प्रमुख सामुदायिक परिचालक (Lead Field Mobilizer) / सहायक सामुदायिक परिचालक (Assistant Field Mobilizer)
Details / requirements:
Terms of Reference
Published Date: 23rd November 2026
Last date of submission – 27th November 2026
हामी दाजुभाइ
हामी दाजुभाइ युवा नेतृत्व गरेको एक महिलावादी संस्था हो । वि सं २०७६ सालमा स्थापना भएबाट यसले लैङ्गिक समानता र सामाजिक समावेशीकरणको मुद्दामा समुदायस्तरदेखि राष्ट्रियस्तरसम्को नीति पैरवी, युवा परिचालन, जनचेतना जागरण लगायतका कार्यहरु गर्दै आइरहेको छ ।
यसै सन्दर्भमा युनिसेफ नेपालसँगको साझेदारिमा हामी दाजुभाइले भोटेकोशी बाढीबाट प्रभावित तीन जिल्लाहरु रसुवा, नुवाकोट र धादिङका तल उल्लेखित १५ वटा पालिकाहरुमा प्रमुख सामुदायिक परिचालक (१० महिना) र सहायक सामुदायिक परिचालक (६ महिना) गरी जम्मा ३० जना कर्मचारीहरु आवश्यक परेको हुँदा दरखास्त आव्हान गरिएको छ ।
१ पद : प्रमुख सामुदायिक परिचालक (Lead Field Mobilizer)
- जम्मा आवश्यक संख्या: १५ जना (फुल टाइम) : प्रत्येक पालिकामा १ जना
- कार्यस्थल: तोकिएको स्थानीय तह
- तह: असोसियट
- अवधि: १ डिसेम्बर, २०२६ देखि ३० सेप्टेम्बर, २०२७ (१० महिना)
- (परियोजनाको अवस्था र कर्मचारीको कार्य क्षमताका आधारमा समयावधि थप पनि हुन सक्ने)
- कायक्षेत्र: स्थानीय तहका वडा तथा समुदाय
- मासिक तलब: ने रु ग्रस ३५, ०००/-
पदको परिचय
प्रमुख सामुदायिक परिचालकको मुख्य जिम्मेवारी जिम्मेवार पाइएको पालिकाको सबै वडाहरुमा घरदैलो अभियानका रुपमा जीवन उपयोगी सन्देश प्रवाह र जानकारी सङ्कलनका लागि जाने, स्थानीय निकायसँग समन्वयकारी भूमिका अलवम्बन गर्ने र पालिकमा रहेको सहायक सामुदायिक परिचालकसँग समन्वय गर्दै कार्यक्रमको गुणस्तरीय कार्यन्वयनको जिम्मेवारी निर्वाह गर्ने हुनेछ ।
जिम्मेवारीहरु
- पालिकाका वडाहरुमा गई तथ्याङ्क तथा जानकारी सङ्कलन गर्ने
- स्थानीय तहसँगको समन्वयकारी भूमिका निर्वाह गर्ने
- नियमित रुपमा स्थानीय तहमा भएका कार्यक्रमकहरुको प्रतिवेदन तथा तथ्याङ्क दिइएको ढाँचामा तयार पारी परियोजना संयोजक समक्ष प्रस्तुत गर्ने
- स्थानीय तहमा रहेका सहायक सामुदायिक परिचालकसँगको समन्वयमा विस्तृत योजना तयार पार्ने
- परियोजनको समयतालिका अनुसारका समुपूर्ण कार्यहरु समयमा गुणस्तरसहित कार्यान्वयन गर्ने
- स्थानीय स्तरमा उजुरी संयन्त्रको विकास तथा प्रयोगका लागि पैरवी र सहयोग गर्ने
- जीवन उपयोगी स्वास्थ्य, खानेपानी तथा सरसफाई, हिंसा तथा दुर्व्यवहार जस्ता विषयमा जानकारीमुलक सूचना प्रवाह गर्ने
