नागरिक शिक्षा सहजकर्ताको आवश्यक्ता
Details / requirements:
नागरिक शिक्षा अभियान
नागरिक शिक्षा सहजकर्ताको आवश्यक्ता
प्रथम पटक प्रकाशित मिति: २०८३/०४/२६
१. परिचय
नेपाल मतदाता अधिकार मञ्च (NVRF) ले युरोप युनियन (EU) को आर्थिक सहयोगमा "नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा तथा राजनीतिक सहभागिता प्रवर्द्धन (The CLAIM)" परियोजना सञ्चालन गरिरहेको छ। यो परियोजनामा दलित अपाङ्गता भएका व्यक्तिहरूको संघ नेपाल (DDAN), पर्पल फाउण्डेशन (PF), समन्यायिक समाज नेपाल (ESN) र युवा (YUWA) मुख्या सझेदार संस्थाहरू हुन । तीन (३) बर्षे अवधिको यो परियोजना रौटहट जिल्लाको चन्द्रपुर र गुजरा नगरपालिका, काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल र बनेपा नगरपालिका तथा संघीय तहमा काठमाडौंमा कार्यन्वयन भईरहेको छ ।
द केल्म परियोजनाले अपाङ्गता भएका व्यक्ति तथा अन्य सिमान्तकृत समुदायहरुको नागरिक राजनीतिक अधिकारको बारेमा सचेतना अभिवृद्धि गरी उनिहरुको प्रभावकारी राजनीतिक सहभागिता तथा प्रतिनिधित्व वृदि गर्ने मुख्य लक्ष्य राखेको छ । यस परियोजना अन्तरगत समुदाय स्तरमा नागरिक शिक्षा अभियान सञ्चालन गरिनेछ । नागरिक शिक्षाको उद्देश्य समुदायमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, मानव अधिकार, लोकतान्त्रिक मुल्य मान्यता, सार्वजनिक सरोकारमा संलग्नता, राजनीतिक प्रणालीको कार्य सञ्चालन र महत्व तथा नागरिक कर्तव्यका बारेमा सचेतना अभिवृदि गर्नु रहेको छ। उक्तः नागरिक शिक्षा कक्षाहरु तालिम प्राप्त स्थानीय सहजकर्ता मार्फत सञ्चालन गर्ने योजना रहेकोछ।
यस सन्दर्भमा नेपाल मतदाता अधिकार मञ्च (NVRF) लाई नागरिक शिक्षा सहजकर्ता (Civic Education Facilitator) का रूपमा कार्य गर्नका लागि परियोजना पालिका भित्र स्थायी बसोबास भएका योग्य, प्रतिबद्ध, गतिशील, समुदायको अनुभव भएका तथा आशिंक रुपमा निरन्तर समुदायमा उपलब्ध हुन सक्ने सहजकर्ताहरुको आवश्यकता भएकाले इच्छुक स्थानीय उम्मेदवारहरुबाट दखास्त आहवान गरिन्छ ।
२. नागरिक शिक्षा सहजकर्ता आवश्यक संख्या: १२ जना
| क्र.स. | जिल्ला | पालिका | आवश्यक संख्या | कैफियत |
| १. | काभ्रे | पाँचखाल नगरपालिका | ३ जना | कम्तिमा अपाङ्गता भएका व्यक्ति (१) र महिला (१) |
| २. | काभ्रे | बनेपा नगरपालिका | ३ जना | कम्तिमा अपाङ्गता भएका व्यक्ति (१) र महिला (१) |
| ३. | रौतहट | चन्द्रपुर नगरपालिका | ३ जना | कम्तिमा अपाङ्गता भएका व्यक्ति (१) र महिला (१) |
| ४. | रौतहट | गुजरा नगरपालिका | ३ जना | कम्तिमा अपाङ्गता भएका व्यक्ति (१) र महिला (१) |
३. नागरिक शिक्षा सहजकर्ताको जिम्मेवारीको किसिम र सेवा सुविधा :
नागरिक शिक्षा सहजकर्ता नियमित पद नभई सिमान्तकृत समुदाय विशेष गरी अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका पक्षमा काम गर्न क्षमता विकास गर्ने र सामाजिक अभियानमा जोडिने माध्यम हो । यसका लागि छनौट भएका नागरिक शिक्षा सहजकर्ताका लागि बिशेष तालिमको व्यवस्था गरिनेछ । तालिम प्राप्त सहजकर्ताहरुले समुदाय स्तरमा सञ्चालन गरिने नागरिक शिक्षाको सहजिकरण गनुपर्नेछ ।
