प्राविधिक अधिकृत (Technical Officer)
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति: २०८२।०६।२३)
(पुनः प्रकाशित मिति: २०८२।१२।४)
समाज जागरण केन्द्र (स्याक) नेपाल एक गैर नाफामूलक, गैरसरकारी सरकारी संस्था हो । यस संस्थाले अन्धकारलाई सराप्नु भन्दा एउटा बत्ती बाल्नु वेश भन्ने मूल नाराका साथ समुदायमा कार्यक्रमहरू कार्यान्वयन गरिरहेको छ । महिला, बालबालिका र किशोरकिशोरीहरूको गुणस्तरीय जीवनका लागि सक्षम र समृद्ध समाज निर्माणमा योगदान गर्नका लागि प्रतिबद्ध रही स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छता, शिक्षा, जिविकोपार्जन, संरक्षण, जलवायु परिवर्तन, विपद व्यवस्थापन तथा मानवीय सहायता, लैङ्गिक समानता, विविधता तथा सामाजिक समावेशीकरण एवम् संस्थागत विकासका क्षेत्रमा हाल कर्णाली प्रदेशका सबै १० जिल्लाहरूमा कार्य गर्दै आइरहेको छ ।
यी विभिन्न कार्यक्रमहरूमध्ये प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा Breaking Barriers for Girls SRHR in Dolpa (BBaGS) (किशोरी सशक्तिकरण परियोजना) कार्यक्रम सन् २०२४ सेप्टेम्बरदेखि डोल्पा जिल्लाका २ वटा नगरपालिकाहरुमा कार्यान्वयन भइरहेको छ । त्यसैले उक्त कार्यक्रमका लागि तपसिलमा उल्लेखित कर्मचारी आवश्यक भएकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरुकबाट निवेदन आव्हान गरिन्छ ।
विज्ञापन नं.: ०१।२०८२।०८३
पद: प्राविधिक अधिकृत (Technical Officer)
आवश्यक संख्या: १ जना
कार्यस्थल: परियोजना कार्यालय, दुनै, डोल्पा (नियमित तथा अधिक रुपमा कार्यक्रमको कार्यक्षेत्रमा फिल्ड भ्रमण गर्नुपर्ने)
आवश्यक शैक्षिक योग्यता, अनुभव तथा दक्षता
- डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग तह उत्तीर्ण गरी खानेपानी, सरसफाइ तथा स्वच्छता वा निर्माण सम्बन्धी ३ वर्ष कार्य अनुभव भएको ।
- मोटरसाइकल चलाउन जान्ने तथा बैध सवारी चालक अनुमति पत्र भएको
- निर्माण गरिने पूर्वाधारको डिजाइन, इष्टिमेट, ड्रइङ्ग तथा निर्माण सामग्रीको दर विश्लेषण गर्न सफ्टवेयर चलाउन जान्ने ।
- प्रभावकारी समन्वय र सञ्चार गर्न सक्ने तथा आवश्यक प्रतिवेदन लेख्न सक्ने ।
- दूर्गम क्षेत्रमा फिल्डमा गई कार्यसम्पादन गर्न सक्ने ।
- इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैङ्गिक तथा समावेशीकरण सचेत भएको ।
कार्य अवधी: १ वर्ष (३ महिने परिक्षणकाल रहनेछ । कार्यसम्पादन, आवश्यकता र श्रोत उपलब्धताका आधारमा कार्य अवधी थप हुन सक्ने ।)
विस्तृत कार्यविवरणका लागि तलको लिंकमा जानुहोला ।
प्राथमिकता: संस्था तथा कार्यक्रमले सकारात्मक विभेदिकरणको नीति अबलम्बन गर्ने भएकाले लैङ्गिक समानता, विविधता तथा सामाजिक समावेशीकरण, सिमान्तकृत समुदायलाई सकारात्मक विभेद गरिनेछ । साथै विज्ञापन नं. ०२/२०८२/०८३ सामुदायिक स्वयंसेवकका लागि कार्यक्रमको कार्यक्षेत्र रहेका ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिका डोल्पाका स्थानीय तथा स्थायी वासिन्दाले मात्र दरखास्त पेश गर्न पाइनेछ । यदि नेपाली नागरिकतामा सो भन्दा अन्य स्थानको ठेगाना रहेको तर हाल कार्यक्रक्षेत्रका पालिकाहरुमा स्थायी वसोवास गर्ने भएमा सो को प्रमाण समेत पेश गर्नुपर्नेछ । जसमा विवाह दर्ताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा वसाइसराइको प्रमाणपत्र मध्ये कुनै एक मात्र मान्य हुनेछ ।
दरखास्त दिने विधि: सन्दर्भ व्यक्तिहरूको नाम, सम्पर्क नं., इमेल ठेगाना, आफ्नो इमेल र सम्पर्क नं. सहितको व्यक्तिगत विवरण (वायोडाटा) सहित केन्द्रीय कार्यालय, वीरेन्द्रनगर, सुर्खेत वा परियोजना कार्यालय, दुनै डोल्पा वा vacancy@sacnepal.org.np मा दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएका शैक्षिक योग्यता पुरा नभएका, तोकिएका मापदण्ड पुरा नगरेका, रितपूर्वक नपरेका दरखास्तहरू स्वीकृत गर्न संस्था वाध्य हुनेछैन । यस संस्था यौंन उत्पीडन, शोषण र दूव्र्यवहार एवम् बाल दूव्र्यवहार रोक्नका लागि संस्थाको संरक्षण नीति तथा अन्य सम्बन्धित नीतिहरूसहित प्रतिबद्ध रहेको छ । यदि आवेदन पेश गर्ने व्यक्तिको यस संस्थामा कुनै नजिकको नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest)छ भने आवेदनको साथमा उल्लेख वा स्व–घोषणा गर्नुहुन समेत जानकारी गराइन्छ । प्रारम्भिक छनौंटमा परेका उमेदवारहरूलाई मात्र लिखित तथा मौखिक सहित छनौंट प्रक्रियामा समावेश गरिनेछ । संस्थाले पूर्ण वा आंशिक रुपमा कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ ।
आवेदन पेश गर्ने अन्तिम मिति: मिति २०८२।१२।१० (March 24, 2026) गते दिनको ५:०० बजेसम्म । यदि कुनै कुरा बुझ्नुपरेमा तल उल्लेखित इमेल वा फोन नं. सम्पर्क गर्न सक्नुहुनेछ ।
थप जानकारीका लागि
समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
फोन नं. ०८३ ५२१२८२
इमेल: info@sacnepal.org.np
Overview
| Category | Engineering - Civil, Development Project |
| Openings | 1 |
| Position Type | Contract |
| Experience | 3+ years |
| Education | Diploma in Civil Engineering |
| Posted Date | 18 Mar, 2026 |
| Apply Before | 24 Mar, 2026 |
| City | Surkhet |