प्रस्तावना आह्वान सम्बन्धी सूचना
Details / requirements:
रिलिफ नेपाल, सिन्धुली
प्रस्तावना आह्वान सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०८२/०४/२७
वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा रिलिफ नेपाल, सिन्धुलीद्वारा सञ्चालित Protection Child Engagement and Sponsorship Project P-CESP परियोजना अन्तर्गत यस कार्यक्रम क्षेत्र अन्तर्गतको वडाहरूलाई बाल मैत्री स्थानिय शासन घोषण गर्ने उद्देश्यले बाल लगानी योजना तथा बाल स्थीती पत्र तयार गर्नुपर्ने भएकोले तपसिलको सेवाहरू प्रदान गर्न सम्बन्धित ईच्छुक व्यक्ति, फर्म, कम्पनी वा संस्थाहरूबाट रीतपुर्वक शिलवन्दी प्रस्तावना आह्वान गरिन्छ ।
क्र.स. | सेवाको विवरण | Reference No. | Link for RFP documents |
१ | Preparation of Child Investment Plan & Child Status Paper | Relief Nepal/WVIN/RFP/2025/028 | RFP_Child Investment Plan & Child Status Paper |
१. यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ७ दिन भित्र ईच्छुक ईजाजत प्राप्त व्यक्ति, फर्म, कम्पनी वा संस्थाहरूले तपसिलको कागजात बुझाउनको लागि अनुरोध गरिन्छ । समय भित्र पेश नभएको प्रस्तावना मान्य हुने छैन ।
तपसिल
(क) आवेदन पत्र ।
(ख) फर्म,कम्पनी वा संस्थाको परिचय तथा संलग्न व्यक्तिहरूको CV
(ग) फर्म, कम्पनी वा संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
(घ) स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी ।
(ङ) आर्थिक वर्ष २०८१/८२ वा २०८०/८१ को कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपी ।
(च) हस्ताक्षर र छाँप सहितको प्रस्तावना फारम, सुचिदर्ता फारम र आचार संहिता ।
२. प्रस्तावना सम्बन्धि कागजात रीतपूर्वक भरी प्रत्येक पानामा सही छाप गरी शिलबन्दी गरि प्रस्तावना पेश गर्ने संस्थाको नाम, ठेगाना, फोन नं. खामको बाहिर स्पष्ट उल्लेख गरि संस्थाहरूको सम्पर्क कार्यालयमा मिति २०८२/०५/०२ गते दिउँसो ४ बजे भित्र बुझाउनु पर्नेछ ।
३. प्रस्तावना खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाहरूको खरिद समितिमा निहित हुनेछ । कुनै वा सबै प्रस्तावना, पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार खरिद समितिमा निहित रहनेछ ।
४. प्रस्तावना लिने र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन माथि उल्लेख गरिएको मिति र समयमा प्रस्तावना खरीद गर्ने र पेश गर्ने अन्तिम मिति कायम हुनेछ ।
५. संस्थाको खरिद समिति र आपूर्तिकर्ताको संयुक्त बैठकमा तोकिएको समयमा प्रस्तावना खोल्ने जानकारी समेत गरिन्छ ।
६. प्रस्तावना सँग सम्बन्धी आवश्यक कागजातहरू प्राप्त गर्न माथि दिएको लिंङ्कमा गई प्राप्त गर्न सकिनेछ वा प्रस्तावना सम्बन्धि थप अन्य कुनै जानकारी आवश्यक भएमा र संस्थाको Email ID: scm@reliefnepal.org.np बाट पनि जानकारी प्राप्त गर्न सकिनेछ ।
प्रस्तावना बुझाउने तथा सम्पर्क गर्ने ठेगानाः
कार्यालयको सम्पर्क ठेगाना |
Relief Nepal, Kamalamai Municipality-6, Sindhuli Phone: 047-520915, 047-520142 Email: scm@reliefnepal.org.np |
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Posted Date | 12 Aug, 2025 |
Apply Before | 18 Aug, 2025 |
City | Sindhuli |