प्राविधिक सहजकर्ता (Technical Facilitator ) / पदः सामाजिक सहजकर्ता (Community Facilitator )

Rukumeli Social Development Centre,Rukum.

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित)

प्रस्तुत विषयमा रुकुमेली समाज बिकास केन्द्र (RSDC) रुकुम पश्चिमको मिति २०८२ फाल्गुन १४ गते बसेको पदपुर्ति समितिको बैठकको निर्णय अनुसार हेल्भेटास नेपाल र रुकुमेली समाज बिकास केन्द्र (RSDC) रुकुम पश्चिमको साझेदारीमा संचालन हुन् गईरहेको जाजरकोट जिल्लाको भेरी नगरपालिका, छेडागाड नगरपालिका, बारेकोट गाउपालिका, शिवालय गाउपालिका र रुकुम पश्चिम जिल्लाको आठबिसकोट नगरपालिकामा संचालन हुन गईरहेको एकीकृत जलस्रोत व्यवस्थापन (IWRM) कार्यक्रमको लागि तपशिलमा उल्लेखित कर्मचारीहरु आवश्यक परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आव्हान गरिन्छ ।

१ ) पदः प्राविधिक सहजकर्ता (Technical Facilitator )

विज्ञापन नं: ०१/२०८२/०८३ 

कार्यक्रमः एकीकृत जलश्रोत व्यवस्थापन (IWRM) कार्यक्रम

आवश्यक संख्याः १ जना

कार्यस्थलः रुकुम पश्चिम- आठबिसकोट नगरपालिका

आवश्यक शैक्षिक योग्यता तथा अनुभव

  • मान्यता प्राप्त प्राविधिक शिक्षालयबाट सिभिल इञ्जिनियरिङ विषयमा प्रि-डिप्लोमा (सब-ओभरसियर) उत्तीर्ण गरी खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रमा कम्तीमा दुई वर्षको अनुभव सहित जम्मा तीन वर्षको कार्यअनुभव भएको,
  • सबै उपकरणहरू (GPS, Abney level, Auto level, Smart phone) प्रयोग गर्न सक्ने।
  • खानेपानी तथा सरसफाइ योजनाहरूको सर्वेक्षण, डिजाइन, लागत इस्टिमेट तयार गर्न वा सोका लागि फिल्ड संयोजक (प्राविधिक) लाई आवश्यक सहयोग गर्न सक्ने।
  • समुदाय, उपभोक्ता समिति र संस्थासँग इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्ने र लैङ्गिक तथा समावेशीका सवालमा सचेत भएको। समुदाय परिचालनमा दखल भएको ।
  • अन्य सीपहरूमा  समय व्यवस्थापन, टिम व्यवस्थापन, सिक्ने सिकाउने मनोवृत्ति, परिणाममुखी र भौगोलिक रूपमा  ग्रामिण  क्षेत्रमा काम  गर्न रुचि भएको।
  • स्थानीय सरकार संग समन्वय तथा समन्वय तथा सहकार्य गर्न सक्ने । 
  • तोकिएको कार्यविवरण अनुसार सम्बन्धित कार्यक्षेत्रहरूमा  योजनाक्षेत्रहरुमा नै रही कार्य गर्न इच्छुक भएको ।

अन्य

  • समुदाय , उपभोक्ता समिति र संस्थासंग इमान्दाररता र पारदतशयता प्रदशयन गनय सक्षम र लैंङ्तगक तथा समावेशीकरर्का सवालमा सचेत भएको ।

