पोडकास्ट स्टुडियो निर्माणको लागि विक्रेताहरू (Vendors) लागि बोलपत्र (EOI)
Details / requirements:
पोडकास्ट स्टुडियो निर्माणको लागि विक्रेताहरू (Vendors) लागि बोलपत्र (EOI)
विषय: पोडकास्ट स्टुडियो निर्माणका लागि विक्रेताहरूको बोलावट
हामी हालै निर्माण भइसकेको २८० वर्गफुटको प्री-फ्याब संरचना (लम्बाइ झन्डै ४७ इञ्च, उचाइ करिब ३९.५ इञ्च, ४ वटा झ्यालहरू र १ वटा ढोका) भित्र पोडकास्ट स्टुडियो निर्माण तथा अन्तरिक विकासका लागि सक्षम विक्रेता वा विक्रेता संस्थाहरूबाट बोलपत्र (EOI) आह्वान गर्दछौं। स्टुडियोको उद्देश्य साउन्डप्रूफ (soundproof), अकोस्टिक (acoustically optimized), र प्राविधिक रूपमा सुसज्जित वातावरणमा पोडकास्ट उत्पादन गर्नु हो।
कार्यको दायरा समावेश हुने:
- अकसटिक र साउन्डप्रूफ (Acoustic treatment and Soundproofing)
- स्टुडियोको आन्तरिक डिजाइन तथा लेआउट
- भिडियो रेकर्डिङका लागि उपयुक्त विद्युत तथा बत्तीको व्यवस्थापन
- स्टुडियो ग्रेडको भुईं र भित्ताको निर्माण
- रेकर्डिङ पूर्वाधार (बुथ, डेस्क, केबल च्यानल) को संयोजन
पेश गर्नुपर्ने विवरण:
रूचि देखाउने परामर्शदाताहरूले निम्न विवरणसहित कोटेसन (quotation) पेश गर्नुपर्नेछ:
- निर्माणको लागि लाग्ने खर्चको विवरण
- प्रस्तावित कार्य योजना, सामग्री तथा डिजाइन रणनीतिको पूर्ण विवरण
- निर्माण प्रक्रियाका मुख्य माइलस्टोनहरू स्पष्ट रूपमा उल्लेखित
- प्रत्येक माइलस्टोन र सम्पूर्ण निर्माणको लागि निश्चित समयरेखा
- परामर्शदाताको सम्बन्धित अनुभव र पोर्टफोलियो
कोटेसन पेश गर्ने अन्तिम म्याद:
असार ४, २०८२ (जुन १८, २०२५)
कोटेसन र रूचिपत्र यस ठेगानामा पठाउनुहोस्:
हामी उच्चस्तरीय पोडकास्ट स्टुडियो निर्माणमा समर्पित व्यवसायिकहरूसँग सहकार्य गर्न इच्छुक छौं ।
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 09 Jun, 2025 |
Apply Before | 18 Jun, 2025 |
City | Lalitpur |