लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र सामाजिक व्यवहार परिवर्तन अधिकृत (GESI & SBC Officer)
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
पुनः प्रकाशन मितिः २०८३ साउन १२ गते
राष्ट्रिय कृषक समूह महासंघ, नेपाल (National Farmers Group Federation-NFGF, Nepal) सम्बन्धित सरकारी निकायहरूमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरुको छाता संगठन हो । यस महासंघले सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरूको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुँच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागि कार्यरत रहदै आएको छ ।
महासंघले पोषण परियोजना ( Nurture Every Future/Poshan Project)सँग सम्बन्धित गतिविधिहरू मार्फत लक्षित वर्गको पोषणमा पहुँच साथै जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले केयर नेपालसँगको साझेदारीमा सिरहा र सप्तरी जिल्लाका स्थानीय सरकारहरूसँगको सहकार्यमा कार्यक्रम सञ्ंचालन गर्न गईरहेको छ । महासंघको मधेश प्रदेश कार्यसमितिको कार्यालय सिरहामा एवं सम्बन्धित पालिकाहरुमा रही तपसिलको पदमा काम गर्न इच्छुक, योग्यता पुगेका नेपाली नागरिकहरूले तपसिलमा उल्लेखित ठेगानामा १७ साउन, २०८३ सम्ममा रीतपूर्वकको निवेदन एवं बायोडाटा पेश गर्न अनुरोध गरिन्छ ।
निवेदन पेश गर्दा अपेक्षित तलव समेत उल्लेख गर्नुपर्नेछ ।
| पद | पद संख्या | शैक्षिक योग्यता | आवश्यक अनुभव |
| लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र सामाजिक व्यवहार परिवर्तन अधिकृत (GESI & SBC Officer) | १ | लैङ्गिकता, मानविकि, समाजशास्त्रमा स्नातक वा सो सरह उत्र्तीण र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको क्षेत्रमा कम्तिमा ४ वर्ष अनुभव भएको |
Link: GESI Officer |
- महिला, दलित, सिमान्तकृत र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइनेछ ।
- निवेदन पेश गर्दा अपेक्षित तलब समेत उल्लेख गर्नुपर्नेछ ।
- छोटो सूचीमा परेका उम्मेदवारहरूलाई मात्र थप प्रक्रियामा समावेश गराईनेछ ।
- यौन शोषण, दुव्र्यवहार, यौन उत्पीडन, अधिकारको दुरुपयोग र भेदभाव रहित राष्ट्रिय कृषक समूह महासंघ, नेपाल शून्य सहनशीलता प्रति प्रतिवद्ध छ ।
दरखास्त साथ बुझाउनु पर्ने कागजातहरू
- रितपूर्वकको निवेदन, बायोडाटा, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभव प्रमाणपत्रहरुको प्रतिलिपि
- दरखास्त बुझाउने ईमेल ठेगानाः vacancy.nfgf@gmail.com मार्फत दरखास्त पेश गर्न सकिनेछ ।
- दरखास्त बुझाउने अन्तिम मितिः १७ साउन, २०८३ सम्म
- छनौट विधीः लिखित र मौखिक
पदपूर्ति समिति
Overview
| Category | Development Project, NGO/INGO/Social work, Gender Studies |
| Openings | 1 |
| Position Type | Full Time, Contract |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 28 Jul, 2026 |
| Apply Before | 02 Aug, 2026 |
| City | Siraha, Saptari |