कर्मचारी पदपूर्ति सम्बन्धी सूचना
Details / requirements:
भेरी वातावरणीय विशिष्टता समूह
(BEE-Group)
कर्मचारी पदपूर्ति सम्बन्धी सूचना
(प्रथम पटक सुचना प्रकाशन मितिः वि.सं. २०८३ असार ०९ गते तदनुसार जुन २३, २०२६)
भेरी वातावरणीय विशिष्टता समूह (BEE-Group) सन् २००० मा बाँके जिल्लामा दर्ता भई स्थापना भएको नाफारहित गैरसरकारी संस्था हो । समतामूलक, स्वस्थ, सुरक्षित र आत्मनिर्भर समाजको स्थापना गर्ने परिकल्पना सहित स्थापना भएको यस संस्थाले मानवअधिकारको संरक्षण र प्रवर्द्दन, वातावरण तथा जैविक विविधताको संरक्षण र सामुदायीक विकासको क्षेत्रमा काम गरिरहेको छ । सामाजिक न्याय, सिमान्तकृत तथा सामाजिक रुपमा पछाडि पारिएका व्यक्ति तथा समुदायहरुको अर्थपूर्ण सहभागीता सहित स्रोतमा समान पहुँच, दीगो विकास र सामाजिक रुपान्तरणका लागि प्रणालीगत सुदृढिकरणका लागि क्रियाशिल यस संस्थाले विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकुलन, स्वास्थ्य र पोषण, पेशागत स्वास्थ, शिक्षा, खानेपानी सरसफाई र स्वच्छता एवम् जिविकोपार्जनका क्षेत्रमा लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्ला एवम् सुदुरपश्चिम प्रदेशका कैलाली जिल्लामा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
यसै सन्दर्भमा संस्थाले CARE Nepal र iDE Nepal सँगको सयुक्त साझेदारीमा बाँके जिल्लाका खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी र बैजनाथ गाउँपालिकामा लक्षित समुदायको खाद्य सुरक्षा, एवम् एकहजार दिनका बच्चा र आमाको पोषण र स्वास्थ्य अवस्थामा सुधार, खानेपानी, सरसफाई र स्वच्छता व्यवहार सबलीकरण एवम् पोषणमैत्री स्थानीय शासन प्रणालीलाई सुदृढीकरण गर्न Nurture Every Future; Mother Childhood Wellbeing (पोषण) परियोजना सञ्चालन गरिरहेको छ । उल्लेखित परियोजनाका लागि तपशिल बमोजिमका कर्मचारीहरु पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट निवेदन पेश गर्न अनुरोध गर्दै यो दरखास्त आह्वान गरिएको छ ।
तपसिल
१. पदः फिल्ड अधिकृत
पद संख्याः ३ जना
कार्यक्षेत्रः बैजनाथ र खजुरा गा.पा.: १ जना, जानकी र डुडुवा गा.पा.: १ जना, राप्तीसोनारी गा.पाः १ जना (सम्बन्धित पालिकामा बसेर कामा गर्नुपर्नेछ ।)
शैक्षिक योग्यता र कार्यानुभवः मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य वा पोषण वा कृषि वा सामाजिक विज्ञान विषयमा स्नातक तह उतिर्ण गरी पोषणमैत्री स्थानीय शासनका क्षेत्रमा कम्तिमा ३ वर्षको कार्यानुभव भएको हुनुपर्नेछ ।
विस्तृत कार्य विवरण लागि यो लिङ्क खोल्नुहोस् ।
२. पदः कृषि अधिकृत
पद संख्या: १ जना
कार्यक्षेत्रः संस्थाको केन्द्रिय कार्यालय नेपालगञ्जमा बसेर परियोजना सञ्चालन भएका सबै पालिकाहरुमा नियमित भ्रमण गर्नुपर्ने ।
शैक्षिक योग्यता र कार्यानुभवः मान्यता प्राप्त शैक्षिक संस्थाबाट कृषि विज्ञान विषयमा स्नातक तह उतिर्ण गरी पोषण संवेदनशिल कृषि तथा बहुक्षेत्रीय पोषण सम्बन्धी कार्यक्रमहरुमा ३ वर्षको कार्यानुभव भएकोे ।
विस्तृत कार्यविवरण लागि यो लिङ्क खोल्नुहोस् ।
Link 2: JD of Agriculture Officer
३. पदः कृषि सहजकर्ता
पद संख्या: ५ जना
कार्यक्षेत्रः बैजनाथ गा.पा, खजुरा गा.पा , जानकी गा.पा., डुडुवा गा.पा र राप्तीसोनारी गा.पा.
