कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Action Nepal

Action Nepal was established on 2000 A.D. with a view to develop the socioeconomic status of Nepalese people especially residing in rural area. It has paid its especial consideration/ attention to work with deprived and marginalized people of the country adopting the methods of optimum utilization of local resources and technology through its five thematic areas of intervention: Livelihood & Nutrition, Water Sanitation and Hygiene (WASH), Good Governance, Construction and DRR.

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रथम पटक प्रकाशन मितिः २०८०।११।१६

हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा एक्सन नेपालको सहजीकरणमा सञ्चालित Innovations in Agri-Livestock Value Chains परियोजना अन्तर्गत तरकारी मुल्य श्रृंखला कार्यक्रम सञ्चालनका लागि तपसिलमा उल्लेखित पदको लागि कर्मचारीहरूको आवश्यकता भएकोले रित पुगेका नेपाली नागरिकहरूबाट यो सुचना प्रकाशन भएको मितिले ५ दिनभित्र दरखास्त आह्वान गरिन्छ ।

१. आवश्कता सम्बन्धी विवरण:

क) पद: व्यवसाय विकास अधिकृत

पद संख्या: १ जना

न्युनतम योग्यता र कार्यानुभव:

  • कृषि अर्थशास्त्र विषयमा स्नातक वा सो सरह उतिर्ण गरी कम्तीमा ३ वर्ष सामुदायिक विकास र तरकारीको मुल्य श्रृंखलामा काम गरेको अनुभव भएको ।
  • प्रस्तावना तथा प्रतिवेदन तयार, योजना तथा बजेट निर्माण सम्बन्धि अनुभव भएको । 
  • परियोजना कार्यान्वयन, अनुगमन तथा मुल्याङ्कनको अनुभव, ज्ञान र सीप भएको । 
  • सानाकिसान सवलिकरण तथा उद्यमशिलता कार्यक्रम सम्बन्धि ज्ञान, सीप र अनुभव भएको ।
  • कर्मचारी व्यवस्थापन तथा परिचालन, तालिम व्यवस्थापन र सहजिकरण, सम्वन्धी ज्ञान, सीप भएको । 
  • कृषि तथा पशु वस्तुमा आधारित व्यवसाय तथा उद्यमशिलता विकासमा महिला तथा यूवाहरूको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
  • व्यवसायिक योजना निर्माण सम्बन्धि सीप र अनुभव भएको । 
  • स्थानीय सरकार र अन्य सरोकारवालासँग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्बन्धी दक्षता भएको ।
  • कम्तीमा ८० प्रतिशत समय अवधि परियोजना क्षेत्रमा दिन सक्ने ।

मुख्य जिम्मेवारी:

  • परियोजनामा योजना गरेका कृयाकलापहरूको तोकिएको समयमा गुणस्तरीय तथा प्रभावकारी कार्यान्वयन गर्ने ।
  • सहकारी तथ प्रशोधन केन्द्रको व्यवसायको अबसर, सम्भावना तथा चुनौतिहरू प्हिचान गरि व्यवसाय विस्तार गर्न सहजिकरण गर्ने ।
  • परियोना क्षेत्रका कृषकहरू र उत्पादनको म्यापिङ्ग तथा तथ्याङ्क संकलन र बजारको माग तथा आपूर्तिको मुल्याङ्कन गरि प्रशोधन केन्द्र तथा बजार संग सम्बन्ध स्थापित गर्ने ।
  • सहकारी तथा प्रशोधन केन्द्रको व्यवस्थापन, सञ्चालन तथा आवश्यक सुधारका लागि सहजिकरण गर्ने ।
  • फिल्ड स्तरिय बैठक, तालिम तथा कार्यशाला गोष्ठी सञ्चालन तथा सहजीकरण गर्ने ।
  • परियोजना का कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्दै परियोजना कार्यक्षेत्रका किसानहरूलाई प्राविधिक सेवाप्रदान गर्ने ।
  • परियोजना कार्यक्षेत्रका तथ्याङ्क संकलन तथा अध्यावधिक गरि संस्था तथा सरोवारवाला निकायमा पेश गर्ने ।
  • मासिक तथा आवधिक प्रतिवेदन तयार गरि संस्था तथा सरोकारवाला निकायमा पेश गर्ने 
  • सहकारी तथा तरकारी प्रशोधन केन्द्रको व्यवसाय बिस्तारका लागि मूल्य श्रृख्लाका पात्रहरूसँग सम्पर्क तथा समन्वय गरि व्यवसायिक सम्बन्ध स्थापित गर्ने ।
  • सहकारी तथा प्रशोधन केन्द्रद्धारा उत्पादित उत्पादनहरूको ब्रान्डिङ्ग तथाबजारीकरणमा सहजिकरण गर्ने ।
  • तरकारी प्रशोधन केन्द्रको व्यवसायिक योजना, दिर्घकालिन तथा रणनैतिक योजना तयार गरि कार्यन्वयन गर्न सहजिकरण गर्ने ।
  • परियोजना सञ्चालन तथा कार्यन्वयनकालागि सरकोकार बालानिकायहरूसँग सम्पर्क तथ समन्वय गर्ने 
  • परियोजनाका असल अभ्यास, सफलताका कथा, सिकाई तथा चुनौतिहरूको अभिलेखिकरण तथा दस्तावेजिकरण गर्ने ।