- विपद्का समयमा सहि सूचनाको महत्वका बारेमा समुदायमा जानकारी पुर्याउने
- दैनिक रुपमा तथ्याङ्क दिइएको ढाँचामा उपलब्ध गराउने तथा परियोजनाको सिकाई, सकारात्मक र उपलब्धीका कथाहरु तयार पार्ने
- स्थानीयस्तरमा रहेका विभिन्न सरोकारवालाहरुसँग समन्वय गरी स्थानीयस्तरका विविध मुद्दा तथा सरोकारका विषयमा पैरवी गर्ने
- स्थानीय तह, दातृ निकाय तथा संस्थाको कार्यसमितिबाट आउने अनुगमन भ्रमणका लागि समन्वय तथा पूंर्व तयारी गर्ने
- तोकिएको पालिकामा संस्थाको तर्फबाट सम्पर्क व्यक्तिको रुपमा सम्पूर्ण जम्मेवारी निर्वाह गर्ने र सहायक सामुदायिक परिचालकलाई परिचालन गर्ने
- आर्थिक तथा प्रशासन शाखासँगको समन्वयमा कार्यक्रमसँग सम्बन्धित सम्पूर्ण आवश्यक कागजात, बील भर्पाइहरुको दस्तावेजीकरणमा सहयोग गर्ने
- हामी दाजुभाइलाई स्थानीयस्तरमा विभिन्न मञ्चहरुमा प्रतिनिधित्व गर्ने
- संस्थाले जिम्मेवारी दिइएका अन्य कार्यहरु गर्ने
न्युनतम आवश्यकता
- कम्तिमा १२ कक्षा पास गरेको तर स्नातक तह अध्ययनरतलाई प्राथमिकता दिइनेछ
- कम्तिमा ६ महिनाको कार्यअनुभव । विपद्को समयमा समुदायस्तरमा कार्य अनुभव भएको उम्मेदवारलाई प्राथमिकता दिइनेछ
- स्थानीय तह र फरक फरक प्रकारका सरोकारवालाहरुसँग काम गरेको अनुभव भएकोलाई प्राथमिकता दिइनेछ
- जुन स्थानीय तहको लागि आवेदन दिइएको हो सोहि स्थानीय तहको स्थायी बासिन्दा हुनुपर्नेछ
- लैङ्गिक न्याय, बाल संरक्षण, युवा सहभागितार समुदाय परिचालनका क्षेत्रका काम गर्ने इच्छा भएको
- अपेक्षित सीप र ज्ञान
- ट्याबमा नेपालीमा टाइप गर्ने तथा प्रतिवेदन तयार गर्ने सीप
- नेतृत्व, व्यवस्थापन र सरोकारवालाहरुँग समन्वय गर्ने सीप
- प्रभावकारी सञ्चार सीप
- आवश्यक पर्दा समुदाय भित्र र बाहिर यात्राका लागि तयार हुने
- कम्प्युटरको ज्ञान भएको
- विविध पहिचानका व्यक्ति तथा समूहहरुसँग काम गर्ने अनुभव भएको
- समय व्यवस्थापन गर्दै गुणस्तर र नैतिक आचरणमा सम्झौता नगर्ने
- कार्यक्रम र निश्चित समयावधिको दबाबमा गुणस्तरिय काम गर्ने तथा कार्यका लागि परिचालन गर्ने दक्षता भएको
२ पद: सहायक सामुदायिक परिचालक (Assistant Field Mobilizer)
- जम्मा आवश्यक संख्या: १५ जना (फुल टाइम): प्रत्येक पालिकामा १ जना
- कार्यस्थल: तोकिएको स्थानीय तह
- तह: असोसियट
- अवधि: १ डिसेम्बर, २०२६ देखि ३१ मे, २०२७ (६ महिना)
- (परियोजनाको अवस्था र कर्मचारीको कार्य क्षमताका आधारमा समयावधि थप पनि हुन सक्ने)
- कायक्षेत्र: स्थानीय तहका वडा तथा समुदाय