मुख्य कार्यहरु र जिम्मेवारी 

  • पालिकामा सन्चालन हुने बिभिन्न प्रकारका खानेपानी तथा सरसफाइ योजना,बहूपयोग, लघु सिचाई योजना, स्वच्छता तथा पुर्ण सरसफाई संग सम्वन्धित क्रियाकलाप प्राविधिक जिम्मेवारी बहन गर्ने|
  • कार्यक्रमको मार्गदर्शन अनुसार समुदाय स्तरमा संचालन गरिने खानेपानी तथा सरसफाई योजनाको उपभोता समिति गठन तथा तालिमहरूमा सहजीकरण गर्ने र आवश्यकता अनुसार समुदाय परिचालन गर्ने |
  • वार्षिक कार्यक्रम अनुसारका खानेपानी योजनाहरुको सम्भावना अध्ययन,विस्तृत सर्वेक्षण,लागत इस्टमेट तयार गर्ने र लागत इस्टमेट स्वकृति प्रकियाका लागि सहजीकरण गर्ने|
  • खानेपानी तथा सरसफाई योजनाहरूको समझौता प्रकियाको लागि उपभोक्ता समिति र पालिकासंग आवश्यक समन्वय तथा सुनिश्चितता गर्ने |
  • खानेपानी तथा सरसफाई योजनाहरू नियमित सुपरिबेक्षण गर्ने,डिजीटल स्टेमेट अनुसार निमार्ण कार्यको गुणस्तर सुनिश्चित गर्ने, र सो को प्रगति प्राविधिक सयोजक लाई जानकारी गराउने |
  • कार्यक्रमको नीति अनुसार खानेपानी तथा सरसफाई योजनाहरूको सार्बजनिक सुनुवाई, समिक्षा तथा लेखापरीक्षण र विभिन्न चरणका अनुगमन सहयोग गर्ने |
  • योजनामा भुक्तानी पश्चात अनिवार्य रुपमा भौतिक तथा आर्थिक प्रगतिको समिक्षा गर्ने र सरोकारवालाले भुक्तानी \ रकम पाय नपायको सुनिश्चित गर्ने |
  • योजना कार्यान्वयनको क्रममा उपभोक्ता समितिले गरेको निर्माण कार्यको कार्य प्रगति अनुसारको नाप जाच (MB) तयार गरि उपभोक्ता समितिलाई विल भर्पाइ तयार गर्ने सहजीकरण गर्ने|
  • योजना निर्माण सकियपछी अन्तिम अनुगमन एवं कमिसनिमा सहजीकरण गर्ने, योजना कार्यान्वयनको क्रममा उपभोक्ता समितिलाई बिल भरपाई तयार गर्न सहजीकरण गर्ने,योजनाको कागजात तथा खातापाता व्यवस्थापनमा सहजीकरण गर्ने |
  • उपभोक्ता समिति मार्फत हुने निर्माण सामग्री खरिद प्रक्रिया लाई प्रतिस्पर्धात्मक, पारदर्शीता, जवाफदेहिता रनिष्पक्ष बनाउन सहजीकरण गर्ने |
  • निर्माण सामग्रीहरुको गुणस्तर कायम गर्न उपभोक्ता समितिलाई सहयोग तथा सहजीकरण गर्ने|
  • सम्पन योजनाको नियमित अनुगमन, कोचिग,तालिम तथा सम्बधित पालिकाका योजनाहरुको NWASH ड़ाटा अद्यावधिक गर्ने |
  • निमार्ण पूर्ण तथा पच्क्षता क्रियाकलाप गर्ने |
  • निर्माण चरणमा उपभोक्ता समितिहरूलाई आवश्यकता अनुसार सहयोग गर्ने|
  • पालिकाबाट विनियोजित समपुरक कोष निकासाक लागि आवश्यक सहजीकरण गर्ने |
  • कार्यक्रम अन्तर्गत योजनाहरूको Baseline तथा Endline Survey सम्पन  गर्न सहजीकरण गर्ने |
  • स्थानीय तह, उपभोक्ता समिति, उपभोक्ता तथा दातृ सस्था संग समन्वय गरि कार्यक्रम संचालनमा सहजीकरण गर्ने |

२) पदः सामाजिक सहजकर्ता (Community Facilitator )

