खुला सिलबन्दी दरभाउ-पत्र आह्वान
Details / requirements:
ट्रान्सफम नेपाल
लालबन्दी-८, सर्लाही, मधेश प्रदेश, नेपाल
आपत्कालीन खाद्यान्न राहत सामग्री आपूर्तिका लागि
खुला सिलबन्दी दरभाउ-पत्र आह्वान
प्रकाशन मिति: २०८३/०८/१०
सूचना नं.: ०१
“ट्रान्सफम नेपाल” २०७४ सालमा जिल्ला प्रशासन कार्यालय सर्लाहीमा दर्ता भई र समाज कल्याण परिषदमा आवद्धता लिई नेपालका विभिन्न जिल्लाहरुमा सामाजिक रुपान्तरण र विकासको क्षेत्रमा क्रियाशिल एक गैरसरकारी संस्था हो । विपद् प्रभावित तथा जोखिममा रहेका समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउनु संस्थाको कार्यको एक हिस्सा हो ।
ट्रान्सफम नेपालले नुवाकोट जिल्लाका विदुर र बेलकोटगढी नगरपालिका तथा रसुवा जिल्लाका उत्तरगया र गोसाइँकुण्ड गाउँपालिकाका बाढी प्रभावित परिवारलाई आपत्कालीन सहयोग प्रदान गर्न १,३८० खाद्यान्न प्याकेजका लागि देहायका सामग्री आपूर्ति गर्न इच्छुक दर्तावाला आपूर्तिकर्ताहरूबाट सिलबन्दी दरभाउ-पत्र आह्वान गरिन्छ ।
| क्र.सं. | सामग्री | प्रति प्याकेज | कुल परिमाण | ब्रान्ड वा विवरण |
| १ | प्रिमियम जिरा मसिनो चामल | २५ केजी | ३४,५०० केजी (१,३८० बोरा) | Urja, Pearl, Nagarik Rajhans वा (Premium Jeera Masino हुनु पर्ने छ) |
| २ | मुसुरो दाल | १० केजी | १३,८०० केजी | नेपाली, सफा सानो मुसुरो |
| ३ | चिनी | ३ केजी | ४,१४० केजी | |
| ४ | चिउरा | १५ केजी | २०,७०० केजी | स्थानीय ताइचिन चिउरा |
| ५ | सूर्यमुखी खानेतेल | २ लिटर | २,७६० लिटर |
आपूर्ति स्थल र मूल्यमा समावेश गर्नुपर्ने लागत
सबै सामग्रीहरू बिदुर-९, नुवाकोट स्थित गोदाममा बुझाउनु पर्नेछ । प्रस्तावित मूल्यमा ढुवानी, लोडिङ र अनलोडिङ तथा सबै लागू कर समावेश हुनुपर्नेछ । मूल्य अभिवृद्धि कर (VAT) तथा अन्य कर छुट्टै स्पष्ट देखाई अन्तिम कुल रकम उल्लेख गर्नुपर्नेछ ।
दरभाउपत्र पेश गर्ने विवरण
अन्तिम मिति र समय: २०८३.०८.१६ वेलुकाको ५ बजेसम्म
पेश गर्ने कार्यालयको ठेगाना: सस्थाको कार्यालय ,महालक्ष्मी न.पा. -२ ,ललितपुर स्थित सम्पर्क कार्यालय
दरभाउ-पत्र खोल्ने मिति, समय र स्थान: २०८३ साल मंसिर १७ गते विहानको ११ वजे महालक्ष्मी न.पा. -२ ,ललितपुर स्थित सस्थाको सम्पर्क कार्यालय ।
खाममा लेख्ने विषय: “आपत्कालीन खाद्यान्न राहत सामग्रीको दरभाउ-पत्र”
सम्पर्क: बिजय कुमार तामाङ | ९८४९२३९४०१, ०४६-५०१७५९
इमेल: bijay.tamang@transformnepal.org.np
दरभाउ-पत्रका सर्तहरू
