परियोजना संयोजक

Interdependent Society Surkhet

Details / requirements:

अन्तरनिर्भर समाज सुर्खेत

Interdependent Society Surkhet Nepal

मितिः २०८२/११/१३

पूनः आह्वान 

अन्तरनिर्भर समाज  सुर्खेत जिल्लाका साविकका १० गाविसका सामुदायिक समूह तथा मूलसमितिहरूको अगुवाईमा २०५६ साल असोज ९ गतेका दिन जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको , समुदायमा आधारित कार्यसञ्जाल  गैरसरकारी संस्था हो  ।  अन्तरनिर्भर समाजले आफ्नो कार्यक्षेत्रका उपेक्षित तथा सीमान्तकृत समुदायको स–शक्तिकरण, पर्यावरण मैत्री कृषि, महिला प्रजनन्स्वास्थ्य सबलीकरण तथा सामुदायिक सु–शासन सबलीकरणका लागि काम गर्दै आएको छ । 

अन्तरनिर्भर समाज सुर्खेतले यूनाईटेड मिसन टु नेपाल सँगको साझेदारीमा सुर्खेत जिल्लाको चौकुने गाउँ पालिका र पन्चपुरी नगरपालिकामा दीगो विकास र सशक्तिकरणद्वारा सामुदायिक उन्नति (CARE) परियोजना संचालन गर्न गैरहेकाले उक्त परियोजनाका लागि परियोजना संयोजक आवश्यक भएकोले योग्यता पुगेका ईच्छुक व्यक्तिहरूबाट तपसिल बमोजिमको ठेगानामा दर्खास्त दिनका लागि आह्वान गरिन्छ ।

पद: परियोजना संयोजक

सख्या: १

कार्यक्षेत्र: पंचपुरी नगरपालिका र चौकुने गाउँपालिका 

१. मुख्य जिम्मेवारीहरू: 

  • परियोजनाको योजना, कार्यान्वयन, अनुगमन तथा मुल्यांकन साथै संस्थाद्धारा गठन गरिएका समुह तथा मुलसमिति भिजिट
  • सरोकारवालाहरू संग समन्वय
  • प्रगति प्रतिवेदन , डाटा संकलन, केश स्टोरी लेखन

२. योग्यताः 

  • मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह वा सो सरह उत्तिर्ण गरेको र परियोजना व्यवस्थापनमा कम्तीमा पनि ३ वर्ष काम गरेको अनुभव भएको
  • समुदाय नेतृत्वमा आधारित विकास तथा समूह परिचालन सम्बन्धि ज्ञान तथा अनुभव भएको
  • परियोजनाको योजना तर्जुमा तथा बजेट निर्माणमा दक्षता भएको 
  • अंग्रेजी तथा नेपाली भाषा बोल्न तथा प्रतिवेदन लेख्न सक्ने ।  
  • कम्प्यूटरको प्रयोगमा दक्षता भएको ।
  • मोटर साईकल वा सवारी चालक अनुमति पत्र प्राप्त गरेको 

३.पेश गर्नु पर्ने आवश्यक कागजातहरू: आवेदन पत्र, बायोडाटा, र निवेदन फारम ( तल उल्लेखित लिंकमा फारम डाउनलोड गरिएको छ), तल उल्लेखित संस्थाको ईमेलमा पठाई अथवा संस्थाको कार्यालयमा आई दरखास्त दिन सकिनेछ ।

फारम डाउनलोड गर्नुहोस: https://issurkhet.org/news/vacancy-project-coordinator_application-form

संस्थाको ईमेल तथा ठेगानाः 

E-mail: info@issurkhet.org 

अन्तरनिर्भर समाज, वी.न.पा–१०, शान्तिनगर, सुर्खेत ।

दरखास्त दिने अन्तिम मिति: २०८२ फाल्गुन २३ गते साँझ ५ बजेसम्म ।

Overview

Category Development Project, Development / NGO
Openings 1
Position Type Contract
Experience 3+ years
Education Bachelor's in Management
Posted Date 25 Feb, 2026
Apply Before 07 Mar, 2026
City Surkhet