लेखा सहायक(Accountant)
Details / requirements:
मितिः २०८३।०१।१६ गते
प.स.: ०८२/०८३
च.नं.:– ७०७
दोस्रो पटक सूचना प्रकाशन
२०८३।०१।१६ गते
विषयः— करार सेवामा कर्मचारीको लागि विज्ञापन गरिएको सम्बन्धमा ।
उपर्युक्त सम्बन्धमा यो छ कि यस साना किसान कृषि सहकारी संस्था लि.रघुनाथपुर, सबैला न.पा.१२, धनुषामा १ जना दक्ष लेखा सहायक (Accountant) कर्मचारी आवश्यकता परेको हुँदा यस संस्थाको कार्यक्षेत्रभित्र वा बाहिर बसोबास गर्ने इच्छुक व्यक्ति यस संस्थाद्धारा संचालित धान प्रशोधन उद्योगको लागि कर्मचारी पदपूर्ती उप–समितिको बैठक नं.२, मितिः२०८३।०१।१६ गतेको निर्णय अनुसार मिति: २०८३/०१/३१ गते बिहिबार भित्रमा तपसिल अनुसारको योग्यता पुगेको नेपाली नागरिकले यस संस्थाको कार्यलयमा आएर आफ्नो बायोडाटा सहित हालसालै खिचिएको पासपोर्ट साईजको फाटो ४ प्रति, रितपूर्वक तोकिएको ढाँचाको व्यक्तिगत विवरण, मान्यता प्राप्त शिक्षण संस्थाबाट शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, नागरिकताको प्रमाणपत्रको प्रतिलिपी र तालिम तथा अनुभवको प्रमाणपत्रको प्रतिलिपी, आवेदन दस्तुर तिरेको भौचर वा रसिद र कभर आवेदन पत्र संलग्न राखी दर्खास्त पेश गर्न सूचना आह्वान गरिएको छ । साथै आवेदन फारम भौतिक रुपमा संस्था वा बुँदा नं.११ अनुसार यस संस्थाको सेवा केन्द्रहरूबाट प्राप्त गरी भर्न र पेश गर्न सकिनेछ र माग गरिएका कागजातहरू प्रतिलिपी आवेदक स्वंले प्रमाणित गरी आफ्नो सुविधा अनुसार अनलाईन यस संस्थाकोको Gmail: rpursfacl@gmail.com मा पठाउन वा स्वंम यस संस्थामा आई आवेदन पेश गर्नुपर्नेछ ।
१. यस विज्ञापन अनुसारको योग्यता पुगेका यस संस्थाको कार्यक्षेत्र भित्र वा बाहिर बसोबास गर्ने ईच्छुक व्यक्तिहरूले आवेदन दिन योग्य मानिनेछ ।
२. कर्मचारी आवश्यक संख्या र योग्यता
| वि.नं. | पद | सेवा प्रकार | तह | संख्या | शैक्षिक योग्यता | उमेरको हद |
४–०८२/०८३ | लेखा सहायक(Accountant) | करार | चौथो | १ | वाणिज्य शास्त्र वा व्यवस्थापन विषयमा १०+२ भएको सो भन्दा बढी योग्यता भएकालाई विशेष प्राथमिकता र उद्योग तथा कलकारखानामा लेखाको अनुभव भएकोलाई विशेष प्राथमिकता दिईनेछ । | १८ वर्ष पुरा भई ३० वर्ष ननाघेको र महिलाको हकमा ३५ वर्ष ननाघेको |
३. दरखास्त आवेदन दस्तुर रकम रु.५००। अक्षरेपी पाँच सय मात्र लाग्ने छ र सो आवेदन दस्तुर आफ्नो सुविधा अनुसार यस संस्थाको नाउँमा कृषि विकास बैंक लि. शाखा सबैला स्थित रहेको खाताबालाको नाम: Sana Kisan Krisi Sahkari Sanstha Ltd र खाता नं.1005401857757024 वा सिटिजन्स बैंक लि. शाखा सबैलामा रहेको खाताबालाको नाम: Sana Kisan K. S. S.Ltd Raghunathpur र खाता नं. 1040100000066201 मा जम्मा गर्नुपर्नेछ र सो आवेदन साथ संलग्न गरी पेश गर्नुपर्नेछ ।
४. लेखा सहायक (Accountant) कर्मचारीको हकमा कम्प्युटर तालिम प्रमाण पत्र अनिवार्य छ ।
५. कुनै किसिमको फौजदारी अभियोग नलागेको ।
६. शैक्षिक प्रमाण पत्र अनिवार्य ।
७. डिजिटल माध्यम (Gmail, What'sapp, Advance Excel, Power point) चलाउन सक्ने र अनुभवीलाई विशेष प्राथमिकता दिईनेछ ।
८. करार अवधि: १ वर्षको लागि मात्र तर संस्थालाई आवश्यकता परेमा पुनः म्याद थप गर्न सकिनेछ ।
९. सेवा सुविधा: यस संस्थाको निति नियम तथा संचालक समितिको निर्णय बमोजिम हुनेछ ।
१०.परीक्षा आवेदन भर्ने र पेश गर्ने अन्तिम अवधि: २०८३।०१।३१ गते बिहिबार बेलुका ५:०० बजे सम्म तर अन्तिम मितिमा कुनै विदा पर्न गएमा सो मितिको भोलिपल्ट आवेदन पेश गरिसक्नुपर्नेछ ।
११. आवेदन फारम यस संस्थाको प्रमुख कार्यालय रघुनाथपुरमा भौतिक रुपमा आई भर्न र पेश गर्न सकिनेछ तथा यस संस्थाको शेयर सदस्य सेवा केन्द्र, सबैला र खरिहानीमा पनि आवेदन भर्न र पेश गर्न सकिनेछ ।
१२. परीक्षाको किसिमः लिखित, मौखिक र आवश्यकता अनुसार प्रयोगात्मक ।
१३. यस संस्थाको हितलाई ध्यानमा राखी प्राप्त दरखास्तहरू कारण खोली वा नखोली अस्वीकृत गर्ने वा यस विज्ञापनलाई रद्ध गर्ने सम्पूर्ण अधिकार यस संस्थामा सुरक्षित रहनेछ ।
१४. सवारी साधन मोटर साईल, स्कुटर चलाक अनुमति प्राप्तलाई विशेष प्राथमिकता दिईनेछ ।
१५.आवेदन फारम अनलाईन:
https://mail.google.com/mail/u/0?ui=2&ik=6b7c46d900&attid=0.1&permmsgid=msg-f:1862972991011430112&th=19da9c109b621ee0&view=att&disp=inline&realattid=f_mo6v4n9d0&zw बाट प्राप्त गर्न सकिनेछ र अफलाईन संस्थाबाट समेत प्राप्त गर्न सकिनेछ ।
१६.थप जानकारीको लागि कार्यालय सम्पर्क मोबाईल नं.९७६२८०१३०५, ९८१२०४४३१३, ९८१८८६०४६५, ९८१९८०१८२६
Click Here for detailed Job Description
भवदीय
कर्मचारी पदपूर्ति उप–समिति
साना किसान कृषि सहकारी संस्था लि. रघुनाथपुर,
सबैला न.पा.१२, धनुषा
Overview
| Category | Accounting and Finance, Development Project |
| Openings | 1 |
| Position Type | Full Time, Contract |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 30 Apr, 2026 |
| Apply Before | 14 May, 2026 |
| City | Dhanusha |