शिलबन्दी दरभाउ आह्वान सम्बन्धी सूचना

SabalNepal

SABAL Nepal is a leading humanitarian and development organization working in the field of disaster risk reduction, WASH, governance, community development, livelihood, clean energy and climate change in Madhesh Province, with its headquarter in Rajbiraj, Saptari, Branch office at Mirchaiya, Siraha, and field office in Khadak Municipality, Kalyanpur, Saptari. SABAL has over a decade of experience delivering emergency respond, crisis management, sanitation approaches and governance. Our responses focus on the needs of the most vulnerable populations, particularly, youth, adolescent, girls, women and people with special needs. WASH governance issue is at the heart of SABAL Nepal efforts because our experience shows that its gain can translate into benefits for the HHs, society, local government and SDG 2030. Essentially, SABAL Nepal’s humanitarian and development work is our commitment to help rebuild safer, stronger, effective, environment friendly places that people call home. Our programs to improve health and education, promote social justice, water, sanitation and hygiene, open up economic opportunities make communities more resilient and less vulnerable to the factors that causes poverty.

Details / requirements:

प्रथम पटक प्रकाशित मिति २०७६।९।२४ गते

सबल नेपाल वि.सं. २०६२ मा सप्तरी जिल्लामा स्थापना भएको एक अगुवा गैर सरकारी संस्था हो । स्थापना कालदेखि नै सबल नेपालले सामाजिक क्षेत्रमा सक्रिय रुपमा कार्य गर्दै आईरहेको सर्वविद्धितै छ । हाल सबल नेपालले Welthungerhilfe(WHH) संगको साझेदारीमा “Strengthening municipal-wide WASH governance for social change in Siraha District-NPL 1060” Province No. 2  मा संचालन गर्दै आईरहेको छ । यस परियोजनाको निर्माण कार्यको लागि तपसिल अनुसारका निर्माण सामाग्रीहरु (हार्डवेयर सामाग्री) आवश्यक भएकोले तल उल्लेखित शर्तहरुको अधिनमा रहि निर्माण सामाग्रि आपुर्ति गर्न ईच्छुक आपुिर्तकर्ता (थोक तथा खुद्रा बिक्रेता) हरुबाट न्युन मुल्यमा तोकिएको गुणस्तर र मापदण्डका सामाग्रीहरु खरिद गरिने प्रावधान अनुसार शिलबन्दी दरभाउ आहवानको लागि यो १० दिने सुचना प्रकाशित गरिएको छ ।
शर्तहरु :
१.    शिलबन्दी दरखास्त पेश गर्ने आपुर्तिकर्ता संग कम्तिमा निर्माण सामाग्री आपुर्ति गर्ने कार्य अनुभब भएको हुनुपर्नेछ र साथै वार्षिक कारोबार कम्तीमा ५० लाख वा सो भन्दा बढी भएको हुनुपर्नेछ ।
२.    संस्थाको लागी आवश्यक सामाग्रीहरु परियोजनाको फिल्ड कार्यालय सिरहा मिर्चैयामा उपलब्ध गराउनु पर्ने छ । आपुर्तिकर्ताबाट उपलब्ध गराईएको दररेटमा ढुवानी खर्च तथा नेपाल सरकारको नियम अनुसार लाग्ने TAX/VAT कम समेत प्रष्टसँग उल्लेख गरिएको हुनु पर्नेछ ।
३.    शिलबन्दी दरखास्त पेश गर्ने आपुर्तिकर्ता नेपाल सरकारको आयकरको नियमानुसार मुल्य अभिबृद्धि कर (भ्याट) मा दर्ता लगाएत (घरेलु, उद्योग, नगरपालिका अन्य ..) सम्बन्धित दर्ता भई आवश्यक कानूनी कागजातहरु अध्यावधिक भएको र कम्तीमा पनि गत आ.ब.सम्मको पुर्ण रुपमा अद्याबधिक हुनुपर्नेछ ।
४.    राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्था र सरकारी कार्यालय लगायत अन्य संघ संस्थाहरुमा सेवा प्रदान गर्देआईरहेको तथा आफ्नो व्यावसायमा बालबालिकाहरुको प्रयोग नगरेको तथा बाल सुरक्षा नीति अबलम्बन हुनु पर्ने छ ।
५.    शिलबन्दी दरखास्त आवश्यक सम्पूर्ण कागजात सहित पेश गर्ने समयावधी मिति २०७६।९।२४ गते देखि २०७६।१०।४ गतेसम्म विहान १०ः०० बजेदेखि ०४ः०० बजेसम्म रहनेछ र सो समयावधी पश्चात् प्राप्त शिलबन्दी दरखास्त स्वतः बदर ठहरिनेछ ।
५.    यस शिलबन्दी बोल पत्र सम्बन्धी सम्पूर्ण निर्णय संस्थाको खरिद समितिमा निहित रहनेछ ।
६.    यस शिलबन्दी बोल पत्र सम्बन्धी बिस्तृत विवरण प्राप्त गर्नका लागि कार्यालय समय भित्र संस्थाको सम्बन्धित परियोजना कार्यालय वा सबल नेपालको तल उल्लेखित जिल्ला शाखामा सम्पर्क राख्न सकिनेछ र निर्माण सम्बन्धी सामाग्रीहरुको Quotation फारम संस्थामा निःशुल्क उपलब्ध गराईनेछ वा संस्थाको वेबसाईटबाट Download गर्न सकिनेछ तथा ईमेल मार्फत पनि अनुरोधको आधारमा प्राप्त गर्न सकिनेछ ।

 

बिस्तृत जानकारी तथा प्रस्तावना पेश गर्ने सम्पर्क ठेगाना
सबल नेपाल
मुख्य कार्यालय, राजबिराज –१, सप्तरी
वा
सबल नेपाल
फिल्ड कार्यालय, कल्याणपुर चौक, खडक नगरपालिका
वा
सबल नेपाल
शाखा कार्यालय, मिर्चैया, सिरहा (पुकु डिपार्टमेन्टको छेउमा)
इमेल : procurementsabal@gmail.com
(नोट : यो सुचना यस संस्थाको वेब पेज  www.sabalnepal.org.np मा पनि हेर्न सकिनेछ ।)

 शिलबन्दी दरभाउ आह्वान सम्बन्धी सूचना

Overview

Category Tender
Posted Date 09 Jan, 2020
Apply Before 18 Jan, 2020
City Terai Region