मानव अधिकार रक्षकको समष्टिगत सुरक्षा क्षमता अभिवृद्धि  तालिमको लागि आवेदन आह्वानको सूचना

Women's Rehabilitation Centre (WOREC)

Details / requirements:

मानव अधिकार रक्षकको समष्टिगत सुरक्षा क्षमता अभिवृद्धि  तालिमको लागि आवेदन आह्वानको सूचना

महिला पुनस्र्थापना केन्द्र (ओरेक) तथा मानवअधिकार र विकासका लागि एसियाली मञ्च (फोरम–एसिया) नेपालले संयुक्त रुपमा स्थानीय मानव अधिकार रक्षकका लागि समष्टिगत सुरक्षा तालिमका लागि इच्छुक मानवअधिकार रक्षकहरुबाट आवेदन आह्वान गर्दछौं । तालिमको उद्देश्य नेपालका स्थानीय मानव अधिकार रक्षकको समष्टिगत सुरक्षा क्षमता अभिवृद्धि गर्नु रहेको छ । तालिमका सहभागीहरूले आफ्नो भौतिक, संस्थागत, मनोसामाजिक तथा डिजिटल सुरक्षा बारेको बुझाइ अभिवृद्धि गर्दै एक सङ्गठित दृष्टिकोणका साथ समष्टिगत सुरक्षा अभ्यासको अवलोकन गर्ने आफ्नो क्षमता बढाउने र स्थानीय प्रशिक्षक बन्ने अवसर प्राप्त गर्नेछन् ।

आवेदकको योग्यता

तालिममा सहभागिताको आवेदन दिन सबै मानव अधिकार रक्षकहरू योग्य रहनेछन् । निम्न मापदण्ड पूरा गरेका आवेदकहरूलाई प्राथमिकता दिइनेछ:

क. महिला, पूरुष वा विविध लैङ्गिक पहिचान का मानवअधिकार रक्षकहरु 

ख. मानवअधिकार सम्बन्धी कार्यका कारण अधिकतम जोखिम मा रहेका मानवअधिकार रक्षकहरु –जमिन तथा वातावरण अधिकार रक्षक, आदिवासी जनजाति अधिकार रक्षक, महिला मानव अधिकार रक्षक, लैङ्गिक अल्पसङ्ख्यक अधिकार रक्षक, दलित अधिकार रक्षक, अपाङ्गता अधिकार रक्षक आदि)

ग. क्षमता अभिवृद्धिको अवसरको पहुँचमा पछाडि रहेका मानव अधिकार रक्षक, विशेषतः कर्णाली र सुदूर पश्चिम प्रदेश तथा तराई मधेस लगायत ग्रामीण क्षेत्रका मानव अधिकार रक्षक र अपाङ्गता अधिकार रक्षकहरु । 

घ. सुरक्षा तथा संरक्षण लगायतका मानवअधिकारका विशिष्ट सवालबारे सङ्घीय, प्रादेशिक तथा स्थानीय तहमा अन्य मानवअधिकार रक्षक तथा नागरिक समाजका संघ संस्थासँग समन्वयकारी भूमिका निर्वाह गरेको अनुभव भएका । 

ङ. बिगतमा मानव अधिकार सम्बन्धी तालिम संचालन गरेको व्यावहारिक अनुभव भएका । 

च. द्वन्द्वप्रभाबित/पीडित संजाल वा संस्थामा आबद्ध रही द्वन्द्वपछिको अवस्थामा न्यायको पहुँचका लागि क्रियाशील रहेका मानबअधिकार रक्षकहरु 

छ. स्थानीय मानव अधिकार रक्षक, नागरिक समाजका संस्था वा साझेदारले उपयुक्त भनी सिफारिस गरेका मानब अधिकार रक्षकहरु

ज.युवा अधिकारका लागि अभियानरत ब्यक्ति तथा संघ संस्थामा आबद्ध युवाहरु ।

तालिममा महिला मानव अधिकार रक्षकहरू, अपाङ्गता भएका मानवअधिकार रक्षक, भूअधिकार तथा आदिवासी जनजाति अधिकार रक्षक लगायत मानवअधिकार रक्षकका जोखिमपूर्ण समूह एवं ग्रामीण क्षेत्रका मानवअधिकार रक्षकलाई प्राथमिकता दिइनेछ । कुनै संघ संस्था वा सञ्जालले समर्थन गरेका आवेदकले आवेदन फारम सँगै तालिमबाट आफुले हाशिल गरेका ज्ञान तथा शिपलाई संस्थाद्वारा संचालित अभियानमा प्रयोग गर्ने प्रतिबद्धता तथा योजना अभिव्यक्त गर्ने गरी संस्थाले दिएको आधिकारिक समर्थन पत्र पनि समावेश गर्नु पर्दछ । अपाङ्गता भएका मानवअधिकार रक्षकका लागि विशेष व्यवस्था गरिनेछ । 

आफ्नो व्यक्तिगत विवरण (बायोडाटा) सहित आवदेन फारम भरेर निम्न तरिकाबाट आवेदन दिन सकिनेछ —

१. प्रिन्ट गरिएको फाराम लिएर भर्न सकिने: ओरेकको केन्द्रिय कार्यालय, बालकुमारी, ललितपुर र जिल्ला कार्यालय मोरङ्ग, सुनसरी, सर्लाही, महोत्तरी, उदयपुर, धनुषा, सिराहा, दाङ, रुकुम, कैलाली । 

२. ओरेक नेपालको वेवसाइटमा गएर फाराम डाउनलोड गरेर vacancy@worecnepal.org मा पठाउन सकिन्छ । 

३.गुगल फारमको लिङ्कबाट पनि पठाउन सकिन्छ। 

क. नेपाली गुगलफर्मको लिङ्क https://forms.gle/dbLBYuJRryZQmAbX7

ख. अंग्रेजी गुगलफर्मको लिङ्क https://forms.gle/ye11qoDiGaWsqFM76

आवेदन दिने अन्तिम म्याद मार्च ७, २०२१ सम्म रहेको छ । फाराम भर्ने क्रममा केहि समस्या आएमा ओरेकको काठमाण्डौ कार्यालयको ०१–५१८६३७४ वा ०१–५१८६०७३ मा सम्पर्क गरेर पनि बुझ्न सक्नु हुनेछ । 

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 22 Feb, 2021
Apply Before 07 Mar, 2021
City Lalitpur