खानेपानी तथा सरसफाइ आयोजनाकालागी निर्माण सामाग्रीहरु खरिदका लागि बोलपत्रआव्ह्रान सम्बन्धि १५ दिने सूचना !!!

Mahuli Community Development Center (MCDC)

महुली सामुदायिक विकास केन्द्र (MCDC) वि.सं २०५१ सालमा सप्तरी जिल्लामा स्थापना भएको मुनाफा रहित गैर सरकारी संस्था हो । स्थापनाकाल देखि हाल सम्म यस संस्थाले विकास साझेदार र सरकारी संगठनहरूसँग समन्वय गर्दै विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रुपमा कार्य गर्दै आइरहेको छ ।

Details / requirements:

खानेपानी तथा सरसफाइ आयोजनाकालागी निर्माण सामाग्रीहरु खरिदका लागि बोलपत्र आव्ह्रान सम्बन्धि १५ दिने सूचना !!!

प्रथम पटक प्रकाशित मितिः २०७८/०७/१

बोलपत्र नं ०४/२०७८/०७९

महुली सामुदायिक विकास केन्द्र (MCDC) वि.सं २०५१ सालमा सप्तरी जिल्लामा स्थापना भएको मुनाफा रहित गैरसरकारी संस्था हो । स्थापनाकाल देखि नै यस संस्थाले विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रुपमा कार्य गर्दै आएको सर्वविदित नै छ । हाल MCDCले BMZ/VCA/WHHको साझेदारीमा Strengthening Municipal Wide WASH Governance for Social Change in Saptari District (NPL-1060-18), Province-2 मा सञ्चालन गर्दै आईरहेको छ र सोही परियोजना अन्तर्गत सप्तरी जिल्ला, राजगढ गाँउपालिका, नर्घो-३ मा पालिका र परियोजनाको सँयुक्त लगानीमा खानेपानी आयोजना निर्माण गरिने भएकोले तल उल्लेखित शर्त तथा अधिनमा रही निर्माण सामाग्री आपूर्ति गर्न आवश्यक मापदण्ड पुरा गरेका इच्छुक आपूर्तिकर्ताहरुवाट न्यून मूल्यमा तोकिएको गुणस्तर र मापदण्डका सामाग्रीहरु यस केन्द्रको आर्थिक प्रशासन विनियमावली २०७७को वि.न. ३८(४) बमोजिम सामाग्रीहरु खरिद गरिने प्रावधान अनुसार लाहछाप सहित शिलबन्दी बोलपत्र आव्हानका लागि प्रथम पटक १५ दिने सूचना प्रकाशित गरिएको छ।

शर्तहरुः

१. आवश्यक सामाग्रीहरुको विवरण यसै सूचनामा दिईएको लिंकवाट वा संस्थाको वेवसाइटवाट वा संस्थाको तल उल्लेखित ठेगानामा प्रत्यक्ष सम्पर्क गरेर प्राप्त गर्न सकिनेछ ।

२. संस्थाले उपलब्ध गराएको फाराममा माग भए अनुसारको विवरणमा केरमेट नगरिएका, शर्तरहित, कुनै थपघट, नोट वा द्रष्टव्य नलेखिएको हस्त लिखित वा कम्प्यूटर प्रिन्टवाट तयार गरिएको हुनुपर्नेछ । सेवा प्रदायकको पहिचान सहितको छाप र प्रोप्राइटरको हस्ताक्षर प्रत्येक पेजमा अनिवार्य उल्लेख गरिएको हुनु पर्ने छ । एक भन्दा बढी फर्म वा सेवा प्रदायकले एक अर्कामा मिलेमतो गरेर कोटेशन पेश गरेको पाइएमा, कोटेशनसँग संलग्न कुनैपनि कागजात गलत पाइएमा, कुनै सामाग्रीको उल्लेखित रकम बजारमा उपलब्धहुने वा जिल्ला दररेट भन्दा अधिक वा अस्वाभाविक पाइएमा त्यस्तो कार्यमा संलग्न एक वा संलग्न सबै सेवा प्रदायकलाई प्रतिस्पर्धामा अयोग्य ठहर गरिनुका साथै भविष्यमा संस्थाले लिने सेवामा समेत अयोग्य ठहर गरिने छ । 

३. बोलपत्र भर्दा दररेट स्पष्ट रुपमा भर्नुपर्नेछ । उक्त दररेट कर सहितको हो वा कर वाहेकको हो उल्लेख गर्नुपर्नेछ ।

४. सामाग्रीहरु आयोजना स्थलः नर्घो-३ राजगढ गाँउपालिका, सप्तरीमा आपूर्ति गर्नुपर्नेछ र उक्त समावेश गरिएको दर रेटमा ढुवानी खर्च सहितको रकम उल्लेख भएको हुनुपर्नेछ ।

५. बोलपत्र पेश गर्ने आपूर्तिकर्तासँग खानेपानी आयोजना निर्माण सम्बन्धित सामाग्रीहरु आपुर्ती गर्ने सेवा कार्यमा कम्तिमा ३ वर्षको अनुभव भएको हुनु पर्नेछ ।

६. राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी तथा गैर सरकारी संघ संस्थाहरुमा सामग्री आपुर्ती सेवा प्रदान गर्दै आईरहेका, आफ्नो व्यवसायमा वालवालिकाहरुको प्रयोग नगरेको तथा वाल सुरक्षा नीति अवलम्बन गरेको, व्यावसाय संचालनमा गैरकानूनी रुपमा आर्जित सम्पत्तिको प्रयोग नभएको, राज्यद्धारा कुनै पनि प्रकारको कानून विपरित कार्यगरेको ठहर गरि दण्ड जरिवाना नतोकेको व्यावसायिक फर्म वा सेवा प्रदायक  हुनुपर्नेछ ।