विज्ञापन नं: ०२/२०८२/०८३ 

कार्यक्रमः एकीकृत जलश्रोत व्यवस्थापन (IWRM) कार्यक्रम

आवश्यक संख्याः १ जना

कार्यस्थलः  जाजरकोट- बारेकोट गाउपालिका, 

रुकुम पश्चिम- आठबिसकोट नगरपालिका

आवश्यक शैक्षिक योग्यता तथा अनुभव  

  • सामुदायिक सहजकर्ताका लागि प्रमाण पत्र तह वा १२ कक्षा उत्तीर्ण गरी ३ वर्षको सामुदायिक विकास कार्यमा अनुभव हुनु पर्नेछ । सो मध्ये कम्तीमा २ वर्ष समुदाय स्तरमा खानेपानी तथा सरसफाइ क्षेत्रमा अनुभव भएको हुनु पर्नेछ।
  • समुदाय, उपभोक्ता समिति र संस्थासंग इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैङ्गिक तथा समावेशीका सवालमा सचेत भएको। 
  • अन्य वाछनिय सीपहरूमा  समय व्यवस्थापन, टिम व्यवस्थापन, सिक्ने सिकाउने मनोवृत्ति, परिणाममुखी र भौगोलिक रूपमा  ग्रामिण  क्षेत्रमा काम  गर्न रुचि भएको।
  • स्थानीय सरकार संग समन्वय तथा सहकार्य गर्न सक्ने।
  • आधारभूत कम्प्युटर सम्बन्धी ज्ञान भएको।
  • तोकिएको कार्यविवरण अनुसार सम्बन्धित योजना छेत्रहरूमा नै रही कार्य गर्न इच्छुक भएको।

मुख्य कार्यहरु र जिम्मेवारी

  • साझेदार संस्थाले तोकेका मुख्य कार्यहरु र जिम्मेवारी, पालिकामा सञ्चालन हुने भिबिन्न प्रकारका खानेपानी तथा सरसफाइ योजना,बहुउपयोग, लघुसिँचाई योजना, स्वच्छता तथा पूर्ण सरसफाइसंग सम्बधित योजनाहरुका आधारभुत तथ्यांक संकलन तथा अधारभूत सूचकहरू पुरा गराउन सामाजिक परिचालन गर्ने ।
  • कार्यक्रमको निदेर्शिका  भित्र रही खानेपानी तथा सरसफाइ उपभोक्त्ता समितिको गठन गर्ने, नगरपालिका तथा गाउपालिकामा उपभोक्त्ता समिति दर्ता प्रक्रियामा  सहजीकरण गर्ने । उपभोक्त्ता समिति गठन गर्दा  लैङ्गीकता, सामाजिक समावेशीकरण तथा समुदायमा पछी परेका समुहहरूको सार्थक सहभागीताको सुनिश्चतता गरी निर्णय प्रक्रीयामा उनीहरूको प्रतिनिधित्व गर्न सहजीकरण गर्ने ।
  • खानेपानी तथा सरसफाई योजनाहरूको सम्झौता प्रक्रियाको लागी उपभोक्त्ता समिति  र पालिकासंग आवश्यक समन्वय तथा सुनिश्चतता गर्ने ।
  • सामाजिक परिचालनका बिभिन्न गतिबिधिहरू सञ्चालन गर्दा कार्यक्रम बाट खटिएका फिल्ड कर्मचारी तथा सुपरिवेक्षक, कार्यक्रम संयोजक तथा संस्थाको कार्यालय संग समन्वय गर्ने ।
  • उपभोक्ता समिति  र समुदायहरूको क्षमता बिकासका लागी नगर तथा गाउपालिका तथा योजनास्तरमा आयोजना गरिने भिबिन्न अभिमुखीकरण तालिम तथा गोष्टीहरूको कार्ययोजना तयार गर्दै तालिममा सहजीकरण गर्ने, संस्थागत बिकासमा सहयोग गर्ने ।
  • योजनाहरूको कार्यान्वयन पाश्चात सार्बजनिक सुनुवाइ, समिक्षा  तथा लेखा परिक्षण संचालनमा सहजीकरण गर्ने ।
  • योजनामा भुक्त्तानी पश्चात अनिबार्य रुपमा भौतिक तथा आर्थिक प्रगतिको समिक्षा गर्ने र सरोकारवालाले भुक्त्तानी /रकम पाए नपाएको सुनिश्चित गर्ने ।
  • योजना संचालनमा कुनै किसीमको बिवाद आएमा सामुहिक रुपमा बिवाद सुल्झाउन पहल गने ।
  • योजना कार्यान्वयनको क्रममा उपभोक्ता समितिलाई बिल भर्पाइ तयार गर्न सहजीकरण गर्ने, योजनाको कागजात तथा खातापाता व्यवस्थापनमा सहजीकरण गर्ने ।
  • फिल्डमा  कार्यरत प्राबिधिक एवं अन्य कर्मचारीहरू संग समन्वय गरि कार्य गर्ने  ।
  • संझौतामा उल्लेख गरिए अनुसार सञ्चालित योजनाहरूको त्रैमासीक, अर्धबार्सिक तथा बार्षिक प्रतिबेदन समयमै पेश गर्न क्षमता बिकास संयोजकलाई आवश्यक तथ्यङ्क तथा सूचनाहरू उपलब्ध गराउने ।
  • सम्पन्न योजनाहरूको नियमित अनुगमन, कोचिंग,तालिम तथा सम्बन्धित पालिकाका योजनाहरूको NWASH मा डाटा अध्यावधीक गर्ने कार्यमा समेत सामुदायिक सहजकर्ताले सहयोग गर्ने ।
  • सरसफाइ एवं स्वचछताको सूचकहरुको सुनिश्चित गर्न घरभेट, समूह छलफल तथा निमियत अनुगमनको प्रणालीको बिकास गर्नुका साथै समुदायलाई स्व अनुगमन मूल्याङ्कन बिधि अवलम्वन गरन लगाउने । योजना क्षेत्र, वडा तथा पालिकालाई सफा तथा स्वछ क्षेत्र घोषणा गर्न सहयोग गर्ने ।
  • निर्माण पूर्व तथा पश्चातका क्रियाकलापहरू गर्न सहयोग गर्ने ।
  • वाह्य निर्माण सामाग्रीको ढुवानी तथा भण्डारणका लागि आवश्यकता अनुसार उपभोक्ता समितिहरूलाई सहयोग र सहजिकरण गर्ने ।
  • पालिकाहरूबाट बिनियिजित समपूरक कोष निकासाका लागी आवश्यक समन्वय तथा सहजीकरण गर्ने  ।
  • काययक्रम अन्तगयत योजनाहरुको Baseline तथा Endline survey सम्पन्न गर्न सहजीकरण गर्ने ।
  • स्थानीय तह, उपभोक्त्ता समिति, उपभोक्त्ता तथा दातृ संस्था साँग समन्वय गरि कार्यक्रम संचालनमा सहजीकरण गर्ने ।

