कोटेशन आव्हान गरिएको सूचना

SADA Nepal

Details / requirements:

सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा नेपाल)

Social Awareness and Development Academy (SAADA-NEPAL)

कोटेशन आव्हान गरिएको सूचना

(प्रथम पटक प्रकाशित  मिति २०७८ श्रावण १३ गते) 28th July,2021

सामाजिक जागरण तथा बिकास प्रतिष्ठान सादा नेपाल सन १९९८ देखि शान्ति विकास र सुशासन मानव अधिकार रक्षाका लागी साझा अभियान मुल नाराका साथ  कालीकोट जिल्लामा स्थापना भएको कर्नाली अंचलको एक स्थानीय गैर सरकारी सस्था हो ।  सादा अर्थात साझेदारी  नेपालले बिभिन्न दातृ निकायहरुको समन्वय र साझेदारीमा  यस सादा नेपालले कर्नाली प्रदेशका विभिन्न जिल्लामा सामुदायिक स्वास्थ्य कृषि , वन ,लगायत मानवअधिकार , महिला अधिकार ,वालअधिकार, जलवायु परिवर्तन , मेडिया एड्भोकेशी, शुशासन लगायत स्थानीय तहमा  नीती तथा कार्य बिधिमा काम गदै आएको एक गैर सरकारी संस्था हो ।

प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपालद्धारा   संचालित बाल बिबाह, छिटो बिबाह जवरजस्ती बिबाह न्यूनिकरण कार्यक्रम, बाल संरक्षण कार्यक्रम र  बाल प्रत्याभुत संचार व्यवस्थापन कार्यक्रम अन्र्तगत विभिन्न क्रियाकलापको  आ.व २०७८ ̷  ०७९ मा तालिम संचालनका लागी योग्य प्रशिक्षक, सहजकर्ता  र विभिन्न कार्यक्रमको लागी आवश्यक सामाग्रीहरु खरिद गर्नु पर्ने भएकाले उल्लेखित सामाग्रीहरु आपुर्ती गर्न इच्छुक आपुर्तीकर्ता तथा वितरणहरुले यो सुचना प्रकाशित भएको मितिले  ७ दिन भित्र तपसिलको शर्तहरुमा रही दरभाउँ पेश गर्नु हुन यो सुचना प्रकाशित गरिएको छ ।

दरभाउपत्र सम्वन्धी शर्तहरु

१. दरभाउ पत्र साथ संलग्न गर्नु पर्ने आवश्यक कागजातहरुः

  • दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
  • अन्य आवश्यक कागजातहरु
  • कोटेशन दरभाउँ खाम वन्दी १ थान

२. कोटेशन आव्हानको किसिमहरु

  • निर्माण सामाग्री तथा ढुवानी
  • फिल्ड कार्यक्रम संचालन तथा कार्यालय प्रयोजनको लागी स्टेशनरी 
  • छपाई सम्वन्धी कार्य ।
  • कम्प्युटर, फोटोकपी, प्रिन्टर, विविध अफिस इक्युपमेन्ट तथा त्यस सम्वन्धी आवश्यक पाट पुर्जाहरु ।
  • मर्मत कार्य (कम्प्युटर, फोटोकपी, टेलिफोन आदि)।
  • विज्ञापन सम्वन्धी कार्य ।
  • सुचना प्रविधि (IT) सम्वन्धी व्यक्तिगत  परामर्श सेवा ।
  • मोटर तथा मोटरसाइकलका पाटपुर्जा तथा मर्मत कार्य ।
  • इन्टरनेट सेवा सम्वन्धी कार्य ।
  • मोटर तथा मोटरसाइकल, गोदम घर, संस्थाको अचल सम्पतीको बीमा सम्वन्धी कार्य ।
  • होटल सम्वन्धी सेवाको कार्य
  • फ्लेक्स प्रिन्ट सम्वन्धी कार्य
  • तालिम संचालनका लागी  (प्रशिक्षक ,सहजकर्ता)
  • संस्थाको लेखा परिक्षण
  • मेडिया पार्टनरसीप
  • हार्डवयर तथा सप्टोवयर सम्वन्धी  सामाग्रीहरु
  • Electronic सामाग्रीहरु
  • मेडिकल सामाग्री (सेनीटाइजर, माक्स, स्यानेटरी प्याड अन्य स्वास्थ्य उपकरणहरु)
  • खाद्य वस्तु 
  • फेन्सी सामाग्री
  • जिव रिजव सेवा 
  • स्थानीय स्तरमा ढुवानी सेवा

