प्राविधिक सहजकर्ता/सामाजिक सहजकर्ता

Rural Development Center (RuDeC)-Nepal

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रथम पटक सूचना प्रकाशित मितिः २०७९ श्रावण २६ गते

एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटास नेपालको आर्थिक सहयोगमा कर्णाली तथा सुदुरपश्चिम प्रदेशको जाजरकोट, कालिकोट, दैलेख, सुर्खेत र अछाम जिल्लाहरुमा स्थानिय साझेदार संस्थाहरुद्धारा एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम संचालन गरिदै आइरहेको छ । यसै अन्तर्गत अछाम जिल्लाको कमलबजार र पञ्चदेवल बिनायक नगरपालिकाहरु कार्यक्षेत्र भएको ग्रामीण विकास केन्द्र (रुडेक)–नेपाल संस्थालाई प्राविधिक सहजकर्ता र सामाजिक सहजकर्ता पदको आवश्यकता भएकोले तपशिलमा योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ ।

पदः प्राविधिक सहजकर्ता                                जम्मा माग पद संख्याः २ (दुई)

कार्यस्थलः कमलबजार र पञ्चदेवल बिनायक नगरपालिका, अछाम

कार्यअवधि २०७९ भदौ १५ देखि २०८० श्रावण १५ सम्म  (आवश्यकता तथा स्रोतको आधारमा कार्य अवधि थप हुन सक्ने)

मूख्य जिम्मेवारीः 

  • नगरपाालिकाहरुमा सन्चालन हुने विभिन्न प्रकारका खानेपानी तथा सरसफाइ योजना, वहुउपयोग,लघु सिंचाइ योजना, स्वच्छता तथा पूर्ण सरसफाइ संग सम्वन्धित योजनाहरुका डिजाइन स्टिमेट अनुसार योजना कार्यान्वयन  गराइ सोको नियमित प्राविधिक सहजीकरण गर्ने र कार्यक्रमले तोकेको मापदण्ड बमोजिम निर्माणकार्यको गुणस्तर सुनिश्चित गर्ने ।
  • कार्यक्रमको मार्गदर्शन अनुसार समुदाय स्तरमा संचालन गरिने उपभोक्ता समितिका तालिमहरुमा सहजीकरण गर्ने र आवश्यकता अनुसार समुदाय परिचालन गर्ने ।
  • कार्य प्रगती अनुसारको नाँप जाँच (MB) तयार गरी आवश्यक विल तयार गर्न उपभोक्ता समितिलाइ सहजिकरण गर्ने ।
  • स्थानीय तह, उपभोक्ता समिति, उपभोक्ता तथा दातृ संस्था सँग समन्वय गरि कार्यक्रम संचालनमा सहजीकरण गर्ने ।
  • योजना निर्माणका लागि गठित समितिहरु तथा सन्चालन उपभोक्ता समितिहरुलाइ योजनाको दिगो सन्चालन र व्यबस्थापन गर्नका लागि आवश्यकता अनुसार सहयोग गर्ने ।
  • योजना निर्माणको अवधिमा कुनै किसिमको विवाद आएमा सामुहिकरुपमा विवाद सुल्झाउन पहल गर्ने ।
  • नगरपालिकावाट विनीयोजित समपूरक कोष निकासाका लागि आवश्यक सहजिकरण गर्ने ।
  • कार्यक्रमको नीति अनुसार खानेपानी तथा सरसफाई योजनाहरुको सार्वजनिक सुनुवाइ, समिक्षा, लेखापरिक्षण र विभिन्न चरणका अनुगमनमा सहयोग गर्ने ।
  • कार्यक्रमबाट सम्पन्न योजनाहरुको सुचारुपनकालागि नियमित अनुगमन तथा पानी सुरक्षा योजना, मर्मत सम्भार कार्यविधिको कार्यन्वयन गर्न उपभोक्ता समितिहरुलाइ सहजीकरण गर्ने । 
  • वाह्य निर्माण सामाग्री खरिदमा सामाग्रीहरुको गुणस्तर कायम गर्न उपभोक्ता समितिहरुलाई सहयोग तथा सहजीकरण गर्ने ।
  • कार्यक्रम संयोजक वा फिल्ड निरिक्षकले आवश्यक ठानेका कार्यक्रमसंग सम्वन्धित अन्य कार्यहरु गर्ने ।

योग्यता तथा अनुभवः 

  • मान्यता प्राप्त प्राविधिक शिक्षालयवाट सिभिल ईञ्जिनियरिङ विषयमा डिप्लोमा पास गरी कम्तिमा १ वर्ष ग्रामीण खानेपानी तथा सरसफाइ क्षेत्रमा कार्य अनुभव भएको वा सव—ओभरसियर पास गरी कम्तिमा ३ वर्ष ग्रामीण खानेपानी तथा सरसफाइ क्षेत्रमा कार्य अनुभव भएको  वा खा.पा.स.टे.को तालिम लिई कम्तीमा ७ वर्ष ग्रामीण खानेपानी तथा सरसफाइ क्षेत्रमा कार्य अनुभव भएको
  • सर्भे उपकरणहरु (GPS, Abney level, Auto level, Smart phone) प्रयोग गर्न सक्ने । 

अन्य 

  • समुदाय, उपभोक्ता समिति र संस्थासंग इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैंङ्गिग तथा समावेशीका सवालमा सचेत भएको ।
  • पारिश्रमिकः दातृनिकाय संग सम्झौता भए अनुसार 

पदः सामाजिक सहजकर्ता                                जम्मा माग पद संख्याः २ (दुई)

