कोटेसन आह्वान सम्बन्धी सूचना

Human Resources Center

Human Resources Centre (HRC) is a non-profit making a non-political and non-government civil society organization The organization aims at reducing poverty of marginalized communities through integrated and sustainable development interventions, works with marginalized group (haliya, youths, children, women, dalits) for promotion and practices of their social, economic and cultural rights. It addresses on program integration and mainstreaming of social issue, social accountability and community development through skill development of human resources in different sector, quality education environmental conservation, climate change adaptation, and disaster risk management Increased access resilient, light and innovative infrastructures for economic activities, agriculture commercialization, Olive Cultivation & research, water supply & sanitation, food security, nutrition enhancement, BCC, HIV aids, access to justice and livelihood promotion in the Bajura & kanchanpur district of Sudurpachim province of Nepal.

Details / requirements:

कोटेसन आह्वान सम्बन्धी सूचना

मानव संसाधन केन्द्र (Human Resources Center (HRC), 

बडीमालिका नगरपालिका–८, मार्तडी, बाजुरा

प्रथम पटक प्रकाशन मिति: २०८३/०८/०४

ह्यान्डिक्याप इन्टरनेशनल फेडरेसन को आर्थिक सहयोगमा मानव संसाधन केन्द्र (HRC) द्वारा सञ्चालित पहुँच वृद्धि (EA) परियोजना अन्तर्गत फिजियोथेरापी एकाइका लागि सहायक सामग्री तथा उपकरणहरू (Assistive Mobility Devices) खरिद गर्नुपर्ने भएकाले खरिद समितिको मिति २०८३ साल ८ महिना २ गते को निर्णयानुसार इच्छुक तथा योग्य स्वास्थ्य/चिकित्सा सम्बन्धी आपूर्तिकर्ताहरूबाट सिलबन्दी कोटेसन आह्वान गरिन्छ। 

आपूर्तिकर्ताले पालना गर्नुपर्ने सर्तहरू

१. कोटेसन फारम संस्थाको केन्द्रीय कार्यालय वा इमेल मार्फत प्राप्त गरी मानव संसाधन केन्द्रको केन्द्रीय कार्यालय वा इमेल मार्फत नै बुझाउनुपर्नेछ। 

२. कोटेसनमा उल्लेख गरिएका सामग्रीहरूको मनासिब दरभाउ भरी लाहाछाप र हस्ताक्षर सहित सिलबन्दी गरी मानव संसाधन केन्द्रको केन्द्रीय कार्यालय वा इमेल मार्फत बुझाउनुपर्नेछ। 

३. आपूर्ति गरिने सामग्री कोटेसन बमोजिमको परिमाण, गुणस्तर र निर्धारित तौल/मापदण्डको हुनुपर्नेछ। सामान आपूर्ति भइसकेपछि जाँच गर्दा सो बमोजिम नभएको पाइएमा उक्त सामानको भुक्तानी दिन कार्यालय बाध्य हुने छैन र आपूर्तिकर्ताले बिना कुनै सर्त सामान फिर्ता लिई गुणस्तर बमोजिमको अर्को सामान सोही स्थानमा ढुवानी गरिदिनुपर्नेछ। 

४. सामग्रीको मूल्य अङ्कित गर्दा नेपाली रुपैयाँमा अङ्क र अक्षर दुवैमा बिना केरमेट स्पष्ट संग लेख्नुपर्नेछ। 

५. सामान आपूर्ति गर्दा नियम अनुसार लाग्ने सम्पूर्ण करहरू आपूर्तिकर्ताले नै बेहोर्नुपर्नेछ। 

६. कार्यालयले तोकेका बाहेक आपूर्तिकर्ताले कुनै पनि सर्तहरू राख्न पाउने छैन। 

खरिद प्रक्रियामा सहभागी हुन अनिवार्य योग्यता

कोटेसन मूल्याङ्कनमा सहभागी हुन आपूर्तिकर्ताले निम्न अनिवार्य योग्यता पूरा गरेको हुनुपर्नेछ: 