३.  शर्तहरुः

  • म्याद नाघी प्राप्त भएका वा रीत नपुगेका दरभाउ पत्रहरु मान्य हुने छैन र दरभाउ रद्द गरिनेछ ।
  • सामाग्रीहरुको दरभाउ उल्लेख गर्दा अंक र अक्षर विचमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइने छ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन र दरभाउपत्र रद्द गरिनेछ ।
  • सामाग्री उपलब्ध गराउदा दिईएको विशिष्टीकरण (Specification) अनुसारको गुणस्तर नभएमा समाग्री बुझ्न सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा नेपाल) वाध्य हुने छैन र विशिष्टीकरण (Specification) अनुसारको सामाग्री पुनः उपलब्ध गराउनु पर्नेछ ।पुनः आपूर्ति तथा ढुवानी गर्दा लाग्ने सम्पूर्ण खर्च आपूर्तिकर्ता (Supplier) स्वयम्ले नै व्यहोर्नु पर्नेछ 
    • कुनै पनि शिलबन्दी टेन्डरलाई पुर्ण वा आशिंकरुपमा स्वीकृती गर्ने वा नगर्ने सम्पुर्ण अधिकार सस्थामा निहित हुनेछ।
    • बालबालीकालाई बालश्रमको रुपमा प्रयोग गरिएका र्फम, सप्लायर्स तथा कम्पनीहरुको दरभाउ प्रतिस्पर्धामा समाबेश गरिने छैन।
    • योजना  निमार्ण गर्दा प्लान इन्टरनेशनल नेपाल र सामाजिक  जागरण तथा विकास प्रतिष्ठान (सादा  नेपाल) कालिकोट  बाट प्रमाणित गरिएको स्टिीमेट, डिजायन, अनुसार प्रस्तावकले काम गर्नूपर्ने छ ।
    • सरिया, सिमेन्टी, तथा अन्य भवन निर्मामाणका सामाग्रीहरु डिजायन स्टिमेटमा उल्लेखित भए बमोजिम उच्चगुणस्तर,र सस्थाले सिफारिस गरेको ब्रान्ड मध्यको सामाग्री उपलब्ध गर्नुपर्नेछ ।
    • गुणस्तरीय स्टेशनरी सामाग्रीहरु उपलब्ध गराउनु पर्नेछ ।  
    • प्रस्तावकलाई कोटेशन दरभाउँ फारम तपसिलमा उल्लेखित ठेगानाबाट निशुल्क रुपमा उपलब्ध गराइने छ  ।
    • कोटेशन दरभाउँका लागी  आबश्यक कागजात यस सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा नेपाल) केन्द्रिय कार्यालय कालिकोट वाट उपलब्ध गराइने छ ।
    • उक्त टेण्डर यो सुचना प्रथम पटक प्रकाशित मितीले ७ औ दिन मिती २०७८।०४।२०  गते  ५ बजे भित्र सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा नेपाल) मा दर्ता भईसक्नु पर्नेछ ।

First Team Meeting

Quatation Form

थप जानकारीका लागी  सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा नेपाल) केन्द्रिय कार्यालय कालिकोटमा ०८७४४०२१५ मा समपर्क गर्न सक्नुहुनेछ ।

ठेगाना

सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा नेपाल)

केन्द्रिय कार्यालय खाँडाचक्र नगरपालीका १, कालिकोट

E-Mail: procurementsaadanepal@gmail.com

Tell no. 087440215/ 087440177

Overview

Category Development and Project
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 02 Dec, 2021
Apply Before 08 Dec, 2021
City Far-Western Region