कर्मचारी आवश्यकता

Ratauli Yuba Club (RYC)

Details / requirements:

कर्मचारी आवश्यकता

प्रकाशित मितिः २०७९/०३/१९

रतौली युवा क्लब र FCA Nepal को साझेदारीमा महोत्तरी जिल्लाको पिपरा गाउँपालिका र मटिहानी नगरपालिका तथा धनुषा जिल्लाको लक्ष्मिनिया गाउँपालिकामा मधेस प्रदेशका दलित तथा सीमान्तकृत समुदायको सामाजिक-आर्थिक सशक्तिकरण (Socio-Economic Empowerment of Dalit and marginalized communities of Madhesh Pradesh Project-SEEP) परियोजना अन्तर्गत तपशिल बमोजिमका न्यूनतम योग्यता पुगेका १८ वर्ष पूरा भई ५० वर्ष ननाघेका सम्बन्धित पदमा इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १० दिन भित्र आफ्नो व्यक्तिगत विवरण (Bio-Data) सहितको निवेदनका साथ तल उल्लेखित ठेगाना वा ईमेल मार्फत आवेदन  आव्हान गरिन्छ ।

१.  पदः कार्यक्रम संयोजक- १ जना (विज्ञापन नंः ४१–०७८/०७९)

न्यूनतम् योग्यता

  • विज्ञान, कृषी, पशु, शिक्षा, समाज, कानुन, विकास अध्ययन जस्ता विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरेको ।
  • शिक्षा, सामाजिक विकास, जिविकोपार्जन, महिला सशक्तिकरण जस्ता क्षेत्रमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको ।
  • योजना तर्जुमा तथा कार्यान्वयन र परियोजना तथा अर्थ व्यवस्थापन आदिमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको ।
  • सरोकारवालाहरूसँग समन्वय गर्ने, प्रतिवेदन लेखन, तालिम सम्पादन, सुपरिवेक्षण आदिमा अनुभव भएको ।
  • कम्प्युटर संबन्धी व्यवहारिक ज्ञान तथा बजेट निर्माण, कार्यान्वयन र ट्रयाकिङ्ग गर्न सक्ने दक्षता भएको ।

२.  पदः जिविकोपार्जन पर्यवेक्षक- १ जना (विज्ञापन नंः ४२–०७८/०७९)

न्यूनतम् योग्यताः

  • कृषि/पशु विज्ञान विषयमा प्रविणता प्रमाणपत्र वा कृषि/पशु जे.टि.(ए.) तह वा सो सरह उत्तीर्ण गरेको । 
  • जिविकोपार्जन सुधार, कृषक समुह परिचालन, बाली/पशु विज्ञान आदि कार्यमा कम्तिमा २ वर्षको अनुभव भएको ।
  • योजना तर्जुमा तथा कार्यान्वयन र परियोजना व्यवस्थापन आदिमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको ।
  • सरोकारवालाहरूसँग समन्वय गर्ने, प्रतिवेदन लेखन, तालिम सम्पादन, सुपरिवेक्षण आदिमा अनुभव भएको ।
  • कम्प्युटर संबन्धी व्यवहारिक ज्ञान तथा बजेट निर्माण, कार्यान्वयन र ट्रयाकिङ्ग गर्न सक्ने दक्षता भएको ।

३.  पदः सामाजिक परिचालक - ३ जना (विज्ञापन नंः ४३–०७८/०७९)

न्यूनतम् योग्यताः

  • कुनै पनि विषयमा प्रविणता प्रमाण पत्र वा सो सरह उत्तीर्ण गरेको । 
  • समुदाय परिचालन, योजना तर्जुमा र कार्यान्वयन र सुपरिवेक्षणमा कम्तिमा २ वर्षको अनुभव भएको ।
  • समुदाय तहमा कार्यक्रम, तालिम, बैठक सहजिकरण तथा त्यसको प्रतिवेदन तयार गर्न सक्ने ।

नोट։ उल्लेखित परियोजना सम्झौताको क्रममा रहेको हुँदा दातृ निकायसंग सम्झौता भएपछि मात्र लागु हुनेछ । मिति तथा समय पश्चात प्राप्त भएका र न्यूनतम योग्यता नपुगेका आवेदकहरूलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रयोगात्मक परीक्षाको प्रक्रियामा समावेश गराइनेछ । स्थानीय, महिला, दलित, जनजाति, मधेशी, सिमान्तकृत, अपाङ्गता भएका आवेदकहरूलाई प्राथमिकता दिइनेछ । निवेदक बालसंरक्षण नीतिको पालना गर्ने तथा कुनै किसिमको यौन दुर्व्यवहार, हिंसा, शोषण, विभेद, बेवास्ता, बेचविखन आदि कार्यमा दोषी नभएको वा सजाय नभएको इमान्दार, निष्पक्ष र मेहनती व्यक्ति हुनु पर्नेछ । कर्मचारी छनौट सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वत։ अमान्य हुनेछ । कर्मचारी छनौट समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

उल्लेखित पदहरुको विस्तृत कार्य-विवरणः  १. कार्यक्रम संयोजक जिविकोपार्जन पर्यवेक्षक  ३. सामाजिक परिचालक

दरखास्त दिने अन्तिम मिति։ २०७९।०३।२८ गते साँझ ५։०० बजेसम्म ।

आवेदनका लागिः

रतौली युवा क्लव,

प्रधान कार्यालय, टाउन प्लानिङ, जलेश्वर-२, महोतरी

सम्पर्क नं. ०४४-५२०८४३

ईमेलः vacancyryc@gmail.com

Overview

Category Development and Project
Openings 5
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 03 Jul, 2022
Apply Before 12 Jul, 2022
City Mahottari