कर्मचारी आवश्यकता

Ratauli Yuba Club (RYC)

Details / requirements:

कर्मचारी आवश्यकता

प्रकाशित मिति: २०८०/०८/२२

रतौली युवा क्लबसेभ द चिल्ड्रेनको साझेदारीमा महोत्तरी जिल्लामा सञ्चालनमा रहेको बाल, उमेर नपुगी तथा जबरदस्ती पुर्वक गरिने विवाह सम्बन्धी रोकथाम तथा प्रतिक्रिया (Prevent and Respond to Child, Early and Forced Marriage-CEFM) तथा समुन्नति (Sponsorship) कार्यक्रमहरु अन्तर्गत तपशिल बमोजिमका न्यूनतम योग्यता पुगेका १८ वर्ष पूरा भई ५० वर्ष ननाघेका सम्बन्धित पदमा इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आफ्नो व्यक्तिगत विवरण (Bio-data) सहितको निवेदनका साथ तल उल्लेखित ठेगाना वा लिंक मार्फत आवेदन फर्म भर्न आह्रान गरिन्छ ।

१. पदः कार्यक्रम संयोजक (CEFM कार्यक्रम) – १ जना (विज्ञापन नं: १४–०८०/०८१)

  • स्नातक वा सो सरह उत्तीर्ण भएको (स्नातकोत्तर लाई ग्रहयता दिईने) ।
  • सामाजिक परिचालन, लैंगिक समानता, बालअधिकार, बालसंरक्षण तथा सामाजिक समोवेशिकरण को क्षेत्रमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको ।
  • योजना तर्जुमा तथा कार्यान्वयन र परियोजना व्यवस्थापन आदिमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको ।
  • सरोकारवालाहरूसँग समन्वय गर्ने, प्रतिवेदन लेखन, तालिम सम्पादन, सुपरिवेक्षण आदिमा अनुभव भएको ।
  • कम्प्युटर संबन्धी व्यवहारिक ज्ञान तथा बजेट निर्माण, कार्यान्वयन र ट्रयाकिङ्ग गर्न सक्ने दक्षता भएको ।

२. पद: GESI अधीकृत (CEFM कार्यक्रम) – १ जना – महिला (विज्ञापन नं: १५–०८०/०८१)

  • व्यवस्थापन, वित्त, व्यवसाय प्रशासन तथा व्यवसाय अध्ययन विषयमा स्नातक वा सो सरह उत्तीर्ण भएको ।
  • लैंगिक समानता, बालअधिकार, किशोरकिशोरी तथा सामाजिक समोवेशिकरण को क्षेत्रमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको ।
  • योजना तर्जुमा तथा कार्यान्वयन र परियोजना व्यवस्थापन आदि सम्बन्धी ज्ञान भएको ।
  • सरोकारवालाहरूसँग समन्वय गर्ने, प्रतिवेदन लेखन, तालिम सम्पादन, सुपरिवेक्षण आदिमा अनुभव भएको ।

३. पद: वित्त तथा प्रशासन सहायक (CEFM कार्यक्रम) – १ जना (विज्ञापन नं: १६–०८०/०८१)

  • व्यवस्थापन, वित्त, व्यवसाय प्रशासन तथा व्यवसाय अध्ययन विषयमा स्नातक वा सो सरह उत्तीर्ण भएको ।
  • लेखा, वित्त, प्रशासन तथा खरिद–आपुर्ति व्यवस्थापन क्षेत्रमा कम्तिमा २ वर्ष कार्य अनुभव भएको ।
  • नेपाल सरकारको आर्थिक नियमावली र चल–अचल सम्पत्ति व्यवस्थापन सम्बन्धी ज्ञान भएको ।
  • कम्प्युटर संबन्धी व्यवहारिक ज्ञान तथा बजेट निर्माण र बजेट ट्रयाकिङ्ग गर्न सक्ने दक्षता भएको ।

४. पद: फिल्ड अधिकृत (स्वास्थ्य क्षेत्र – समुन्नति कार्यक्रम) – १ जना (विज्ञापन नं: १७–०८०/०८१)