१. कोटेशन फाराम प्रथम पटक सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अर्थात् मसिंर १६ गते कार्यालय समयभित्र ट्रान्सफम नेपालको खरिद शाखामा आवश्यक सम्पूर्ण कागजातसहित सिलबन्दी गरी दर्ता गराइसक्नुपर्नेछ । इमेलबाट पेश गर्दा bijay.tamang@transformnepal.org.np मा पासवर्डद्वारा सुरक्षित ZIP फोल्डरमा पठाउन सकिनेछ । दरभाउ-पत्र खोल्ने तोकिएको समयमा खरिद समितिलाई पासवर्ड उपलब्ध गराउनुपर्नेछ । अन्तिम दिन बिदा परेमा कार्यालय खुलेको पहिलो दिनको दिउँसो १२:०० बजेभित्र दर्ता गराइसक्नुपर्नेछ । तोकिएको समयपछि प्राप्त दरभाउपत्र स्वतः अमान्य हुनेछ ।
२. प्राप्त कोटेशनहरू खरिद समितिको उपस्थितिमा तथा उपस्थित आपूर्तिकर्ता वा निजका आधिकारिक प्रतिनिधिहरूको रोहवरमा तोकिएको मिति, समय र स्थानमा खोलिनेछन् । आपूर्तिकर्ताका प्रतिनिधिहरू उपस्थित नभए पनि दरभाउ-पत्र खोल्न बाधा पर्ने छैन ।
३. सिलबन्दी दरभाउ-पत्रका साथ देहायका कागजात पेश गर्नुपर्नेछ।
(क) फर्म वा कम्पनी दर्ता प्रमाणपत्र अथवा व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
(ख) मूल्य अभिवृद्धि कर (VAT) वा स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
(ग) आर्थिक वर्ष २०८२/८३ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि । २०८१ /०८२ को मात्र भए म्याद थपको निस्सा ।
(घ) रीतपूर्वक भरिएको र हस्ताक्षरित तथा छाप लगाइएको कोटेशन फाराम ।
४. सबै दर नेपाली रुपैयाँमा उल्लेख गर्नुपर्नेछ । प्रस्तावित मूल्यमा बिदुर-९, नुवाकोटस्थित गोदामसम्मको ढुवानी, लोडिङ, अनलोडिङ तथा लागू हुने सम्पूर्ण कर समावेश हुनुपर्नेछ । VAT तथा अन्य करको दर र रकम छुट्टै खुलाई अन्तिम कुल रकम उल्लेख गर्नुपर्नेछ ।
५. प्रत्येक प्रस्तावित सामग्रीको नमुना वा नमुना प्याकेट आवश्यकता भएमा उपलब्ध गराउनुपर्नेछ । नमुनामा आपूर्तिकर्ताको नाम, प्रस्तावित ब्रान्ड तथा विवरण स्पष्ट खुलाउनु पर्नेछ ।
६. खाद्यान्न मानव उपभोगका लागि उपयुक्त, सफा, कीरा तथा प्रदूषणरहित र सुरक्षित बन्द प्याकिङमा हुनुपर्नेछ । लागू हुने प्याकेटमा उत्पादन मिति तथा म्याद समाप्ति वा उपभोगयोग्य मिति स्पष्ट हुनुपर्नेछ ।
७. आपूर्तिकर्ताले प्रस्तावित ब्रान्ड, प्याकिङ आकार, बाँकी उपभोगयोग्य अवधि, आपूर्ति अवधि तथा भुक्तानीका सर्त स्पष्ट उल्लेख गर्नुपर्नेछ । दरभाउ-पत्र अन्तिम पेश गर्ने मितिदेखि कम्तीमा ३० दिनसम्म मान्य हुनुपर्नेछ ।
८. आपूर्तिकर्ताले कुनै वास्तविक वा सम्भावित स्वार्थको द्वन्द्व भए खुलाउनुपर्नेछ । मूल्य, नमुनाको गुणस्तर, तोकिएको विवरणसँगको अनुपालन र समयमै आपूर्ति गर्ने क्षमताका आधारमा मूल्याङ्कन गरिनेछ । सबैभन्दा कम मूल्य प्रस्ताव गर्दैमा छनोट सुनिश्चित हुने छैन ।
९. यस सिलबन्दी दरभाउ-पत्र सम्बन्धी सम्पूर्ण निर्णय संस्थाको खरिद समितिमा निहित रहनेछ । संस्थाको खरिद नीतिअनुसार कुनै वा सबै दरभाउपत्र स्वीकार वा अस्वीकार गर्ने अधिकार ट्रान्सफम नेपालमा रहनेछ ।
LINK:
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 25 Nov, 2026 |
| Apply Before | 02 Dec, 2026 |
| City | Sarlahi |