परामर्शदाता (Consultant – Child Profile Development)
Details / requirements:
परामर्शदाता (Consultant) आवश्यकतासम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मितिः २०८३/०३/२९)
जनचेतना अभियान नेपाल, हनुमाननगर कंकालिनी–१२, सप्तरीले सेभ द चिल्ड्रेन (Save the Children) सँगको साझेदारीमा “बाल संरक्षण तथा समुदाय परिचालन परियोजना“ (Child Protection and Community Mobilization Project) सञ्चालन गर्दै आइरहेको छ । यस परियोजनाअन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिकालाई बालमैत्री स्थानीय शासन (CFLG) को दिशामा अगाडि बढाउन र नगरभित्रका बालबालिकाहरूको यथार्थ वस्तुस्थिति, तथ्याङ्क तथा सूचकहरू समेटिएको “बाल प्रोफाइल“ (Child Profile) तयार गर्नका लागि पाँच महिना अवधिका लागि पूर्णकालीन रूपमा पालिकाको कार्यालयमा खटिन सक्ने योग्यता पुगेका इच्छुक परामर्शदाताहरूबाट यो आवेदन आह्वान गरिन्छ ।
१. पद र कार्य विवरण
पदः परामर्शदाता (Consultant – Child Profile Development)
आवश्यक संख्याः १ जना
कार्य अवधिः सम्झौता भएको मितिबाट ५ (पाँच) महिना (अनिवार्य रूपमा नगरपालिकाको कार्यालयमा उपस्थित भई कार्य गर्नुपर्ने)
कार्यस्थलः हनुमाननगर कंकालिनी नगरपालिकाको कार्यालय, सप्तरी
२. मुख्य जिम्मेवारी तथा कार्यक्षेत्र
बाल प्रोफाइलका लागि आवश्यक सूचकहरू समेटिएको फारम, प्रश्नावली, तथ्याङ्क सङ्कलन विधि र सेसन प्लान तयार गर्ने र पालिकाको समन्वयमा तथ्यांक संकलन तथा विश्लेषण गर्ने ।
नगरपालिकाका प्रमुख/उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, शाखा प्रमुखहरू, CFLG समिति र बाल क्लबका सञ्जालहरूसँग समन्वय, अभिमुखीकरण, कार्यशाला, तालिम तथा परामर्श बैठकहरू सहजीकरण गर्ने ।
सङ्कलित तथ्याङ्कहरूलाई व्यवस्थित रूपमा प्रविष्टि (Data Entry) गरी विश्लेषण गर्ने ।
स्थानीय सरकारको मौजुदा अवस्था, बजेट विनियोजन र सूचकहरू समेटेर बाल प्रोफाइलको प्रारम्भिक मस्यौदा तथा अन्तिम प्रतिवेदन तयार गरी पालिकाबाट स्वीकृत गराई पालिकाको वेबसाइटमा प्रकाशन गर्ने ।
३. आवश्यक न्यूनतम योग्यता र अनुभव
शैक्षिक योग्यताः सामाजिक विज्ञान (Sociology), सामाजिक कार्य (Social Work), विकास अध्ययन (Development Studies), सार्वजनिक प्रशासन (Public Administration) वा सो सरहको विषयमा कम्तीमा स्नातक (Bachelors Degree) उत्तीर्ण भएको (स्नातकोत्तर तहलाई प्राथमिकता दिइनेछ) ।
व्यवसायिक अनुभवः बालअधिकार, बाल संरक्षण, समुदाय परिचालन वा बालमैत्री स्थानीय शासन (CFLG) को क्षेत्रमा कम्तीमा ३ देखि ५ वर्षको कार्य अनुभव भएको ।
प्राविधिक ज्ञानः स्थानीय शासन प्रणाली, राष्ट्रिय रणनीति, सूचकहरू र प्रोफाइल÷प्रोफाइल लेखनसम्बन्धी ज्ञान भएको ।
अन्य क्षमताः नेपाली र स्थानीय भाषामा राम्रो सञ्चार क्षमता, प्रतिवेदन लेखन सीप र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (CFLG) सम्बन्धी संवेदनशीलता भएको ।
४. पारिश्रमिक तथा भुक्तानी व्यवस्था
कुल स्वीकृत पारिश्रमिकः रु. २,५०,०००/– (अक्षरेपी दुई लाख रुपैयाँ मात्र)–नियमअनुसार लाग्ने कर (TDS) कट्टी गरी भुक्तानी गरिनेछ ।
पहिलो किस्ताः प्रथम महिनाको कार्य प्रगति प्रतिवेदन र तथ्याङ्क सङ्कलन टूल्स तयार गरी बुझाएपछि (रु. ५०,०००/–)
अन्तिम किस्ताः कार्य सम्पादन पश्चात बाँकी कार्य समाप्त भई अन्तिम बाल प्रोफाइल नगरपालिका र संस्थाबाट स्वीकृत भई नगरपालिकाको पोर्टलमा अपलोड भएपछि (रु. २,००,०००/–)
समय अवधि पाँच महिना राखिएको भए पनि समयअघि नै सबै काम सम्पन्न गरेका परामर्शदाताले भुक्तानी अगाडी नै प्राप्त गर्न सक्ने छ ।
५. पेश गर्नुपर्ने आवश्यक कागजातहरू
इच्छुक योग्य नेपाली नागरिकहरूले आवेदन दिँदा निम्न कागजातहरू संलग्न गरी बुझाउनुपर्नेछ:
१. अद्यावधिक गरिएको व्यक्तिगत विवरण (CV) – जसमा पूरा जन्म मिति स्पष्ट रूपमा उल्लेख भएको हुनुपर्नेछ ।
२. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
३. स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
४. शैक्षिक योग्यता र सम्बन्धित कार्य अनुभव खुलाउने प्रमाणपत्रका प्रतिलिपिहरू ।
६. बाल संरक्षण नीति तथा आचारसंहिता पालना ।
यो कार्य बालबालिकासँग प्रत्यक्ष सम्बन्धित र संवेदनशील हुने भएकाले नियुक्त परामर्शदाताले सेभ द चिल्ड्रेन र जनचेतना अभियान नेपालको बाल संरक्षण नीति (Child Safeguarding Policy_, PSEA -Protection from Sexual Exploitation and Abuse), लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (GESI) नीति र संस्थाको आचारसंहिताको पूर्ण रूपमा पालना गर्नुपर्नेछ ।
आवेदन दिने प्रक्रियाः
योग्य तथा इच्छुक उम्मेदवारहरूले आफ्नो आवेदन र आवश्यक कागजातहरू यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र (अथवा तोकिएको अन्तिम मितिभित्र) संस्थाको कार्यालयमा वा संस्थाको आधिकारिक इमेल ठेगानामा आइपुग्ने गरी पेश गर्नुहुन अनुरोध गरिन्छ ।
Link: TOR_Child profile
सम्पर्क विवरणः
जनचेतना अभियान नेपाल
हनुमाननगर कंकालिनी–१२, सप्तरी
इमेलः procurementdepartment.jcanepal@gmail.com
फोन नंः ०३१५९००४८
Overview
| Category | Public Health, Development Project, Development studies, Management, NGO/INGO/Social work |
| Openings | 1 |
| Position Type | Contract |
| Experience | 3+ years |
| Education | B.P.H. (Bachelors in Public Health), B.S.W. (Bachelors in Social Work), Bachelor’s Degree in Development Studies, Bachelor's degree in a related field, Bachelor’s Degree in Sociology |
| Posted Date | 13 Jul, 2026 |
| Apply Before | 19 Jul, 2026 |
| City | Saptari |