लेखा तथा प्रशासनिक अधिकृत

Bhawani Integrated Development Center

Details / requirements:

कर्मचारी आवश्यक्ता सम्बन्धी सूचना ।

ह्याविट्याट फर ह्युम्यानिटी नेपालसँगको साझेदारीमा सिरहा जिल्लाका केही स्थानिय तहहरूमा सुरक्षित आवास परियोजना सञ्चालनमा रहेको छ । भवानी एकिकृत विकास केन्द्रले परियोजनाको सफल कार्यान्वयनका लागि नियुक्त गर्नेगरी निम्न पदमा योग्य गतिसिल नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गर्दछ । तसर्थ इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिबाट ७ (सात) दिन भित्र (सार्वजनिक विदा परेमा सो को भोलीपल्ट) देहाय बमोजिमको पदका लागि दरखास्त आह्वान गरिन्छ ।

क्र.सं.

विज्ञापन नं.

पद

संख्या

शैक्षिक योग्यता

०१।०८०।०८१

लेखा तथा प्रशासनिक अधिकृत

मान्यता प्राप्त शैक्षिक संस्थाबाट अर्थशास्त्र वा व्यवस्थापन संकायमा स्नातक वा सो सरहको परिक्षा उतिर्ण गरेको र लेखा तथा प्रशासनिक कार्यमा कम्तिमा ३ वर्षको अनुभव भएको

१. छनौट प्रकृया:

  • छोटो सुचि बनाई सम्भावित उम्मेदबार छनौट: प्राप्त दरखास्तहरू मध्ये बाट न्युन्तम योग्यता पुगेका छोटो सुचि तयार गरि थप छनौट प्रकृयाका लागि बोलाइने छ ।
  • परिक्षाको किसिम: छोटो सुचिमा परेका उम्मेदवारलाई लिखित , प्रयोगात्मक र अर्न्तवार्ता लिइने छ ।

२. दरखास्त दिने अन्तिम मिति: २०८०।०२।३० गते

३. अन्य योग्यता:

  • १८ वर्ष उमेर पुरा भई ४५ वर्षसम्मका उम्मेदवारलाई पहिलो प्राथमिकतामा राखिने छ । साथै विभिन्न संघ संस्थामा काम गरेका योग्य तथा अनुभवी उम्मेदवारलाई समेत अवसरको मौका दिइने छ ।
  • कुनै किसिमको फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको ।

४. सेवाको प्रकार र अवधी: करार

५. काम गर्नुपर्ने स्थान: संस्थाले खटाएको सिरहा जिल्लाका परियोजना कार्यक्षेत्र

६. परिक्षा हुने मिति: दरखास्त मितिको अन्तिम दिनको ३ दिन भित्र ।

७. पेश गर्नुपर्ने कागजातहरू:

  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपी १ प्रती ।
  • निवेदन सहितको हालसाले खिचिएको पासपोर्ट साइजको फोटो १ प्रती ।
  • शैक्षिक तथा चारित्रिक प्रमाणपत्रका फोटोकापीहरु १/१ प्रती ।
  • अनुभव भए सो को प्रमाण पत्रको प्रतिलिपि १/१ प्रती ।

८. दरखास्त पेश गर्ने स्थान: भवानी एकिकृत विकास केन्द्रको कार्यालय तथा bidclahan@gmail.com

पुनश्च्य: कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार संस्थामा निहित रहने छ ।

पदपुर्ती समिति

Overview

Category Development and Project, Finance & Administration
Openings 1
Position Type Full Time
Experience 3+ years
Education B. Com./BBS, BBA / BBM
Posted Date 07 Jun, 2023
Apply Before 13 Jun, 2023
City Siraha