नागरिक शिक्षा सहजकर्ताले गतिविधि सञ्चालन गरे अनुसार गतिविधिको संख्याका आधारमा दैनिक दरमा पारिश्रमिक र आवश्यक यातायात तथा सञ्चार खर्च सम्झौतामा तोकिए अनुसार प्राप्त गर्नेछन। नागरिक शिक्षाा सहजकर्ताहरूको प्रतिबद्धता र कार्यसम्पादनको आधारमा परियोजनाको आगामी वर्ष सञ्चालन हुने मतदाता शिक्षा अभियानको सहजकर्ताको रूपमा समेत परिचालन गर्न सकिनेछ।
४. नागरिक शिक्षा सहजकर्ताको भूमिका तथा जिम्मेवारी
क) नागरिक शिक्षा सहजकर्ता तालिममा सहभागि हुने ।
ख) समुदायस्तरमा सञ्चालन हुने नागरिक शिक्षा कक्षा सञ्चालनको कार्ययोजना तयार गर्ने बैठकमा सहभागी हुने ।
ग) कार्ययोजना अनुसार समुदायमा नागरिक शिक्षा सञ्चालन गर्नुपर्ने वडा कार्यालय वा जनप्रतिनिधिहरुसँग समन्वय गर्ने।
घ) नागरिक शिक्षा कक्षाका लागि समुदायमा पुगी लक्षित सहभागीहरुको परिचालन र आमन्त्रण गर्ने ।
ङ्) कक्षा सञ्चालन गर्ने स्थानको व्यवस्था गर्न समन्वय गर्ने ।
च) नागरिक शिक्षा कक्षा तोकिएको विधि प्रकृया अनुसार सञ्चालन गर्ने ।
छ) सहभागिहरुको उपस्थिति लिने, यातायात तथा खाजाको व्यवस्थापनमा सहयोग र समन्वय गर्ने ।
ज) कक्षा सञ्चालन विवरण पछि गतिविधि सम्पन्न गरी विल भपाई तथा प्रतिवेदन तयार गरी पेश गर्ने ।
झ) परियोजनाको सहजकर्ता पैरवी अधिकृत तथा वित्त शाखाका कर्मचारीसँग समन्वयमा रहेर काम गर्ने।
ञ) प्रत्येक कक्षा २ जना सहजकर्ता मिलेर गर्नु पर्नेछ । तसर्थ आपसी समन्वय र सञ्चारमा रहेर काम गर्ने ।
ट) स्थानीय समुदायमा सम्पर्क बिन्दुको रुपमा काम गर्ने ।
५. आवश्यक न्यूनतम योग्यता, अनुभव र थप आवश्यक्ताहरू
- सहजकर्ताको उमेर कम्तीमा १८ वर्ष पूरा भएको हुनुपर्नेछ।
- कम्तीमा SEE उत्तीर्ण वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ। १०+ उत्तीर्ण वा स्तानक अध्ययनरतलाई प्रोत्साहन गरिन्छ ।
- अपाङ्गता भएका व्यक्तिहरू, मानव अधिकार, लोकतन्त्र, निर्वाचन, समावेशीकरण तथा लैङ्गिक समानता सम्बन्धी ज्ञान र रुचि भएको हुनुपर्नेछ।
- स्थानीय समुदायसँग समन्वय गरी कक्षा सञ्चालन तथा सहजीकरण गर्न सक्ने क्षमता भएको हुनुपर्नेछ।
- काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल र बनेपा नगरपालिका तथा रौतहट जिल्लाको चन्द्रपुर र गुजरा नगरपालिकाका भित्र बोलिने स्थानीय भाषा तथा संस्कृतीका बारेमा जानकार हुनुपर्नेछ। (काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल र बनेपा नगरपालिका तथा रौतहट जिल्लाको चन्द्रपुर र गुजरा नगरपालिकाका स्थायी बासिन्दालाई पहिलो प्राथमिकता हुनेछ) ।
६. नागरिक शिक्षा सहजकर्ताको छनौटका आधारहरू
- व्यक्तिगत विवरणको (CV) मूल्याङ्कन गर्ने
- सन्दर्भ जाँच (Reference Check) गर्ने
- अन्तर्वाता मूल्याङ्कन (छोटो सूचीमा (Short List) भएका उम्मेदवारलाई मात्र)
७. आवेदन सँगै पेश गर्नुपर्ने कागजात
- निवेदन
- व्यक्तिगत विवरण (CV) (कम्तिमा १ जना Reference को नाम सहित)
- नागरिकताको प्रमाण पत्र
- शैक्षिक प्रमाण पत्र (न्यूनत्तम्)
- अनुभवको प्रमाण पत्र (उपलब्ध भएमा)
८. निवेदन पेश गर्ने माध्यम र समयसीमा
इच्छुक उम्मेदवारहरूले २०८३/०५/०९ गते (२५ अगष्ट २०२६) अपरान्ह ५:०० बजे भित्र इमेलः (career.nvrf@gmail.com) मार्फत आवेदन पठाइसक्नु पर्नेछ।
(द्रष्टव्य: अपाङ्गता भएका व्यक्ति तथा महिला, युवा, सिमान्तकृत समुदायका उम्मेदवारहरुलाई विशेष प्रोत्साहन गरिन्छ ।)