कोटेशन आह्वान गरिएको सूचना
Details / requirements:
कोटेशन आह्वान गरिएको सूचना
(प्रथम पटक प्रकाशित मिति २०८२/१२/२० )
राष्ट्रिय कृषक समूहमहासंघ नेपालद्धारा एफ.ए.ओ.सँगको साझेदारीमा संचालन भईरहेको कृषिवन सहज कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिकावडा नं.–५ , अवस्थित रहेको शिव शक्ति सहकारी संस्थाद्धारा तपशिल बमोजिमको Bill of Quantity (BOQ) मा आधारित तरकारी संकलन केन्द्र निर्माण गर्ने भएकोले मूल्यअभिवृद्धि करमादर्ता भएका इच्छुक तथा योग्य निर्माण सेवा तथा निर्माण व्यवसायीहरूबाट यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र तपसिलको शर्त बमोजिम (BOQ) फर्मेटमा दरभाउ तथा शर्तहरू उल्लेख गरि कार्यालय समय भित्र कार्यलयमा उपस्थित भई वा ईमेल ठेगाना vacancy.nfgf@gmail.com मार्फत कोटेशन पेश गर्नु हुन यो सूचनाप्रकाशन गरिएको छ ।
| क्र.स. | कामको विवरण | स्थान | संरचना | कैफियत |
| १ | शिवशक्ति सहकारी संस्थाको तरकारी संकलन केन्द्र निर्माण | भिमफेदी गाउँपालिका वडा नं. ५, मकवानपुर | डिजाईन र नक्शाको अधारमा संरचना निमाण गर्ने |
१. इच्छुकनिर्माण सेवा तथा निर्माण व्यवसायीहरूले महासंघको कार्यालयमा उपस्थित भई वा ईमेल vacancy.nfgf@gmail.com मार्फत यसै साथ संलग्न गरिएको कोटेशन फर्मेटमा दरभाउ तथा शर्तनामाहरू उल्लेख गरी यो सूचना प्रकाशित भएको मितिले ७ औं दिन (मिति २०८२ साल चैत्र महिनाको २६ गते २:०० बजे भित्र यस महासंघको कार्यालयमा कोटेशन दरभाउ उल्लेख गरी पेश गर्न सकिने छ ।
२. कोटेशन पेशगर्दा फर्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि १थान, फर्म भ्याटमा दर्ता भएको प्रमाण–पत्रको प्रतिलिपि १थान, आर्थिक वर्ष २०८१/०८२ को करचुक्ता प्रमाण पत्रको प्रतिलिपि १थानव्यावसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १थान, बैकखाता नं., सम्पर्क नं., इमेल ठेगाना संलग्न गरी पेश गर्नु पर्नेछ । कोटेशन खामबाहिर कोटेशन दाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथाफर्मको छाप अनिवार्य हुनुपर्नेछ ।
३. कोटेशन फाराममा उल्लेखित प्रत्येक निर्माण कार्यको दररेट अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंकमान्यहुने छैन ।
४. पेश गरिएका कोटेशनहरू यो सूचना प्रकाशन भएको ७ औं दिन मिति २०८२ साल चैत्र महिनाको २६ गते दिउँसो ३:०० बजे संस्थाका प्रतिनिधीहरू उपस्थितीमा यस संस्थाको कार्यालयमा खोलिनेछ ।
५. म्याद नाघी वा रित नपूगी आएका कोटेशन उपर कुनै कारबाही हुने छैन । थप जानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ ।
६. अन्य शर्तनामाहरू राष्ट्रिय कृषक समूह महासंघ नेपालको सामग्री खरिद नीति नियमावली र नेपाल सरकारको प्रचलीत कानून बमोजिम हुनेछ । सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ नेपालमा नीहित रहेको छ ।
Link: Bill of Quantity (BOQ)
कोटेशन प्राप्तगर्ने र पेशगर्ने ठेगानाः
राष्ट्रिय कृषक समूह महासंघ नेपाल,
मध्य वानेश्वर, काठमाण्डौं
फोन न. ०१–४१०५०१८ , ०१–४१०५०७९
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 03 Apr, 2026 |
| Apply Before | 09 Apr, 2026 |
| City | Kathmandu |