कोटेशन आव्हान गरिएको सूचना

Nepal Red Cross Society Siraha District Chapter, Siraha

Details / requirements:

कोटेशन आव्हान गरिएको सूचना

नेपाल रेडक्रस सोसाइटी सिरहा जिल्ला शाखा, सिरहाद्धारा संचालित सक्षम परियोजना अन्तरगत सिरहा जिल्लाका सिरहा, कल्याणपुर र कर्जन्हा नगरपालिकाका ९ (नौ) वटा वडाहरुका अगुवा कृषकहरुलाई जलवायु अनुकुलन कृषि प्रणालीको प्रबद्र्धन गर्ने नयाँ कृषि प्रविधिहरुको हस्तान्तरण गर्ने उद्देश्यले प्लाष्टिक टनेल तथा मल्चिङ्ग प्लाष्टिक खरिद गर्नु पर्ने भएकाले उल्लेखित सामाग्री आपूर्ति गर्न इच्छुक आपूर्तिकर्ता तथा वितरकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र तपसिलको शर्तहरुमा रही दरभाउ पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

दरभाउपत्र सम्वन्धी शर्तहरु

१. दरभाउ पत्र साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरुः

  • दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
  • अन्य आवश्यक कागजातहरु

२. ढुवानी∕आपूर्तिका शर्तहरुः

  • आपूर्तिकर्ताले खरिद आदेश पाएको मितिले १० दिन (यथासक्दो चाँडो) भित्र अनिवार्य रुपमा सम्पूर्ण सामाग्रीहरु सम्बन्धित नगरपालिका कार्यालयसम्म ढुवानी गर्नु पर्ने छ । उक्त सामाग्रीहरुको ढुवानी गर्दा लाग्ने सम्पूर्ण खर्च आपूर्तिकर्ता (Supplier) स्वयंमले नै व्यहोर्नु पर्नेछ ।  
  • सामाग्रीहरुको विवरण तल दिएको लिंकबाट डाउनलोड गर्न सकिने छ ।
  • डाउनलोड लिंकः  Annex 1 Demo Plot Material purchase.xlsx
  • म्याद नाघी प्राप्त भएका वा रीत नपुगेका दरभाउ पत्रहरु मान्य हुने छैन र दरभाउ रद्द गरिनेछ ।
  • सामाग्रीहरुको दरभाउ उल्लेख गर्दा अंक र अक्षर विचमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइने छ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन र दरभाउ पत्र रद्द गरिनेछ ।
  • यदि शाखालाई थप सामाग्री आवश्यक भएमा ३० दिन भित्र थप अडर गर्न सक्नेछ । थप अडर गर्दा आपूर्तिकर्ता (Supplier) ले सोही दररेटमा उपलब्ध गराउनु पर्नेछ । 
  • सामाग्री उपलब्ध गराउदा दिईएको विशिष्टीकरण (Specification) अनुसारको गुणस्तर नभएमा समाग्री बुझ्न नेपाल रेडक्रस सोसाइटी सिरहा जिल्ला शाखा, सिरहा वाध्य हुने छैन र विशिष्टीकरण (Specification) अनुसारको सामाग्री पुनः उपलब्ध गराउनु पर्नेछ । पुनः आपूर्ति तथा ढुवानी गर्दा लाग्ने सम्पूर्ण खर्च आपूर्तिकर्ता (Supplier) स्वयम्ले नै व्यहोर्नु पर्नेछ ।

३. भुक्तानी

  • संलग्न विवरण बमोजिमको सम्पूर्ण सामाग्रीहरु उल्लेखित शर्तहरु पालाना गरी पूर्ण रुपमा प्राप्त भई सकेपछि मात्रै भुक्तानी गरिनेछ ।

४. दरभाउ पत्र पठाउने अन्तीम मिति र ठेगानाः

  • E-mail: nrcssiraha2042@gmail.com
  • दरभाउ पठाउने अन्तिम मिति र समयः २०७७।०४।२४ गते कार्यालय समयभित्र

५.  दरभाउ पत्र पूर्ण वा आंशिक रुपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार नेपाल रेडक्रस सोसाइटी सिरहा जिल्ला शाखा, सिरहामा निहित रहनेछ ।

६.  यस बाहेक थप जानकारी अवश्यक परेमा तल उल्लेखित सम्पर्क नम्बरहरुमा कार्यालय समयमा सम्पर्क गर्न सकिनेछ । 

नेपाल रेडक्रस सोसाइटी

सिरहा जिल्ला शाखा सिरहा

सम्पर्क नं. ०३३-५२१०७७

E-mail: nrcssiraha2042@gmail.com

Overview

Category Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 25 Jul, 2021
Apply Before 08 Aug, 2021
City Siraha