  • नेपालको प्रचलित कानुन बमोजिम दर्ता भई अद्यावधिक नवीकरण भएको फर्म/कम्पनी दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर (PAN) / मूल्य अभिवृद्धि कर (VAT) दर्ता प्रमाणपत्र र गत आर्थिक वर्ष (आ.व. २०८२/८३) को कर चुक्ता प्रमाणपत्र भएको हुनुपर्नेछ। 
  • चिकित्सा, पुनर्स्थापना, फिजियोथेरापी वा सहायक सामग्री आपूर्तिमा कम्तीमा २ वर्षको कार्यअनुभव भएको र विगत ५ वर्षभित्र यस्तै प्रकृतिका कम्तीमा २ वटा आपूर्ति सम्झौता सफलतापूर्वक सम्पन्न गरेको प्रमाण (सम्झौता/कार्यसम्पन्न पत्र) पेश गर्नुपर्नेछ। 
  • कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) नरहेको तथा नेपाल सरकार, ह्यान्डिक्याप इन्टरनेशनल वा अन्य कुनै दातृ निकाय/गैरसरकारी संस्थाबाट कालोसूची (Blacklisted) वा अयोग्य घोषित नभएको स्वघोषणा पत्र पेश गर्नुपर्नेछ। 

कोटेसन साथ पेश गर्नुपर्ने कागजातहरू

आपूर्तिकर्ताले तपसिल बमोजिमका कागजातहरू सहितको पूर्ण प्रस्ताव पेश गर्नुपर्नेछ: 

१. आधिकारिक व्यक्तिको हस्ताक्षर सहित र संस्थाको छाप लगाइएको कोटेसन पेश गर्ने सम्बन्धि निवेदन । 

२. अद्यावधिक फर्म/कम्पनी दर्ता प्रमाणपत्र, PAN/VAT दर्ता प्रमाणपत्र र पछिल्लो कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि। 

३. कम्पनी प्रोफाइल तथा विगतमा सम्पन्न गरेका कम्तीमा २ वटा समान प्रकृतिका खरिद आदेश (PO)/सम्झौता वा कार्यसम्पन्न प्रमाणपत्रको प्रतिलिपि। 

४. नेपाली रुपैयाँ (NPR) मा एकाइ मूल्य, भ्याट (VAT), मार्तडी बाजुरासम्मको ढुवानी र कुल जम्मा रकम स्पष्ट खुल्ने कोटेसन फारम/आर्थिक प्रस्ताव/मूल्य सूची। 

कोटेसन बुझाउने मिति तथा प्रक्रिया

  • कोटेसन आह्वान मिति: २०८३ साल मङ्सिर ४ गते 
  • कोटेसन बुझाउने अन्तिम मिति: २०८३ साल मङ्सिर १४ गते 
  • कोटेसन फारम प्राप्त गर्ने तथा बुझाउने माध्यम: इच्छुक आपूर्तिकर्ताले संस्थाको इमेल hrc.procurement81@gmail.com मार्फत वा मानव संसाधन केन्द्रको केन्द्रीय कार्यालयबाट कोटेसन फारम माग गरि प्राप्त गर्न सक्नेछन्। उल्लेखित सामग्रीहरूको दरभाउ भरी आधिकारिक हस्ताक्षर र लाहाछाप सहितको सिलबन्दी कोटेसन मानव संसाधन केन्द्रको केन्द्रीय कार्यालय (बडीमालिका नगरपालिका–८, मार्तडी, बाजुरा) वा माथि उल्लेखित इमेल मार्फत बुझाउनुपर्नेछ। 
  • नोट: रीत नपुगी आएका वा तोकिएको म्याद नाघी आएका कोटेसनहरू माथि कुनै कारबाही हुनेछैन। 

थप जानकारीका लागि सम्पर्क: ०९७–५४११५९ / ९८५८४२०३८३ 

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 20 Nov, 2026
Apply Before 30 Nov, 2026
City Bajura