परियोजना संयोजक
Community and Rural Development Society Nepal (CARDSN) is a non-governmental organization established in 2054 BS with the purpose to support and empower the most vulnerable, poor, and underprivileged population through sustainable interventions for children, youth, and women. It has been working in partnership with different INGO, government bodies and local government for income generation, water supply and sanitation, infrastructure development, social mobilization, GESI and advocacy and good governance.
Details / requirements:
सामुदायिक तथा ग्रामिण विकास नेपाल, विदुर नगरपालिका–४, नुवाकोट
कर्मचारी आवश्यकता सम्बन्धि सूचना
सूचना प्रकाशन मिति २०८२/०५/०५
नुवाकोट जिल्लामा सामुदायिक तथा ग्रामिण विकास नेपालका कार्यक्रमहरू कृषि, खाद्य सुरक्षा, पोषण, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, वातावरण, विपद् व्यवस्थापन, अधिकार तथा सुशासनका क्षेत्रमा विगत २५ वर्ष देखि काम गर्दै आइरहेको छ । हाल यस संस्थाले किस्पाङ गाउँपालिका, नुवाकोट र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा “किस्पाङ कृषि रुपान्तरण परियोजना” सञ्चालनका लागि तल उल्लेखित पदमा कर्मचारी आवश्यकता परेको हुनाले योग्यता पुगेका इच्छुक व्यक्तिहरूले आफ्नो व्यक्तिगत विवरण तथा शैक्षिक योग्यता र अनुभवका प्रमाण पत्रको प्रतिलिपी सहित सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र निवेदन पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।
१. विज्ञापन नं.: ०१/०८२/०८३
क. पद:- परियोजना संयोजक
ख. आवश्यक संख्या:- १ जना ( किस्पाङ्ग गा.पा.)
ग. न्युनतम योग्यता र कार्यानुभव:
- कृषि/भेटेरीनरी विषयमा स्नातक तह उतिर्ण गरि कम्तिमा ३ वर्ष र अन्य विषयमा स्नातक तह उतिर्ण गरि ५ वर्ष सामुदायिक विकास कार्यक्रम तथा बाख्रा, दूध, र तरकारीको मूल्य श्रृंखलामा काम गरेको अनुभव भएको ।
- योजना तर्जुमा, बजेट व्यवस्थापन, परियोजना कार्यान्वयन, अनुगमन तथा मुल्याकंनको अनुभव, ज्ञान र सीप भएको ।
- साना किसान सवलिकरण तथा उद्यमशिलता विकासका लागि साझेदारी कार्यक्रम सम्बन्धि ज्ञान, सीप र अनुभव भएको ।
- कर्मचारी व्यवस्थापन तथा परिचालन, तालिम व्यवस्थापन र सहजिकरण, प्रतिवेदन लेखन सम्वन्धी ज्ञान, सीप भएको ।
- कृषि तथा पशु वस्तुमा आधारीत व्यवसाय तथा उद्यमशीलतामा महिला तथा यूवाहरूको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
- स्थानीय सरकार र अन्य सरोकारवालासँग समन्वय र सहकार्य गर्न सक्ने साथै दस्तावेजीकरण र प्रतिवेदन निर्माणमा (नेपाली र अंग्रेजी दुबै भाषामा) दख्खल भएको ।
- कम्प्युटर (micro-soft word, excel, power point, internet साथै नेपाली र अङ्ग्रजी टाइपिङ गर्न सक्ने) सम्बन्धी दक्षता भएको ।
- समुदाय स्तरमा र दुर्गम क्षेत्रमा काम गर्न ईच्छुक भएको साथै कम्तीमा ८० प्रतिशत समय अवधि परियोजना क्षेत्रमा दिन सक्ने साथै दुई पांग्रे सवारी साधनको लाईसेन्स भएको ।
२. सेवा सुविधा: संस्थाको नियमानुसार हुनेछ ।
३. दरखास्त दिने अन्तिम मिति: सूचना प्रकाशन भएको मितिले १५ दिन सम्म (अन्तिम दिन सार्बजनीक बिदा परेमा त्यसको भोलिपल्ट) कार्यालय समय भित्र ।
४. परीक्षाको किसिम: लिखित, अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक ।
५. आवश्यक कागजातहरू: कुन पदमा आवेदन गरेको हो सो को विवरण समेत खुल्ने गरी निवेदन, हाल सालैको व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्वन्धित विषयको कार्यानुभव पत्र, हालसालैको पासपोर्ट साईजको फोटो दुई प्रति र अन्य आवश्यक कागजातहरूको प्रमाणित प्रतिलिपी सामुदायीक तथा ग्रामिण विकास नेपाल, नुवाकोटको कार्यालय वा ईमेल: cardsn.nuwakot@gmail.com वा संस्थाको केन्द्रीय कार्यालय विदुर ४ बट्टारमा दरखास्त बुझाउनु पर्नेछ ।
नोट: (छनौट सूचि (Short list) मा परेका उम्मेद्वारहरूलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।) छोटो सूचि प्रकाशन तथा छनौट सम्बन्धी अधिकारी संस्थामा निहित हुने छ ।
संस्थाको ठेगाना: विदुर नगरपालिका ४, बट्टार
सम्पर्क नम्बर: ०१०-५६०४३७, ९८५१०८४९५९
Overview
Category | Agriculture, Development Project, Animal Health |
Openings | 1 |
Position Type | Contract |
Experience | 3+ years |
Education | B.V.Sc. (Bachelors in Veterinary Science), B. Sc. in Agriculture |
Posted Date | 21 Aug, 2025 |
Apply Before | 04 Sep, 2025 |
City | Nuwakot |