कार्यस्थलः कमलबजार र पञ्चदेवल बिनायक नगरपालिका, अछाम

कार्यअवधि २०७९ भदौ १५ देखि २०८० श्रावण १५ सम्म  (आवश्यकता तथा स्रोतको आधारमा कार्य अवधि थप हुन सक्ने)

मूख्य जिम्मेवारी: 

  • नगरपालिकामा सन्चालन हुने विभिन्न प्रकारका खानेपानी तथा सरसफाइ योजना, बहुउपयोग,लघुसिंचाइ योजना, स्वच्छता तथा पूर्ण सरसफाइसंग सम्वन्धित योजनाहरुका आधारभुत तथ्यांक संकलन,सामाजिक परिचालन गर्नेे। 
  • कार्यक्रमको नीति अनुसार खानेपानी तथा सरसफाइ योजनाकालागि उपभोक्ता समिति गठन गर्ने र समिति को वैठकका क्रममा लैङ्गिकता, सामाजिक समावेशीकरण तथा समुदायमा पछि परेका समुहहरुको सार्थक सहभागिताको सुनिस्चितता गरी निर्णय प्रक्रियामा उनीहरुको प्रतिनिधित्व गर्न सहजिकरण गर्ने ।
  • योजना संचालनमा कुनै किसिमको विवाद आएमा सामुहिक रुपमा विवाद सुल्झाउन पहल गर्ने ।
  • सामाजिक परिचालनका विभिन्न गतिविधिहरु सञ्चालन गर्दा कार्यक्रमवाट खटीएका फिल्ड कर्मचारी तथा सुपरिवेक्षक, कार्यक्रम संयोजक तथा संस्थाको कार्यालय संग समन्वय गर्ने ।
  • नगरपालिका तथा योजनास्तरमा आयोजना गरिने विभिन्न तालिमहरुको कार्ययोजना तयार गर्दै तालिम सञ्चालन गर्ने वा फिल्ड संयोजक वा प्राविधिक निरिक्षकलाई सहयोग गर्ने र नगरपालिका एवं योजनास्तरमा हुने वैठकहरुमा समन्यय गर्दै आवश्यकता अनुसार सक्रिय सहभागिता जनाउने ।
  • योजनाहरुको कार्यान्वयन चरणमा सार्वजनिक सुनुवाइ, समिक्षा तथा लेखा परिक्षण संचालनमा सहजीकरण गर्ने ।
  • फिल्डमा कार्यरत प्राविधिक एवं अन्य कर्मचारीहरु संग समन्वय गरि कार्य गर्ने ।
  • संझौतामा उल्लेख गरिए अनुसार सञ्चालित योजनाहरुको त्रैमासिक,अर्धवार्षिक तथा वार्षिक प्रगति प्रतिवेदन समयमै पेशगर्न फिल्ड संयोजकलाइ आवश्यक तथ्याङ्क तथा सूचनाहरु उपलब्ध गराउने ।
  • कार्यक्रमको नीति अनुसार खानेपानी तथा सरसफाई एवं अन्य सम्पन्न योजनाहरुको अनुगमनमा सहयोग गर्ने । 
  • बाह्य निर्माण सामाग्री खरिद प्रकृया, ढुवानी तथा भण्डारणका लागि आवश्यकता अनुसार उपभोक्ता समितिहरुलाइ सहयोग र सहजीकरण गर्ने ।
  • फिल्ड संयोजक वा प्राविधिक निरिक्षकले आवश्यक ठानेका कार्यक्रमसंग सम्वन्धित अन्य कार्यहरु गर्ने ।

योग्यता तथा अनुभवः 

  • प्रमाण पत्र तह वा १२ कक्षा उत्तिर्ण गरि ३ वर्षको सामुदायिक विकास कार्यमा अनुभव भएको हुनु पर्नेछ । सो मध्ये कम्तीमा १ वर्ष समुदाय स्तरमा खानेपानी तथा सरसफाइ क्षेत्रमा अनुभव भएको हुनु पर्नेछ ।
  • आधारभुत कम्प्युटर तथा (Smart phone) मा कोबो एप संवन्धि ज्ञान भएको ।

अन्यः

  • समुदाय, उपभोक्ता समिति र संस्थासंग इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैंङ्गिग तथा समावेशीका सवालमा सचेत भएको ।
  • पारिश्रमिकः दातृनिकाय संग सम्झौता भए अनुसार 

दरखास्त दिने विधिः

  • दरखास्त पेश गर्ने समय मितिः २०७९ भाद्र ०५ गते कार्यालय समय भित्र हुनेछ । rudecachham@gmail.com इमेल ठेगानामा पनि दरखास्त पेश गर्न सकिनेछ । दरखास्त दिदा बायोडाटामा सन्दर्भ व्यक्तिहरुको (Reference) नाम, सम्पर्क नम्बर, इमेल र सम्पर्क नं. समावेश गर्नु पर्नेछ । म्याद नाघी आएका निवेदनहरु थप छनौट प्रक्रियामा समावेश गरिने छैनन् र भर्ना समितिले पूर्ण वा आशिंक कुनै पनि आवेदन बिना शर्त स्विकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । 
  • प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । 
  • हेल्भेटास नेपाल र यसका साझेदार संस्थाले सकारात्मक विभेदिकरण नीति अवलम्बन गर्ने भएकोले महिला, दलित, जनजाति, सीमान्तकृत तथा स्थानीयलाई प्राथमिकता दिईनेछ ।

Overview

Category Development and Project, Facilitator
Openings 4
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 11 Aug, 2022
Apply Before 21 Aug, 2022
City Achham