका सफलताका कथा तथा सिकाईहरू तयार गरि दस्तावेजिकरण गर्ने ।
२. पद: कृषि प्राविधिक
पद संख्या: १ जना
न्युनतम शैक्षिक योग्यता र कार्यानुभव
- कृषि बिषयमा स्नातक तह उर्तिण गरि कम्तिमा १ बर्षको कार्यअनुभव र आई.एस.सी.एजी उतिर्ण गरी ३ वर्षको कार्य अनुभव अनुभव भएको ।
- असल कृषि अभ्यास (GAP) मा काम गरेको साथै कृषकव्यवसाय पाठशाला, जैविक खेती संवन्धि तालिम संचालन गर्न सक्नेलाई प्राथमिकता दिईने ।
- कम्प्युटर सम्बन्धी दक्षता भएको पावर पोइन्ट, एक्सल तथा माईक्रोसफ्ट सम्बन्धी ज्ञान तथा सञ्चालन अनुभव भएको ।
- स्थानियसरकार र अन्य सरोकारवालाहरू संग समवय र साझेदारीमा कार्य गर्न सक्ने ।
- मासिक योजना निर्माण, तालिम सहजिकरण र प्रतिबेदन लेखन तथा परियोजनाको अभिलेख चुस्त दुरूस्त राख्न सक्ने दक्षता भएको ।
- मोटर साईकल चलाउन सक्ने र सवारीचालक अनुमति पत्र प्राप्त भएको ।
- उमेरः ४० वर्ष ननाघेको हुनुपर्ने
मुख्य जिम्मेवारी
- फिल्ड स्तरिय कृषक र समुहहरूले राखेका तथ्या‚ र अभिलेख रूजु गर्ने र अध्यावधिक गर्न सहजिकरण गर्ने ।
- कृषक र समुहहरुलाई असल कृषि अभ्यास संम्वन्धि सचेतना र असल कृषि अभ्यास अनुसार उत्पादनका लागि दर्ताका लागि सहजिकरण गर्ने ।
- कृषकहरूलाई गुणस्तरीय कृषि सामाग्री, आधुनिक प्रबिधी बित्तिय सेवामा पहुँच बृद्धीका लागि सहकारी र निजिक्षेत्रको व्यवासायिक सम्बन्ध स्थापित गर्न सहजिकरण गर्ने ।
- परियोजना कार्यक्षेत्रको तरकारी उत्पादन तथा बजारिकरण सम्बन्धि तथ्याङ्क संकलन तथा अध्यावधिक गर्ने
- मासिक तथा आवधिक प्रतिबेदन तयार गरि संस्था तथा सरोकारवाला निकायमा पेश गर्ने
- सहकारीको ब्यबसाय बिस्तारकालागि मुल्य श्रृखला पात्रहरुसंग सम्पर्क तथा समन्वय गरि बैठकहरू सञ्चालन गर्ने ।
- परियोजना सञ्चालन तथा कार्यान्वयन लागि सरोकारवाला निकायहरु संग सम्पर्क तथा समन्वय गर्ने ।
- कृषक समुह र सहकारीको परिचालन तथा क्षमता अभिबृद्धि गर्ने ।
- समुदाय स्तरका सफलताका कथा तथा सिकाईहरू तयार गरि दस्तावेजिकरण गर्ने ।
सेवा सुविधा: विकासका लागि वातावरणीय संरक्षण सेवा नेपाल (इन्प्रेड) संस्थाको नियमानुसार हुनेछ ।
परिक्षाको किसिम: लिखित अन्तर्वार्ता र आवश्यकता अनुसार प्रयोगात्मक ।
दरखास्त दिने अन्तिम मिति: २०८३/०५/१८
आवश्यक कागजातहरूः कुन पदमा आबेदन गरेकोहो सो को विवरण समेत खुल्ने गरि निबेदन व्यक्तिगत विवरण (बायोडाटा) शैक्षिक योग्यताको प्रमाणपत्र सम्बन्धीत विषयको कार्यनुभव पत्र पासपोर्ट साईजको फोटा र अन्य आवश्यक कागजातहरूको प्रमाणित प्रतिलिपी इन्प्रेड नेपालको इमेल enprednepal22@gmail.com मार्फत वा संस्थाको कार्यालय कुश्मा नगरपालिका वार्ड नं.६ हलचोकमा दरखास्त बुझाउनु पर्ने छ ।
नोटः– प्रारम्भीक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित परिक्षमा समावेश गराईने छ । रित पुर्वक म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाहि गरिने छैन । कर्मचारी छनौटको सर्वाधिकार विकासका लागि वातावरणीय संरक्षण सेवा नेपाल (इन्प्रेड) को रहने छ ।
पदपुर्ति समिति
बिकासका लागि वातावरणीय संरक्षण सेवा (इन्प्रेड) नेपाल
कुश्मा नगरपालिका वार्ड नं ५
Overview
| Category | Agriculture, Development Project |
| Openings | 2 |
| Position Type | Contract |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 21 Aug, 2026 |
| Apply Before | 03 Sep, 2026 |
| City | Kushma Parbat |