दरखास्तमा समावेश गर्नुपर्ने कागजातहरू:

आवेदकको विस्तृत वायोडाटा (CV) र निवेदन (cover letter) अन्य शैक्षिक प्रमाण पत्र (Educational Qualification Certificates) का प्रतिलिपिहरु 

छनौटको किसिम: लिखित र अन्तरवार्ता (दुवै)

माथि उल्लेखित कागजात सहित संस्थाको केन्द्रीय कार्यालय (मुसिकोट नगरपालिका १, खलङ्गा रुकुम पश्चिम) / क्लस्टर कार्यालय (भेरी नगरपालिका ३, खलङ्गा जाजरकोट) वा ईमेल rsdc.recruitment@gmail.com मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरू स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा 

आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ ।

सम्बन्धित जिल्ला र पालिकाका स्थानीय, समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ 

दरखास्त दिने अन्तिम मिति: २०८२/११/२८ बेलुका ५:०० बजे सम्म ।

थप जानकारीका लागि निम्न ठेगानामा सम्पर्क गर्नका लागी जानकारी गरिन्छ।

कार्यालयको फोन न: ०८८-५३०१३४ 

ईमेल: rukumelisamaj@gmail.com

वेबसाइट: www.rukumelisamaj.org.np

Overview

Category Development Project, Engineering, Development studies, Management
Openings 1
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 26 Feb, 2026
Apply Before 12 Mar, 2026
City Rukum West, Jajarkot