७. शिलबन्दी बोलपत्रमा कम्तिमा ३ वटा लाहाछाप सहित सफा नच्यातिएको खाममा वाहिर पट्टि प्रेषकको नाम, ठेगाना, सम्पर्क नं, ईमेल ठेगाना उल्लेख गरिएको हुनु पर्नेछ । लाहाछाप नलगाई पेश गरेको, आवश्यक कागजात सोहि खाममा समावेश नगरेको, प्रेषकको स्पष्ट नाम, ठेगाना र आवश्यक विवरण उल्लेख नगरिएका कोटेशनलाई प्रतिस्पर्धामा समावेश गरिने छैन । 

८. ईमेल मार्फत बोलपत्र पेश गर्ने प्रेषकले आफ्नो फाईललाई सुरक्षित पासवर्ड राखी पठाउनु पर्नेछ । पासवर्ड दरभाउ पत्र खोल्ने दिन संस्थाले तोकेको आधिकारिक कर्मचारी वा खरिद समितिको पदाधिकारीलाई मात्र सेवा प्रदायकको आधिकारिक प्रतिनिधिले गोप्य रुपमा उपलब्ध गराउनु पर्नेछ ।

९. बोलपत्रदाताले अनिवार्य रुपमा निम्न कागजात सहित बोलपत्र पेश गर्नुपर्नेछ ।

  • फर्म/व्यवसाय/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपी, यदि फर्म नविकरण गर्नुपर्ने प्रकृतिको भए नविकरण पत्रको प्रतिलिपी समेत समावेश हुनु पर्नेछ ।
  • मूल्य अभिबृद्धि कर(VAT)को प्रमाण पत्र 
  • करचुक्ता प्रमाण पत्रको प्रतिलिपी (आ.ब २०७६/०७७ को कर नविरकण)
  • त्यस फर्मबाट सोहि प्रकृतिको सेवा यस अगावै प्रदान गरेको भए सोको अनुभवको प्रमाण पत्रको प्रतिलिपी पनि पेश गर्ने । 
  • संस्थाले उपलब्ध गराएको स्वःघोषणा फारम समेत अनिवार्य पेश गर्ने । 

१०. माथि उल्लेख गरिएको कागजातहरु पेश नगरिएको, विवरण स्पष्ट नभएको केरमेट भएको बोलपत्रलाई छनौट प्रक्रियामा समाबेश गरिनेछैन ।

११. बोलपत्र पेश गर्ने समायावधि मितिः २०७८/०७/१ देखि २०७८/०७/१५ गते सोमवार दिउँसो ४:०० बजे सम्म रहनेछ । बोलपत्र दर्ता गर्ने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा सोको भोलिपल्ट दर्ता गर्ने समय प्रदान गरिनेछ।

१२. समयावधि पश्चात प्राप्त बोलपत्र स्वःत बदर ठहरिनेछ । समयभित्र प्राप्त नभएको, रितनपुराई प्राप्त भएको, सूचनाको शर्त विपरित भएको बोलपत्रमाथि कुनै कारवाहि हुने छैन ।

१३. बोलपत्र खोलिने मिति र समय बारे सम्बन्धित प्रेषकहरुलाई ईमेल वा फोन मार्फत पुर्व जानकारी गराइनेछ । बोलपत्र संस्थाको खरिद समिति, संस्थाको पदाधिकारी तथा आमन्त्रित सदस्य लगायत बोलपत्र प्रेषकको रोहवरमा खोलिनेछ । यदि बोलपत्र प्रेशक उपस्थित हुन् नसकेको खण्डमा प्रेषकको रोहवरमा online मार्फत समेत बोलपत्र खोलिन सकिनेछ । बोलपत्र दाताहरु उपस्थिति नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।

१४. प्रथम पटक प्रकाशित सूचनाको आधारमा अपेक्षित संख्या तथा दररेटमा बोलपत्र प्राप्त नभएमा, तोकिएको गुणस्तर र मापदण्ड अनुसारका सामाग्री पेश नभएमा, सम्बन्धित सेवा प्रदायकको प्राप्त विवरण र कार्यअनुभवका आधारमा संस्था आश्वस्त हुन नसकेमा संस्थाले यसै प्रक्रियाबाट सामाग्री खरिद गर्न बाध्यहुने छैन ।

Annex 1  Annex 2 डाउनलोड गर्नको लागि तल उल्लेखित लिन्कमा जानूहोस्:

सामाग्री सम्बन्धि विस्तृत विवरण (EoI_04_2077_78)

स्वःघोषणा फारम

नोटः कोटेशन माथिको सम्पूर्ण अधिकार संस्थामा नै निहित रहनेछ । बोलपत्र सम्बन्धि विस्तृत विवरण प्राप्त गर्नका लागि कार्यालय समय भित्र संस्थाको सम्बन्धित परियोजना कार्यलयमा सम्पर्क राख्न सकिनेछ।

विस्तृत जानकारीको लागि तथा प्रस्तावना पेश गर्नका लागि सम्पर्क ठेगाना

महुली सामुदायिक विकास केन्द्र (MCDC)

परियोजना कार्यालय, राजविराज सप्तरी हिमालय टोल

सम्पर्क नं: ०३१-५२०२०८

Email-ID: mcdc.wash@gmail.com,

Web site: www.mcdc.org.np

Overview

Category Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 18 Oct, 2021
Apply Before 01 Nov, 2021
City Eastern Region