- मासिक तलब: ने रु ग्रस ३०,०००/-
पदको परिचय
सहायक सामुदायिक परिचालकको मुख्य जिम्मेवारी जिम्मेवार पाइएको पालिकाको सबै वडाहरुमा घरदैलो अभियानका रुपमा जीवन उपयोगी सन्देश प्रवाह र जानकारी सङ्कलनका लागि जाने, स्थानीय निकायसँग समन्वयकारी भूमिका अलवम्बन गर्ने र पालिकमा रहेको प्रमुख सामुदायिक परिचालकको सहयोगीको भूमिका निर्वाह गर्दै कार्यक्रमको गुणस्तरीय कार्यन्वयनको जिम्मेवारी हुनेछ ।
जिम्मेवारीहरु
- पालिकाका वडाहरुमा गई तथ्याङ्क तथा जानकारी सङ्कलन गर्ने
- स्थानीय तहसँगको समन्वयकारी भूमिका निर्वाह गर्ने
- नियमित रुपमा स्थानीय तहमा भएका कार्यक्रमकहरुको प्रतिवेदन तथा तथ्याङ्क दिइएको ढाँचामा तयार पारी प्रमुख सामुदियक परिचालक र परियोजना संयोजक समक्ष प्रस्तुत गर्ने
- स्थानीय तहमा रहेका प्रमुख सामुदायिक परिचालकको नेतृत्व र सहयोगमा विस्तृत योजना तयार पार्ने
- परियोजनको समयतालिका अनुसारका समुपूर्ण कार्यहरु समयमा गुणस्तरसहित कार्यान्वयन गर्ने
- स्थानीय स्तरमा उजुरी संयन्त्रको विकास तथा प्रयोगका लागि पैरवी र सहयोग गर्ने
- जीवन उपयोगी स्वास्थ्य, खानेपानी तथा सरसफाई, हिंसा तथा दुर्व्यवहार जस्ता विषयमा जानकारीमुलक सूचना प्रवाह गर्ने
- विपद्का समयमा सहि सूचनाको महत्वका बारेमा समुदायमा जानकारी पुर्याउने
- दैनिक रुपमा तथ्याङ्क दिइएको ढाँचामा उपलब्ध गराउने तथा परियोजनाको सिकाई, सकारात्मक र उपलब्धीका कथाहरु तयार पार्ने
- स्थानीयस्तरमा रहेका विभिन्न सरोकारवालाहरुसँग समन्वय गरी स्थानीयस्तरका विविध मुद्दा तथा सरोकारका विषयमा पैरवी गर्ने
- स्थानीय तह, दातृ निकाय तथा संस्थाको कार्यसमितिबाट आउने अनुगमन भ्रमणका लागि समन्वय तथा पूंर्व तयारी गर्ने
- प्रमुख सामुदायिक परिचालको सूचना र जानकारी अनुसार परियोजनसँग सम्बन्धित सम्पूर्ण कार्यहरु गर्ने
- आर्थिक तथा प्रशासन शाखासँगको समन्वयमा कार्यक्रमसँग सम्बन्धित सम्पूर्ण आवश्यक कागजात, बील भर्पाइहरुको दस्तावेजीकरणमा सहयोग गर्ने
- हामी दाजुभाइलाई स्थानीयस्तरमा विभिन्न मञ्चहरुमा प्रतिनिधित्व गर्ने
- संस्थाले जिम्मेवारी दिइएका अन्य कार्यहरु गर्ने
न्युनतम आवश्यकता
- कम्तिमा ११ कक्षा पास गरेको तर १२ कक्षा पास गरेकालाई प्राथमिकता दिइनेछ
- कम्तिमा ३ महिनाको कार्यअनुभव । विपद्को समयमा समुदायस्तरमा कार्य अनुभव भएको उम्मेदवारलाई प्राथमिकता दिइनेछ
- स्थानीय तह र फरक फरक प्रकारका सरोकारवालाहरुसँग काम गरेको अनुभव भएकोलाई प्राथमिकता दिइनेछ
- जुन स्थानीय तहको लागि आवेदन दिइएको हो सोहि स्थानीय तहको स्थायी बासिन्दा हुनुपर्नेछ