शैक्षिक योग्यता र कार्यानुभव: मान्यता प्राप्त शैक्षिक संस्थाबाट कृषि विज्ञान विषयमा डिप्लोमा तह उतिर्ण गरी पोषण संवेदनशिल कृषि तथा बहुक्षेत्रीय पोषण सम्बन्धी कार्यक्रमहरुमा ३ वर्षको कार्यानुभव भएकोे ।
विस्तृत कार्यविवरण लागि यो लिङ्क खोल्नुहोस् ।
Link 3: JD of Agriculture Facilitator
४. पदः स्वास्थ्य तथा खानेपानी, सरसफाई र स्वच्छता सहजकर्ता
पद संख्या: ५ जना
कार्यक्षेत्रः बैजनाथ गा.पा, खजुरा गा.पा , जानकी गा.पा., डुडुवा गा.पा र राप्तीसोनारी गा.पा.
शैक्षिक योग्यता र कार्यानुभवः मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्वास्थ्य सहायक वा स्टाफ नर्स तह उतिर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्षको कार्य अनुभव भएको वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट अ.न.मी. वा सि.एम.ए. तह उतिर्ण गरी कम्तिमा ३ वर्षको कार्यानुभव भएको ।
विस्तृत कार्यविवरण लागि यो लिङ्क खोल्नुहोस् ।
Link 4 : JD of Health and WASH Facilitator
दरखास्त पेश गर्दा समावेश गर्नुपर्ने कागजातहरु
१. दरखास्त पेश गरेको निवेदन ।
२. सूचनासँग संलग्न भएको संस्थाको वैयक्तिक विवरण (Curriculum Vitae) उल्लेख गरेको फाराम
३. नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी
४. शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी
५. सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव पत्रको प्रतिलिपी
६. हाल वा पछिल्लो तत्कालिन काम गरिरहेको/गरेको संस्थाको तत्कालिक सुपरभाईजरको नाम, ठेगाना, इमेल र सम्पर्क नम्बर
संस्थाको निवेदन फाराम
छनौटका लागि सञ्चालन गरिने परिक्षाको किसिमः लिखित र मौखिक दुबै
आवेदन दिने प्रक्रियाः
माथि उल्लेखित कागजातको प्रतिलिपी सहित यस सूचनासँग संलग्न भएको संस्थाको निवेदन ढाँचामा व्यक्तिगत विवरण तयार गरी यस संस्थाको कार्यालय नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२, बेलाशपुर (भेरी नर्सिङ्ग कलेजको सामुन्ने) मा स्वयम् उपस्थित भएर वा beegroup.vacancy@gmail.com मा पठाउन सकिने छ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका दरखास्त उपर कुनै कारबाही गरिने छैन ।
सहजकर्ता पद छनौट गर्दा परियोजना सञ्चालन भएका सम्बन्धित गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने उम्मेदवारलाई प्राथमिकता दिईने छ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारलाई मात्र लिखित परिक्षामा समावेश गराईने छ । समाजमा पछाडि पारिएका सिमान्तकृत समुदायहरुः दलित, मुस्लिम, मधेशी, जनजाति, महिला, यौनिक अल्पसंख्यक, अपाङ्गता भएका स्थानीय व्यक्ति आदिलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहन गरिन्छ । यस संस्थामा काम गर्न इच्छुक उम्मेदवारले संस्थाको यौन उत्पीडन, शोषण, दुव्र्यवहार र बाल संरक्षण नीतिका प्रावधानलाई अक्षरशः पालना गर्न जिम्मेवार हुनुपर्ने छ । साथै दरखास्त पेश गर्ने व्यक्तिको यस संस्थाका कार्यकारी समिति वा कर्मचारीसँग कुनै नाता पर्ने व्यक्ति वा स्वार्थको द्वन्द्व आकर्षित हुने अवस्था छ भने निवेदनमा स्पष्ट उल्लेख गरी स्वःघोषणा गर्न अनुरोध गरिन्छ ।
दरखास्त पेश गर्ने अन्तिम मितिः २०८३ साल असार १५ गते, सोमबार, तदनुसार जुन २९, २०२६ बेलुका ५ः०० बजेभित्र । यदि दरखास्त पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा सोको लगत्तै कार्यालय खुल्ने दिनको ५ः०० बजेसम्मा दरखास्त पेश गर्न सकिने छ । दरखास्त पेश गर्ने सम्बन्धी केही सहयोग आवश्यक परेमा संस्थाको टोलीफोन नं. ०८१ ५५०२९५ मा सम्पर्क गर्न सकिने छ ।
Overview
| Category | Agriculture, Development Project, Development / NGO |
| Openings | 14 |
| Position Type | Full Time |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 23 Jun, 2026 |
| Apply Before | 29 Jun, 2026 |
| City | Nepalgunj, Banke |