लोक सेवा आयोग कोचिंग कक्षा संचालनको लागी संघ, संस्था र फर्मसंग दरखास्त आह्वान
Details / requirements:
रतौली युवा क्लब
लोक सेवा आयोग कोचिंग कक्षा संचालनको लागी संघ, संस्था र फर्मसंग दरखास्त आह्वान
पहिलो पटक प्रकाशन मिति २०८२।०३।३०
रतौली युवा क्लव र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित समुन्नति कार्यक्रम अन्तर्गत दलित किशोर किशोरीहरुको खरिदार (रा.प.अं.द्वितिय श्रेणी) को लागी कोचिंग कक्षा संचालन गर्नु पर्ने भएको हुंदा योग्यता पुगेको ईच्छुक संघ, संस्था/फर्म/कम्पनीहरुबाट सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र दरखास्त पेश गर्न आह्वान गरिएको छ ।
योग्यता तथा अनुभव:
- नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भएको ।
- उद्देश्यमा लोकसेबा आयोग कक्षा संचालन गर्ने प्रष्ट उल्लेख भएको ।
- लोक सेवा कक्षा संचालनमा कम्तीमा २ बर्षको अनुभब भएको ।
- आ.ब २०८१/८२ को नबिकरण भएको ।
- २०८१/०८२ को करचुक्ता भएको ।
- जलेश्वर न.पा. वा पिपरा गा.पा.भित्र कक्षा संचालन गर्ने सहमत रहेको ।
- बाल संरक्षण नीतिको पालना गर्ने तथा कुनै किसिमको यौन दुर्व्यवहार, हिंसा, शोषण, विभेद, बेबास्ता, बेचबिखन आदि कार्यमा दोषी नभएको वा सजाय नपाएको ।
आवश्यक कागजातहरु: दर्ता प्रमाण पत्रहरुको फोटोकपी, प्यान तथा भ्याट दर्ताको प्रमाण पत्रहरुको फोटोकपी र कर चुक्ता प्रमाण पत्रहरुको फोटोकपी, प्रस्तावना–पत्र, संस्थाको प्रोफाईल ।
नोट: प्रारम्भिक छनौटमा परेका संघ, संस्था ,फर्म तथा कम्पनीहरुलाई मात्र छनौट प्रकृयामा समावेश गराइने छ । छनौटमा संस्थाको निर्णय नै अन्तिम निर्णय हुनेछ । छनौट सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त आवेदकले पठाएको निवेदन स्वत: अमान्य हुनेछ ।
कार्यहरुको विस्तृत विवरण: ToR for Hiring Institution
दरखास्त दिने अन्तिम मिति: २०८२।०४।०४ गते साँझ ५:०० बजे सम्म ।
जानकारी लिने वा आवेदन दिने ठेगाना: रतौली युवा क्लव (RYC), टाउन प्लानिंग, जलेश्वर – २,
फोन नं. ०४४–५२०८४३, इमेल: procurementryc@gmail.com
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 14 Jul, 2025 |
Apply Before | 20 Jul, 2025 |
City | Mahottari |