ख) पद: कृषि प्राविधिक

पद संख्या: १ जना

न्युनतम योग्यता र कार्यानुभवः

  • कृषि विषयमा JT उतिर्ण गरी कम्तीमा ३ वर्ष वा JTA वा सो सरह उतिर्ण गरी कम्तीमा ५ वर्ष सामुदायिक विकास र तरकारीको मुल्यश्रृंखलामा काम गरेको अनुभव भएको।
  • परियोजना कार्यान्वयन, अनुगमन तथा मुल्याङ्कनको अनुभव, ज्ञान र सीप भएको । 
  • सानाकिसान सवलिकरण तथा उद्यमशिलता कार्यक्रम सम्बन्धि ज्ञान, सीप र अनुभव भएको ।
  • कृषि तथा पशु वस्तुमा आधारित व्यवसाय तथा उद्यमशिलता विकासमा महिला तथा यूवाहरूको सहभागितार सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
  • उद्यमीहरूको व्यवसायिक योजना निर्माण सम्बन्धि सीप र अनुभव भएको । 
  • स्थानीय सरकार र अन्य सरोकारवालासँग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्बन्धी दक्षता भएको ।
  • मोटरसाईकल लाईसेन्स भएको र कम्तीमा ८० प्रतिशत समय अवधि परियोजना क्षेत्रमा दिन सक्ने ।

मुख्य जिम्मेवारी:

  • फिल्ड स्तरिय समुह बैठक, कृषक व्यवसाय पाठशाला, तालिम तथा कार्यशाला गोष्ठी सञ्चालन तथा सहजीकरण गर्ने ।
  • परियोजना कार्यक्षेत्रका किसानहरूलाई प्राविधिक सेवा प्रदान गर्ने ।
  • कृषकहरूको गुणस्तरीय कृषि सामाग्री, आधुनिक प्रविधी, वित्तिय सेवामा पहुँच वृद्धिका लागि सहकारी र निजी क्षेत्रको व्यवसायिक सम्बन्ध स्थापित गर्न सहजिकरण गर्ने ।
  • परियोजना कार्यक्षेत्रको तरकारी उत्पादन तथा बजारीकरण सम्बन्धि तथ्याङ्क संकलन तथा अध्यावधिक गर्ने ।
  • मासिक तथा आवधिक प्रतिवेदन तयार गरि संस्था तथा सरोकारवाला निकायमा पेश गर्ने ।
  • सहकारीको व्यवसाय बिस्तारका लागि मूल्य श्रृंखलाका पात्रहरूसँग सम्पर्क तथा समन्वय गरी बैठकहरू सञ्चालन गर्ने ।
  • परियोजना सञ्चालन तथा कार्यन्वयनका लागि सरकोकारवाला निकायहरूसँग सम्पर्क तथा समन्वय गर्ने ।
  • कृषक समुह र सहकारीको परिचालन तथा क्षमता अभिवृद्धि गर्ने।
  • समुदाय स्तरका सफलताका कथा तथा सिकाईहरू तयार गरि दस्तावेजिकरण गर्ने ।

ग) पद: लेखापाल

पद संख्या: १ जना

न्युनतम योग्यता र कार्यानुभवः

  • Account/Finance विषयमा Bachelor वा सो सरह उतिर्ण गरी कम्तीमा २ वर्ष NGO/INGO, Community Based Organization काम गरेको अनुभव भएको ।
  • कम्प्युटर (micro-soft excel, word, power point, internet, accounting software) सम्बन्धी दक्षता भएको ।

मुख्यजिम्मेबारी:

  • एक्सन नेपालको आर्थिक बिनियमावलि अनुरुप आर्थिक कारोबारको अभिलेख राख्ने ।
  • अभिलिखित आर्थिक कारोबारहरूको माशिक प्रतिबेदन तयार पार्ने ।
  • देशको कर नियमावलिमा आधारित भै आवस्यक कर कट्टि गरि उल्लेखित समय अबधिमा कर दाखिला गर्ने ।
  • परियोजनाको कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्नका लागि सहयोग गर्ने ।
  • समाग्री खरिद  प्रकृयामा सहयोग गर्ने ।
  • परियोजना बाट खरिद गरिएका सम्पति तथा उपकरणहरूको उचित रेकड् राख्ने ।

२. सेवा सुविधा: संस्थाको नियमानुसार हुनेछ ।

३. दरखास्त दिने अन्तीम मिति: २०८०।११।२२ कार्यालय समय भित्र ।

४. परिक्षको किसिम: लिखित, अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक

५. आवश्यककागजातहरू: कुन पदमा आवेदन गरेको हो सो को विवरण समेत खुल्ने गरी निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्वन्धीत विषयको कार्यानुभव पत्र, पासपोर्ट साईजको फोटो र अन्य आवश्यक कागजातहरूको प्रमाणित प्रतिलिपी स्क्यान गरी recruitment.actionnepal@gmail.com वा कार्यालयमा दरखास्त बुझाउनु पर्नेछ । 

नोट: प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरूलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।

पदपुर्ति समिति

एक्सन नेपाल

निलकण्ठ नगरपालिका–३,सुगमटोल, धादिङ्ग

recruitment.actionnepal@gmail.com

Overview

Category Agriculture, Accounting and Finance, Development and Project
Openings 3
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 29 Feb, 2024
Apply Before 05 Mar, 2024
City Dhading