न्यूनतम् योग्यता

  • स्वास्थ्य विषयमा स्नातक वा सो सरह उत्तीर्ण भएको ।
  • स्वास्थ्य, पोषण, बालअधिकार, बालसंरक्षण को क्षेत्रमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको ।
  • योजना तर्जुमा तथा कार्यान्वयन र परियोजना व्यवस्थापन आदिमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको ।
  • सरोकारवालाहरूसँग समन्वय गर्ने, प्रतिवेदन लेखन, तालिम सम्पादन, सुपरिवेक्षण आदिमा अनुभव भएको ।
  • कम्प्युटर संबन्धी व्यवहारिक ज्ञान तथा बजेट निर्माण, कार्यान्वयन र ट्रयाकिङ्ग गर्न सक्ने दक्षता भएको ।

५. पद: फिल्ड सुपरभाईजर  (शिक्षा क्षेत्र – समुन्नति कार्यक्रम) – २ जना (विज्ञापन नं: १८–०८०/०८१)

न्यूनतम् योग्यता

  • शिक्षा वा समाजिक विज्ञान विषयमा स्नातक वा सो सरह उत्तीर्ण भएको ।
  • बाल–विकास तथा आधारभुत शिक्षा विकास, समुदाय परिचालन, बालसंरक्षण को क्षेत्रमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको ।
  • योजना तर्जुमा तथा कार्यान्वयन र परियोजना व्यवस्थापन आदि सम्बन्धी ज्ञान भएको ।
  • सरोकारवालाहरूसँग समन्वय गर्ने, प्रतिवेदन लेखन, तालिम सम्पादन, सुपरिवेक्षण आदिमा अनुभव भएको ।

६. पद: फिल्ड सुपरभाईजर  (स्वास्थ्य क्षेत्र – समुन्नति कार्यक्रम) – १ जना (विज्ञापन नं: १९–०८०/०८१)

न्यूनतम् योग्यता

  • स्वास्थ्य विषयमा स्नातक वा सो सरह उत्तीर्ण भएको ।
  • स्वास्थ्य, पोषण, बालअधिकार, बालसंरक्षण को क्षेत्रमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको ।
  • योजना तर्जुमा तथा कार्यान्वयन र परियोजना व्यवस्थापन आदिमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको ।
  • सरोकारवालाहरूसँग समन्वय गर्ने, प्रतिवेदन लेखन, तालिम सम्पादन, सुपरिवेक्षण आदिमा अनुभव भएको ।

नोट: उल्लेखित मिति तथा समय पश्चात प्राप्त भएका र न्यूनतम योग्यता नपुगेका आवेदकहरूलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रयोगात्मक परीक्षाको प्रक्रियामा समावेश गराइनेछ । स्थानीय, महिला, दलित, जनजाति, मधेशी, सिमान्तकृत, अपाङ्गता भएका आवेदकहरूलाई प्राथमिकता दिइनेछ । निवेदक बालसंरक्षण नीतिको पालना गर्ने तथा कुनै किसिमको यौन दुर्व्यवहार, हिंसा, शोषण, विभेद, बेवास्ता, बेचविखन आदि कार्यमा दोषी नभएको वा सजाय नभएको इमान्दार, निष्पक्ष र मेहनती व्यक्ति हुनु पर्नेछ । कर्मचारी छनौट सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वत։ अमान्य हुनेछ । कर्मचारी छनौट समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

दरखास्त दिने अन्तिम मिति: २०८०।०८।२८ गते साँझ ४:०० बजे सम्म ।

आवेदनका लागि: https://forms.gle/fyqUeApmuzcgrNJ6A (लिंक मार्फत) 

वा

:रतौली युवा क्लव, टाउन प्लानिङ, जलेश्वर–२, महोतरी (भौतिक उपस्थितिमा)

Overview

Category Public Health, Development and Project, Finance & Administration, Development / NGO
Openings 7
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 08 Dec, 2023
Apply Before 14 Dec, 2023
City Mahottari