सिलवन्दी दरभाउपत्र आव्हानको सूचना

National Environment and Equity Development Society (NEEDS Nepal)

Details / requirements:

निड्स नेपाल

महेन्द्रनगर, कञ्चनपुर

सिलवन्दी दरभाउपत्र आव्हानको सूचना

(प्रथम पटक प्रकाशित मिति:- २०७८।०९।२)

यस निड्स नेपालले Oxfam को आर्थिक सहयोगमा सञ्चालीत Post Monsoon Flood Response in Kanchanpur 2021 Project अन्तरगत कात्तिक २ गते आएको वाढीले प्रभावित कञ्चनपूर जिल्लाको भिमदत्त नगरपालिका, दोधराचँदनी नगरपालिका र डडेलधूराको परशूराम नगरपालिकाका वाढी पिडित समूदायमा Dignity Kit तयार गरी वितरण गर्नु पर्ने भएकाले सिलवन्दी दरभाउपत्रको माध्यमवाट ठेक्का बन्दोबस्त गराउनु पर्ने भएकोले नेपाल सरकारबाट ईजाजत प्राप्त आपुर्ती कर्ताहरुवाट निम्न लिखित शर्तहरुको अधिनमा रही रितपुर्वकको सिलवन्दी दरभाउपत्र आह्वान गरिन्छ ।

१. सिलवन्दी दरभाउपत्र सम्वन्धि कागजातहरु यो सूचना प्रथम पटक प्रकासित भएको मितिले ७ दिन भित्र चालु आ.व. कालागि नविकरण भएको ईजाजतपत्र , मु.अ.कर दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, कर चुक्ताको प्रमाणपत्र संलग्न राखि निवेदन साथ रु. २०००.००  (पछि फिर्ता नहुने गरी) तल उल्लेखित बैंक खातामा जम्मा गरेको बैंक भौचर पेस गरि खरिद गर्न सकिनेछ । 

२. खरिद गरेको दरभाउपत्र खरीद गर्ने अन्तिम मितिको भोलिपल्ट दिनको १२:०० बजेसम्म सिलवन्दी गरी खाममा विवरण प्रष्ट खुलाई यस कार्यालयमा दर्ता गरी सक्नु पर्नेछ । दर्ता भएका सिलवन्दी दरभाउपत्रहरु कार्यालय प्रतिनिधि तथा दरभाउपत्रदाता वा निजहरुका प्रतिनिधिहरुको रोहवरमा दाखिला गर्ने अन्तिम दिनको भोलिको अपरान्ह २:०० बजे खोलिने छ । दरभाउपत्रदाता वा निजका प्रतिनिधिहरु उपस्थित नभएपनि दरभाउपत्र खोल्ने कार्यमा बाधा पर्ने छैन । 

३. धरौटी बापत NABIL Bank Mahendranagar को खाता नाम NATIONAL ENVIRONMENT AND EQUITY DEV.SOC मा रहेको खाता नं. २९०१०१७५००४९९ मा कबुल रकम को कम्तिमा २.५ प्रतिशत रकम जम्मा गरेको सक्कलै बैंक भौचर वा दरभाउपत्र दाखिला गर्ने अन्तिम मितिबाट कम्तिमा ४५ दिन म्याद भएको मान्यता प्राप्त वाणिज्य बैंकबाट यस कार्यालयको नाममा जारि भएको विडवण्ड बोलपत्र साथ पेश गर्नु पर्नेछ । 

४. रीत नपुगेको वा ढिलो गरी प्राप्त भएको दरभाउपत्र उपर कुनै कारवाही हुने छैन । साथै दररेटमा अंक र अक्षरमा  उल्लेख गर्नु पर्नेछ । 

५. दरभाउपत्र खरीद गर्ने वा दाखिला गर्ने अन्तिम दिन विदा परेमा उक्त कार्यहरु क्रमशः लगत्तै कार्यालय खुलेको दिन हुनेछ ।

६. आयकर लगायत स्थानीय कर र नेपाल सरकारलाई तिर्न बुझाउन पर्ने सबै कर (मु. अ. कर बाहेक) समबन्धित दरभाउपत्रदाताले स्वयं व्यहोर्नु पर्नेछ । 

७. संस्थाको हितलाई ध्यानमा राखि दरभाउपत्र स्वीकृत गर्ने नगर्ने आंशिक रुपमा स्वीकृत गर्ने वा रद्द गर्ने सबै अधिकार यस संस्थामा सुरक्षित रहनेछ ।

८. खरिद कारवाहिमा भाग लिन फर्म अयोग्य नभएको, प्रस्तावित खरिद कारवाहीमा आफ्नो स्वार्थ नबाझिएको, पेशा वा व्यवसाय सम्बन्धी कसुरमा आफुले सजाय नपाएको व्यहोरा यस सस्थाको खरिद नियमावली र सार्वजनिक खरिद ऐन तथा सार्वजनिक खरिद नियमावली वमोजिमको घोषणपत्र दरभाउपत्र साथ दरभाउपत्र दाताले पेश गर्नु पर्नेछ ।

९. कम्पनी वा आपुर्तिकर्ताले आपुर्ति गर्ने Dignity Kit Materials को गुणस्तर स्विकृत गराई सप्लाई गर्नु पर्नेछ साथै गुणस्तर सम्वन्धी परिक्षण गर्नु परेमा लाग्ने खर्च स्वयम सप्लाई गर्ने कम्पनीले व्यहोर्नु पर्नेछ ।

१०. सूचनामा परेका व्यहोराहरु बाहेक अन्यको हकमा यस सस्थाको खरिद नियमावली र सार्वजनिक खरिद ऐन, सार्वजनिक खरिद नियमावली र दातृ निकायसंग भएको अनुसार हुनेछ ।

११. दरभाउपत्र सम्बन्धमा अन्य कुराहरु बुझ्नु परेमा यस संस्थामा सम्पर्क राखि बुझ्न सकिनेछ । 

१२. कवुल रकमको ५ प्रतिशत रकम कार्य सम्पादन जमानी बापत छनौट भएको आपुर्तिकर्ताले सम्झौता हुनु भन्दा अगावै सस्थाको माथि उल्लेखित खातमा जम्मा गर्नु पर्ने छ ।

दरभाउपत्र सम्बन्धी कार्यको विवरण

सि.न.

ठेक्का नम्बर

कामको विवरण

कार्य गर्ने वर्ग

लागत अनुमान मु. अ. कर सहित रु.

 900 Dignity Kit Package तयार गरी कञ्चनपूर जिल्लाको भिमदत्त नगरपालिका, दोधराचँदनी नगरपालिका र डडेलधूराको परशूराम नगरपालिकाका बाढी प्रभावित वस्ति सम्म ढुवानी गर्ने

आपुर्तीकर्ता वा कम्पनी

२९०००००

निड्स नेपाल

खरिद समिति सम्पर्क नं: ९८६०१५५१७९

Overview

Category Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 12 Jan, 2022
Apply Before 18 Jan, 2022
City Kanchanpur