- लैङ्गिक न्याय, बाल संरक्षण, युवा सहभागितार समुदाय परिचालनका क्षेत्रका काम गर्ने इच्छा भएको
अपेक्षित सीप र ज्ञान
- ट्याबमा नेपालीमा टाइप गर्ने तथा प्रतिवेदन तयार गर्ने सीप
- नेतृत्व, व्यवस्थापन र सरोकारवालाहरुँग समन्वय गर्ने सीप
- प्रभावकारी सञ्चार सीप
- आवश्यक पर्दा समुदाय भित्र र बाहिर यात्राका लागि तयार हुने
- कम्प्युटरको ज्ञान भएको
- विविध पहिचानका व्यक्ति तथा समूहहरुसँग काम गर्ने अनुभव भएको
- समय व्यवस्थापन गर्दै गुणस्तर र नैतिक आचरणमा सम्झौता नगर्ने
- कार्यक्रम र निश्चित समयावधिको दबाबमा गुणस्तरिय काम गर्ने तथा कार्यका लागि परिचालन गर्ने दक्षता भएको
स्थानीय तहको विवरण
| सि. न. | जिल्ला | स्थानीय तह |
| 1. | रसुवा | उत्तरगया गाउँपालिका |
| 2. | गोसाइँकुण्ड गाउँपालिका | |
| 3. | कालिका गाउँपालिका | |
| 4. | नौकुण्ड गाउँपालिका | |
| 5. | आमाछोदिङ्मो गाउँपालिका | |
| 6. | नुवाकोट | विदुर नगरपालिका |
| 7. | बेलकोटगढी नगरपालिका | |
| 8. | तारकेश्वर गाउँपालिका | |
| 9. | किस्पाङ गाउँपालिका | |
| 10. | लिखु गाउँपालिका | |
| 11. | धादिङ | बेनीघाट रोराङ गाउँपालिका |
| 12. | गजुरी गाउँपालिका | |
| 13. | गल्छी गाउँपालिका | |
| 14. | सिद्धलेक गाउँपालिका | |
| 15. | नीलकण्ड नगरपालिका |
हामी दाजुभाइ सबैका लागि समान अवसर प्रदान गर्ने नीति अवलम्बन गर्दै सिमान्तकृत र अल्पसङ्यक समुदायका प्रतिनिधीलाई विशेष प्राथमिकता दिने नीति अँगिकार गर्दछ । लैङ्गिक तथा यौनिक विभेद, शोषण, भेदभाव, हिंसा र दुर्व्यवहार, भ्रष्टाचार र बाल हिंसा विरुद्द संस्थाले शुन्य सहनशिलताको नीति अवलम्बन गर्दछ । छनौट भएका उम्मेदवारहरुले हामी दाजुभाइको सम्पूर्ण नीति तथा नियमको पूर्ण परिपालन गर्नुपर्नेछ ।
माथि उल्लेखित कार्य गर्न इच्छुक भएको र आवेदन दिने पदको न्युनतम अनुभव र आवश्यकता पूरा गर्न सक्षम उम्मेदवारहरुलाई हामी दाजुभाइको इमेल ठेगाना vacancy.hdv@gmail.com मा आफुले आवेदन दिन चाहेको पद इमेलको Subject section मा उल्लेख गर्दै व्यक्तिगत विवरण सहित आवेदन दिनुहुन अनुरोध गर्दछौ ।
थप जानकारीका लागि
हामी दाजुभाइ
ज्वागल ललितपुर
+977-9851408411
Overview
| Category | Development Project, NGO/INGO/Social work |
| Openings | Few |
| Position Type | Full Time, Contract |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 23 Nov, 2026 |
| Apply Before | 27 Nov, 2026 |
| City | Dhading, Rasuwa, Nuwakot |