कोटेशन आह्वान गरिएको सम्बन्धमा

ASTHA Nepal

Details / requirements:

मिति २०८३/०७/१७ गते

विषय : कोटेशन आह्वान गरिएको सम्बन्धमा ।

सामाजिक रुपान्तरण तथा मानविय सहायता संघ (आस्था) नेपाल देशका अती विकट ग्रामिण जनताको जीवन स्तर माथि उकास्न तथा उनीहरुमा सामाजिक आर्थिक सांस्कृतिक एवंम वातावरण सम्बन्धि विकासको लागि सामाजिक परिचालन सशक्तिकरण क्षमता विधिवत् रुपमा स्थापना गरिएको एक गैर सरकारी संस्था हो ।

अधिकारमुखी क्रियाकलाप गर्दै आएको यस संस्थाले वर्ल्ड भिजन ईन्टरनेश्नल नेपालको साझेदारीमा संचालित HATEMALO For Child Wellbeing and Integrated development project का लागि रुपान्तरण जिवनोपयोगी सिप विकास सञ्चालनका लागि आवश्यक सामाग्री (Manual, Materials & Work book) छपाई गर्नुपर्ने भएकाले सो कार्यका लागि इच्छुक सम्पुर्ण सेवाप्रदायकहरुले यो सूचना प्रकासन भएको मितिले १५ दिन भित्र (यही मिति २०८३ साल कात्तिक १७ गते देखि २०८३ साल मंसिर १ गते सम्म) कार्यलय समय भित्र कोटेशन पेश गर्नका लागि यो सुचना प्रकाशित गरिएको छ ।

कोटेशन माग फारामका लागि आवश्यक कागजातहरू:

१. फर्म तथा व्यवसाय दर्ता प्रमाण ।

२. नवीकरण भएको इजाजत पत्र ।

३. पान नं प्रमाण पत्र ।

४. कर चुक्ता प्रमाण पत्र, आ.व. (२०८२/०८३) ।

कोटेशन सम्बन्धी निर्देशनहरू:

१. फर्म तथा आपूर्तिकर्ताले उपलब्ध गराउने सेवा तथा सामग्रीहरूको कोटेशनका विशिष्टीकरण अनुसारको सामग्रीहरू बजार दर अनुसार उपलब्ध गराउनुपर्ने छ ।

३. कोटेशन स्वीकार गर्ने वा रद्द गर्ने सम्पूर्ण अधिकार यस संस्थामा निहित रहने छ ।

४. कोटेशन सम्बन्धी आवश्यक थप जानकारीका लागि कार्यालयको फोन नं. ०९७–६२०३२० मा सम्पर्क गर्न सक्नु हुनेछ र कोटेशन सम्बन्धी आवश्यक कागजातहरू तलको लिंकमा उपलब्ध गराइएको छ ।

LINKS:

Supplier Registration Form 

Child and Adult Safeguarding Policy

SWOR Statement 

Self Deceleration Form 

Financial Proposal 

Note:

Email: astha.achham@astha-nepal.com / bharda.shahi@asthanepal.com.np

Contact No.: 097620320/9868701837/9851214137

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 03 Nov, 2026
Apply Before 17 Nov, 2026
City Achham